सिन्धुलीमा एकैदिन ९ जनामा कोरोना संक्रमण

सम्झना श्रेष्ठ, भदौ ५, सिन्धुलीमाढि ।

सिन्धुलीमा आज एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा कमलामाई नगरपालिकाका १३ देखी ५६ उमेर समुहका १ महिला सहित ७ पुरुष छन् । यस्तै सुनकोशी गाउँपालिका वडा नम्वर ३ का ६२ वर्षिय एक पुरुष र हरिहरपुरगढि गाउँपालिकाका एकजनामा कोभिड –१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताउनुभयो ।

जिल्लाको कमलामाई नगरपालिका– ६ का २८,३४ र ५६ बर्षिय, वडा नं. ७ का १३, २६, ३०, र ३३ बर्षिय, हरिहरपुरगढी गाँउपालिकाका ३१ बर्षिय एक पुरुष र सुनकोसी गाँउपालिकाका ६२ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

आज कोरोना संक्रमण देखिएकामध्ये सिन्धुली अस्पतालबाट पठाइएको स्वाबमा ८ जना परेका छन् एकजना भने सुनकोशी गाउँपालिकाले धुलिखेल अस्पतालमा पठाएको स्वाबमा कोरोना पोजिटिभ देखिएको हो । यस सङ्गै जिल्ला भर सक्रिय सन्क्रमितको संख्या २६ पुगेको छ । जिल्लामा कारोना संक्रमण पुष्टि भएका १२ जना यसअघि निको भई घर फर्किसकेका छन्