तिजमा माइतजान ‘वडाध्यक्ष’सँग अनुमति लिनुपर्ने अवस्था

समय सधैँ उही रफ्तार र तालमा अघि बढ्दैन । गत साल हिन्दू नारीहरूले मनाउने महान् चाड तीजमा दर खान र कम्मर भाँचीभाँची नाच्नका लागि असारदेखि नै राजधानीका महिला दिदीबहिनीहरूको तँछाड र मछाड हुन्थ्यो ।
पार्टी प्यालेसहरू दुई महिनादेखि नै गुल्जार हुन्थे । खाने र खुवाउनेहरूको जात्रा र भीड लाग्ने गथ्र्यो । बेपारीहरू पनि मख्ख पर्दथे । तिजे गीतहरूको चर्को प्रतिस्पर्धा हुन्थ्यो ।
कहिले गायिका कोमल ओलीको ‘पोइल जान पाम शिव, पोइल जान पाम’ भन्ने बोलको गीतले बजार पिट्थ्यो भने कहिले युवा गायक दुर्गेश थापाको ‘हामी पनि नाँच्नु पर्छ बीच्च बीच्चमा’ भन्ने गीतले सँगसँगै पुरुष र महिला दुवैलाई बुरुकबुरुक गरेर उफार्दथ्यो ।


यो साल ठीक उल्टो छ । घडीको सुई उल्टो घुमेर सबै चिजबिज, बस्तु, बेपार, खानपिन, भोजभतेर र गीतसंगीतका रामरौशहरू ठन्डाराम भएका छन् । यो बेला सक्रिय भनेकै प्रशासन अझ स्थानीय प्रशासन र पुलिस प्रशासन छ । सहरमा एक प्रकारको सन्नाटा र कतै कतै त क¥फ्यूजस्तै छ । मानिसहरू नदेखिने कोभिड –१९ को कीटाणुसँग लडेर मरेका मानिसहरू र संक्रमितहरूको ग्राफ बढेबाटै त्राहिमाम भएका छन् ।

पेशल आचार्य


यो लेख बिहीबार मात्र लेखिएको छ । हिजो बाबुको मुख हेर्ने पर्व कुशे औँसी गयो । नजिक हुने छोराछोरीहरूले त आफ्ना बाबुको मुख मेवा मिष्ठान्न लगायत विभिन्न प्रकारका पकवान्नहरूले एक्चुअल पारामा हेरे होलान् तर जसका बाबुहरू टाढा रहेका छन् र जोजो हिजो आफ्ना बाबुका समिपमा जान सकेनन् तिनीहरूले चाहिँ भ¥र्चुअल्ली हेरे होलान् ।


यो लेखकको लेखकले पनि फोनबाटै बुवाको चित्त बुझाउने काम ग¥यो । केही दिनअघि बाबाआमालाई मिठो मसिनो खुवाएको थियो सोही कार्यमै चित्त बुझाउने काम भयो ।
आफूलाई पनि विदेशबाट आफ्ना छोरीहरूले फोनबाटै भलाकुसारी गरेर कुशे औँसी मनाउने काम गरे । जसरी भए पनि संस्कार र संस्कृतिलाई मनाउनै पर्ने । चित्त नबुझेर के गर्नु र ? कोभिडको आज्ञा शिरोपर गरेर यसपाली नेपाली हिन्दू नारीहरूले चित्त बुझाए । बरा !
खेतीकिसानी गर्ने नारीहरूले आङ दरो बनाउनका लागि दर खाने चलन पुरानो हो । जतिखेर नेपाल कृषिप्रधान मुलुक थियो । कृषि कार्य गर्ने कृषकका पत्नी, छोरी र बुहारीहरूलाई तिनका माइतीतर्फका आमाबाबुहरूले लगभग कुशेऔँसीका दिन दाजुभाइलाई लिन पठाएर माइतीमा लगी भएसम्मको मिठोमसिनो र चिल्लोचापुल्लो खुवाउने चलन सनातनदेखि कै हो ।


अहिले पो हामी सहरीकरणमा लाग्यौं । अब गाउँ गाउँजस्तो छैन । सहर सहरजस्तो छैन । न गाउँका विशेषताहरू रहे न सहरका मौलिकताहरू नै बँचेका छन् । मानिसले आफू बन्ने प्रक्रियामा आफ्नो वातावरण, परिवेश, गाउँ, समाज, सहर, प्रदेश र देश नै बिगारिसक्यो ।
नयाँ पुस्ताका लागि अब पुराना पुस्ताले कि त आफूले देखे भोगेका पुरातन कुराहरू फोटो खिचेर राखिदिनु प¥यो कि त म्युजियम घर स्थापना गरेर ठाउँठाउँमा प्रदर्शनका लागि व्यवस्था मिलाउनु प¥यो ।

पुरुषलाई साथी मानेर जीवनबाट झिक्ने र बराबरीको बिरादरी गर्ने सोच भएका तिनीहरूचाहिँ महिलाले पुरुषको आयु, स्वास्थ्य र चौतर्फी सफलताका लागि व्रत बस्नु पर्ने भए पुरुषले चाहिँ किन बस्न नपरेको भन्दै तर्कका लागि तर्क गर्न पछि पर्दैनन् ।


माइत मावल जानका लागि पोहोर सालसम्म घरमुलीसँग विदावादी भएर जाने छोरीचेलीहरू यो साल घरमा मात्र विदा लिएर माइत जान सकिरहेका छैनन् । यतिखेर देशैभरि लकडाउन छ । कतैकतै निषेधाज्ञा र कतैकतै सटडाउन गरिएको छ । एकथरी महिलाहरू र महिला अधिकारवादी महिला नेतृहरू छन् जो तीजलाई हाक्काहाक्की विरोध गर्छन् ।
पुरुषलाई साथी मानेर जीवनबाट झिक्ने र बराबरीको बिरादरी गर्ने सोच भएका तिनीहरूचाहिँ महिलाले पुरुषको आयु, स्वास्थ्य र चौतर्फी सफलताका लागि व्रत बस्नु पर्ने भए पुरुषले चाहिँ किन बस्न नपरेको भन्दै तर्कका लागि तर्क गर्न पछि पर्दैनन् । समाज अझै निम्न पुँजीवादी सोचबाट अघि बढिरहेको छ । यद्यपि समाजवादको यात्रा गरिएको भनिँदै छ ।


जे भए पनि हामीले सनातनदेखि चलिआएको यो पर्वलाई एकैपटक चटक्क छाड्न पनि सक्दैनौ र डास्टिक परिवर्तन पनि गर्न सक्दैनौं । हामी यही चेपुवाबाटै गुज्रिरहेका छौं । यो गुज्राइबाट हामीले कहीँकहीँ आधुनिक सोच र समझ राख्नु परेको छ भने कहीँकहीँ पुरातन पद्दतिलाई नै बत्र्याउनु परेको छ ।
परेका बेला पत्नीको आरोग्यताको कामना गर्दै कतिपय अवस्थामा पुरुषले पनि व्रत बसेका छन् । बस्नु राम्रो पनि हो –दुवैतिरबाट । एक स्वास्थ्यका दृष्टिकोणबाट फुड फास्टिङ् पनि हुने । दुई भावनात्मक सम्बन्धमा अझ प्रगाढता ल्याउनका लागि पुरुषले पनि व्रत बस्न हुन्छ भन्ने मूल्य र मान्यतालाई प्रतिस्थापना गर्न सक्नु पर्दछ आजका युवाहरूले ।

आखिर समय भनेको त्यो संगीत हो हामीले संगीत अनुसारको गीतमा नाच्न सकनौं भने समाजका अगाडि अचाडू हुन सक्छौं । त्यसैले बेला याने समयलाई सबैभन्दा बढी हेर्नु पर्छ । बाँकी आफैँ मिल्छ ।


खाने, पिउने, मोजमस्ती गर्ने त नयाँ सोच राख्नेहरूका लागि तपसिलका कुरा हुन् । मु्ख्य कुरा त भाइचाराको सम्बन्धलाई विकसित गराउने हो । चेली र माइतीको सुसम्बन्धलाई अझ नङ् र मासुजस्तो अविभाज्य तुल्याउने हो । यो दौडमा न चेलीले आफ्नु धन सम्पत्तिको धाक लगाउन मिल्छ न माइतीले आफ्नू शाखलाई उँचो नै देखाउन मिल्छ ।
आज समाज छिन पलमै उलट्पुलट् हुने गरी परिवर्तन भैरहेको छ । यो माहौलमा हिजो के थियो भनेर हामी जगक्क फुलेर मात्र हुँदैन । अहिले के भैरहेको छ भन्ने कुरा पनि अहम् हुन सक्छ । हिजो घरमा पतिसँग विदा मागेर माइती जाने चेलीहरूले अब वडा अध्यक्ष र पुलिस प्रमुखसँग विदा मागेर तीज मनाउन माइती जान अख्तियारी लिनु पर्छ भन्ने कस्ले सोचेको थियो र ?
आखिर समय भनेको त्यो संगीत हो हामीले संगीत अनुसारको गीतमा नाच्न सकनौं भने समाजका अगाडि अचाडू हुन सक्छौं । त्यसैले बेला याने समयलाई सबैभन्दा बढी हेर्नु पर्छ । बाँकी आफैँ मिल्छ ।


हिजो पाहुनापासा र मानिसहरू घरभरि भरिभराउ हुँदा मन प्रफुल्लित हुने हामी आज आफ्ना र ढुक्कका पारिवारिक सदस्यसँग मात्र भर पर्न थालेका छौं । नजाने भोलि अहिलेको अवस्था भन्दा अझ फरक स्थिति पनि आउन सक्छ ।
कि कसो ? यो तीज अलिअलि डिजिटल र अलिअलि भ¥र्चुअल हुँदै छ । अर्को सालदेखि अझ अर्कै रूप र सारमा पनि मनाउने बाध्यता हुन सक्छ । यो साल यत्तिकै भयो । कम्मर भाँचिने गरी आँघौं नाचौंला है चेलीहरू ।
सप्पैलाई तीजको र महिनावारी भएका चेलीहरूलाई चाहिँ पञ्चमीको पनि होलसेल शुभकामना ल !