सिन्धुलीमा मास्क नलगाउने ७९७ जना कारवाहिमा

सम्झना श्रेष्ठ,भदौ २ सिन्धुलीमाढि ।

सिन्धुलीमा अहिलेसम्म विना मास्क हिँड्ने ७९७ जना कारवाहिमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण बहादुर क्षेत्रीका अनुसार श्रावण १३ देखि ३२ सम्म माक्स नलगाई बजारमा हिड्ने ७९७ जनालाई कारवाहि गरिएको छ । जसबाट ७२ हजार ८६० रुपैँया राजस्व संकलन भएको छ । तपाईको मास्क खोई ?

अभियान अन्तर्गत जिल्लाका विभिन्न संघसस्ंथाले निशुल्क मास्क वितरण गरेको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मात्रै ३ हजार बढी नागरिकलाई निशुल्क मास्क वितरण गरेका सुचना अधिकारी उपेन्द्र न्यौपानेको भनाई छ ।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि अनिवार्य रुपमा मास्क लगाउनलाई जिल्ला प्रशासन कार्यालयले विभिन्न संघ संस्था, स्थानिय तह लगाएत सँग समन्वय गरि कार्यक्रम गरेको थियो ।