७ भदौ, रामेछाप ।
आज रामेछापका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
आज भेटिएको २ जना संक्रमित रामेछाप नगरपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
उनिहरू काम को सिलसिलामा काठमाडौ मै बसोबास गर्दै आएका बताईएको छ ।

७ भदौ, रामेछाप ।
आज रामेछापका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
आज भेटिएको २ जना संक्रमित रामेछाप नगरपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
उनिहरू काम को सिलसिलामा काठमाडौ मै बसोबास गर्दै आएका बताईएको छ ।
२८ चैत्र २०७७
नेपाल उद्योग वाणिज्य महासंघको ५५औ साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा रामेछाप उद्योग वाणिज्य संघ सम्मानित भएको छ ।
उद्योग व्यापार व्यवसायको विकास र प्रवर्धनमा वाग्मती प्रदेशवाट ‘ख’ बर्गका उद्योग वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरे बापत नेपाल उद्योग वाणिज्य महासंघले रामेछाप उद्योग वाणिज्य संघलाई सम्मान गरेको रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष नबिन थापाले जानकारी दिए ।
साथै उनले रामेछाप उद्योग वाणिज्य संघको कामलाई मुल्यांकन गरी उत्कृष्ट छनोट गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघ परिवार र मुल्यांकन समिति प्रति कृतज्ञता समेत व्यक्त गरे । ‘हामीले प्राप्त गरेको यो सम्मान हाँसिल गर्न योग्य बनाउन सहयोग पुर्याउने सबै उद्यमी व्यवसायी एवं मान्यजनहरु तथा संघका पदाधिकारी तथा कर्मचारी प्रति हार्दिक आभार प्रकट गर्दछौ’ – थापाले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रामेछाप उद्योग वाणिज्य महासंघका अध्यक्ष केशव घिमिरेलाई उक्त सम्मान हस्तान्तरण गरेका थिए ।
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापमा बद्री नयाँघरेको प्यानलनै बिजय भएको छ । पत्रकार महासंघ रामेछापमा २५ गते भएको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको सयुक्त टिम बाट बद्री नयाँघरे, प्रेस चौतारी नेपाल बाट सौजन्य सत्याल र स्वतन्त्र उमेरद्वारको तर्फबाट सुमित श्रेष्ठ चुनाबी प्रतिस्पर्धामा उत्रिएका थिए । ७७ जना सदस्य रहेको महासंघको निर्वाचनमा ७३ मत खसेको थियो ।
खसेको ७३ मत मध्ये नेपाल प्रेस युनियनकातर्फबाट अध्यक्षका उमेरद्वार बद्री नयाँघरेले ३९ मत प्राप्त गर्दै जीत हासील गरेका छन भने उनका प्रतिस्पर्धी स्वतन्त्र उमेरद्वार सुमित श्रेष्ठले ३३ मत ल्याएका छन । त्यस्तै गरी प्रेस चौतारी नेपालका उमेरद्वार सौजन्य सत्यालले १ मत मात्र पाएका छन ।
त्यस्तै उपाध्यक्षमा कैलाश खत्री, महिला उपाध्यक्षमा रिता मगर निर्वाचित भएका छन् भने सचिवमा तुल्सीदेवी श्रेष्ठ, सह–सचिवमा रामचन्द्र विक, समावेशी सहसचिवमा सम्बर बहादुर हायु, कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसतैगरी सदस्यहरुमा अनिता थापा मगर, कुमार श्रेष्ठ, निरोज श्रेष्ठ, राजन महतारा, सरोजराज सुवेदी, निरु थापा, मिलन वि.क निर्वाचित भएका छन् ।जनजाती सदस्यमा भने सुमित्रा लामा निर्विरोध निर्वाचित भएकी थिईन् ।
रामेछाप बाट राष्ट्रिय सभा सदस्यमा टिकाप्रसाद भट्ट, दिपक भट्ट र हिमाल ढुंगेल निर्वाचित भएका छन् भने प्रदेश सभा सदस्यमा अप्रिल अधिकारी, उमंग मैनाली, दीपककुमार घिमिरे र सन्तोष ढुंगेल निर्वाचित भएका छन् । महिला प्रदेश सभा सदस्यमा मञ्जु उप्रेती निर्विरोध निर्वाचित भएका थिए ।
रामेछाप– आसन्न पत्रकार महासंघ निर्वाचनको मिति नजिकिदै गर्दा रामेछाप जिल्लामा पनि चुनावि माहौल तात्तिदै गएको छ । प्रेस चौतारीले अध्यक्षको उम्मेद्वारी सौजन्यप्रसाद सत्याललाई घोषणा गरिसेको र अन्य संघ संगठनहरुमा उम्मेद्वारीको छलफल चलिरहेको बेला पत्रकार सुमित श्रेष्ठले भने जिल्ला अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
२१ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशील श्रेष्ठले आफ्नो १४ बुँदे प्रतिबद्धता पत्र सहित अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार श्रेष्ठ जनता टेलीभिजन रामेछाप जिल्ला संवादाता हुन् भने हाम्रो अनलाइन न्यूज डटकम र पुष्पवृष्टि साप्ताहिकका सञ्चालक÷प्रकाशक तथा प्रधान सम्पादक हुन् । उनले आफ्नो कामको मूल्यांकन गर्दै एक पटक भोट दिन अनुरोध गरेका छन् । यस अघि पत्रकार श्रेष्ठले ब्यक्तिगत रुपमा ‘उत्कृष्ट आदिवासी जनाजाति पत्रकारिता वर्ष पुरस्कार’को लागि ५० हजार रुपैयाँको अक्षय कोष समेत स्थापना गरिदिएका छन् ।
पत्रकार श्रेष्ठको चुनावि प्रतिबद्धताहरु
१. रामेछाप जिल्लाबाट सञ्चालित मिडियाको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन वितरणमा जिल्लाका ८ वटै स्थानीय सरकारहरूसँग समन्वय गरिनेछ र आवश्यक परेमा दबाव समेत दिइनेछ । श्रमजीवि पत्रकारको सुरक्षा र पेशागत प्रवद्र्धनका लागि आवश्यक काम गरिनेछ ।
२. राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने जिल्लाभित्रका स्थानीय सरकार तथा सरकारी कार्यालयहरूको सार्वजनिक विज्ञापन, बोलपत्र, ठेक्का सूचना लगायतका सामग्रीहरू जिल्लाबाट राष्ट्रिय छापा मिडियामा कार्यरत संवाददाताहरू मार्फत उपलब्ध गराउने गरी कडाईपूर्वक पहल गरिने छ ।
३. स्थानीय सरकारले सञ्चार माध्यममा गर्ने कुनैपनि विषयमा लक्षित खर्च, पहूँच र प्रभावको आधारमा नभई सबै सञ्चार माध्यमहरूलाई समानुपातिक रूपमा वितरणको लागि पहल गरिनेछ ।
४. स्थानीय सरकारहरूले सूचना तथा सञ्चारमा गर्ने खर्च जिल्ला बाहिरका नामनै नसुनेका र जिल्ला भित्रै निष्कृय अवस्थामा रहेका मिडियामा खर्च गरेको अवस्था छ, सो प्रकृयाको अन्त्य गर्नका लागि स्थानीय सरकारहरूले स्थानीय मिडियालाई नै उक्त कार्य सुम्पने र भुक्तानी पनि स्थानीय मिडियालाई दिने व्यवस्थाको लागि पहल गरिनेछ ।
५. जिल्लामा सञ्चालित रेडियो, पत्रिका र अनलाइन सञ्चार माध्यमहरूको आर्थिक विकास र प्रवद्र्धनको लागि पत्रकार महासङ्घ रामेछापको अगुवाइमा आन्तरिक कार्ययोजना बनाई तुरून्तै लागु गरिनेछ ।
६. जिल्लाका विभिन्न सञ्चार मध्यमहरूमा कार्यरत पत्रकारहरूलाई प्रत्येक २÷२ महिनामा कम्तीमा एकपटक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि समूहगत फिल्ड रिपोटिङ्ग भ्रमणमा लगिनेछ ।
७. जिल्लामा रहि निरन्तर पत्रकारितामा सङ्लग्न पत्रकार लक्षित उत्कृष्ट वार्षिक पत्रकारिता पुरस्कारको व्यवस्था गरिने छ ।
८. श्रमजीवि पत्रकारको सुरक्षा र स्थानीय मिडियाको विकासका लागि देशका तीनै तहका सरकारहरूसँग आवश्यक समन्वय र पहल गरिने छ ।
९. जिल्ला भित्र रहेका रेडियो, पत्रिका र अनलाइनमा कार्यरत प्राविधिकहरूका लागि प्राविधिक तालिम, समाचार डेस्कमा काम गर्ने र रिपोर्टरहरूका लागि लेखन तथा सम्पादन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
१०. अनलाइन सञ्चार माध्यमहरू सञ्चालक लक्षित लेखा, व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
११. जिल्लामा रहेका पत्रकारहरूका लागि मिडिया कानुन सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
१२. जिल्लामा क्रियाशील सञ्चार संस्थाहरूका लागि आवश्यक पर्ने न्यूनतम प्राविधिक उपकरणहरूको व्यवस्थाका लागि तीनै तहका सरकारहरूसँग सार्थक समन्वय र पहल गरिनेछ ।
१३. जिल्लामा सञ्चालित सञ्चार माध्यममा कार्यरत श्रमजीवि पत्रकारहरूको आर्थिक समृद्धिलाई टेवा पु¥याउन ‘पत्रकार सहकारी
कोष’ को स्थापनाको कार्ययोजना बनाई लागु गरिनेछ ।
१४. खोजमूलक समाचार लेखन कार्यलाई प्रोत्साहन गर्नका लागि मासिक रू. ५,०००÷– राशीको ‘उत्कृष्ट खोजमूलक फिल्ड
रिपोर्टिङ समाचार पुरस्कार’ प्रदानका लागि समेत कार्ययोजना बनाइनेछ ।
लाेक गित संगितले यतिबेला बजार तताइरहेकाे बेला सिन्धुली हाल प्रबाशमा रहेका सर्जक कृष्ण राई बिन्दासले नयाँ गित बजारमा ल्याएकाछन् । राइका थुप्रै गीतहरुले बजार तताइरहेकाे बेला पुन नयाँ गित “मकै पिस्ने घट्ट” बजारमा ल्याएका हुन् । यस गीतमा मान सिंह खड्का र सुमन थापा मगरको सुमधुर स्वर सुन सकिन्छ । ब्यवसाहिकता भन्दा पनि आफ्नो अस्तित्वका निमित्त बेला बखत विभिन्न गीतहरु बजारमा ल्याईरहने कृष्णले पहिलेका गीतहरुलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकले माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् ।
प्रस्तुत गीतलाई लय गायक स्वयम् मन सिंह खड्का ले भरेका छन् । “मकै पिस्ने घट्ट” बोलको गीतको म्युजिक भिडियोमा अर्जुन खड्का, मान सिंह खड्का, सुनिता बुढा र अमृता लामिछानेको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । कृष्ण राई बिन्दास र मान सिंह खड्काको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकार ज्यु हरुमा हामी सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
चैत्र १६ , रामेछाप
रामेछापको दोरम्बा गाउँ पालिका ,६ लखनपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सुनापती गाउँपालिका १ गुन्सिले उचालेको छ । आज भएको फाइनल खेलमा प्रतिस्पर्धि टिम सुनापती २ दिमिपोखरीलाइ ३-२ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । यस्तै आयोजक कालिका युवा क्लबलाइ ३-० को सोझो सेट पराजित गर्दै दोरम्बा गाउँपालिका वडा नं ५ ले तेश्रो स्थान हासिल गरेको छ । खेलमा प्रथम , द्वितीय , तृतीय र सान्त्वना हुने टीमले क्रमशः १ लाख, ६० हजार, ३० हजार र १० हजार सहित शिल, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै सुनापती वडा नं १ का नवीन महतो उत्कृष्ट खेलाडी घोषित भए भने बेष्ट स्पाइकर सुनापती वडा नं २ का कर्ण बहादुर सुनार , बेष्ट सर्भर कालिका युवा क्लबका बलदेब सिंह धामी बेस्ट सेटर सुनापती वडा नं १ गुन्सीका बिबस आलेमगर , बेष्ट डिफेन्डर सुनापती १ का भिम गुरुङ , बेष्ट ब्लकर सुनापती वडा नं २ दिमिपोखरीका समित श्रेष्ठ र बेस्ट कोचमा सुनापती वडा नं १ का अमृत केसी घोषित भएका छन् ।।
चैत्र १५ रामेछाप
रामेछापको दोरम्बा गाउँ पालिका ,६ लखनपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको आजको खेलमा सुनापती गाउँपालिका वडा नं १ गुन्सी र वडा नं २ दिमिपोखरी फाइनल प्रवेश गरेका छन् ।
आज भएको सेमिफाइनल खेलमा वडा नं १ गुन्सिले दोरम्बा गाउँपालिका वडा नं ५ लाई २-० को सोझो सेटमा र वडा नं २ दिमिपोखरीले आयोजक कालिका( ए)लाई २-० को सोझो सेटमा हराउदै फाइनल प्रवेश गरेका हुन् ।
आजै भएको नकाआउट चरणको खेलमा ४ वटा टिम भने बहिरी सकेका छन् । फाइनल खेल चैत्र १६ गते दिउँसो ११ बजे हुने आयोजकले जनाएको छ ।
रामेछापको दोरम्बा गाउँ पालिका ,६ लखनपुरमा आज देखि खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारी र कालिका युवा क्लबको आयोजनामा भएको आजको पहिलो खेलमा दोरम्बा गाउँपालिका वडा नं ५ खेलकुद समितिले सुनापती युवा संघलाई २ /१ ले पराजित गरेको छ भने दोश्रो खेलामा छायाश्वरी युवा क्लबले कालिका युवा क्लब (ए) लाई पनि २/१ ले पराजित गरेको छ ।
दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले पानसमा बत्ती बालेर खेलको उद्घाटन गरेकी थिइन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष घिसिङले खेलकुद बिकासको लागि पालिकाले हरेक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन ।
कालिका युवा क्लबका अध्यक्ष शिशिर गौतमको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
देशभरबाट आठ वटा टीम सहभागी रहेको छन् भने १६ गते फाइनल खेल खेलाइने आयोजकले जनाएको छ ।
रामेछाप–रामेछापको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी काकलिङ माध्यमिक विद्यालयले जितेकोे छ । काकलिङ माध्यमिक विद्यालय दोरम्बाले ९ स्वर्ण, ५ रजत र ७ कास्य सहित प्रथम रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड जितेको हो ।
प्रथम स्थान हासिल गरेको काकलिङ माध्यमिक विद्यालयले छात्रा भलिबल, एथ्लेटिक्स छात्रा २ सय मिटर, एथ्लेटिक्स छात्रा १ हजार ५ सय मिटर, एथ्लेटिक्स छात्र ४ सय मिटर एथ्लेटिक्स छात्र ३ हजार मिटर, कराँते छात्र ४२ केजी मुनी, कराँते छात्रा ४० केजी मुनी, कराँते एकल छात्रा, कबर्डी छात्रातर्फ १ गरि ९ स्वर्ण जित्त सफल भएको छ । त्यसैगरी एथ्लेटिक्स छात्रा २ सय मिटर, एथ्लेटिक्स छात्र ३ हजार मिटर, लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र र काता एकल छात्रा गरि ५ रजत जित्न सफल भएको छ भने लङजम्प छात्रा, कराँते ४२ केजी मुनी छात्र, कराँते ४७ केजी मुनी छात्र २, कराँते ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा र भलिबल गरि ७ कास्य जित्न सफल भएको हो ।
गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सेतिदेवि माध्यमिक विद्यालय दोरम्बा–५ गुन्सालले ३ स्वर्ण, ३ रजत र ५ कास्य जित्दै द्धितीय स्थान हासिल गरेको छ । सेतिदेवि माविले कराँते ५२ केजी मुनी छात्र, ४५ केजी मुनी छात्रा, काँता एकल छात्र गरि ३ स्वर्ण, एथ्लेटिक्स १ हजार ५ सय मिटर छात्रा, एथ्लेटिक्स छात्र ४ सय मिटर र काँता एक छात्रा गरि ३ रजत र एथ्लेटिक्स २ सय मिटर छात्रा, एथ्लेटिक्स ३ हजार मिटर छात्र, कराँते ५२ केजी मुनी छात्र, ४० केजी मुनी छात्रा र ५० केजी मुनी छात्रा गरि ५ कास्य जितेको छ ।
त्यसैगरी २ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गरि कण्ठेश्वर माध्यमिक विद्यालयले प्रतियोगिताको तेश्रो स्थान हासिल गरेको छ । कण्ठेश्वर माध्यमिक विद्यालयले कराँते ४७ केजी मुनी छात्र र ५० केजी मुनी छात्रा गरि २ स्वर्ण जितेको छ । त्यसैगरी कराँते ४७ केजी मुनी छात्र, ५२ केजी मुनी छात्र, ५० केजी मुनी छात्रा, ४५ केजी मुनी छात्रा, कबर्डी छात्रा गरि ६ रजत प्राप्त गरेको छ भने छात्रा भलिबल, कराँते ४२ केजी मुनी, काँता एकल छात्र, काताँ एकल छात्रा गरि ४ कास्य जित्न सफल भएको छ ।
कालिका माध्यमिक विद्यालय दोरम्बा–६ रिष्ठेले भलिबल र कबर्डी गरि दुई स्वर्ण जितेको छ भने लङजम्प छात्रातर्फ एक रजत र एथ्लेटिक्स ४ सय मिटर छात्रतर्फ एक कास्य जितेको छ ।
त्यसैगरी भिमेश्वर माध्यमिक विद्यालय दोरम्बा–७ थापागाउँले लङजम्प छात्रातर्फ एक स्वर्ण जितेको छ भने लङजम्प छात्र एक र कबर्डी छात्रा १ गरि दुई कास्य जितेको छ ।
सुर्के देउराली माध्यमिक विद्यालय दोरम्बा–१ सुर्केले लङजम्प छात्रतर्फ एक स्वर्ण, छात्रा भलिबलतर्फ १ रजत र एथ्लेटिक्स छात्रा १ हजार ५ सय मिटरमा १ कास्य जितेको छ । त्यस्तै अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय दोरम्बा–७ पुँडीघ्यांङले कबर्डी छात्रातर्फ एक रजत जितेको छ । प्रतियोगितामा दोरम्बा गाउँपालिका अन्तर्गतका ९ वटा माध्यमिक विद्यालयहरुले भाग लिएका थिए ।
रामेछाप– रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको दोश्रो दिनसम्म ९ स्वर्ण सहित काकलिङ्ग माध्यमिक विद्यालय अग्रस्थानमा रहेको छ ।
काकलिङ्ग माध्यमिक विद्यालयले कराँतेमा ३ स्वर्ण, कपर्डीमा छात्रातर्फ १ स्वर्ण, भलिबल छात्रातर्फ १, छात्रा २ सय मिटर दौडमा १, छात्रा १ हजार ५ सय मिटर दौड १, छात्रा ४ सय मिटर दौड १ र छात्रतर्फ ३ हजार मिटर दौडमा १ स्वर्ण सहित अग्रस्थान कायम गरेको हो ।
प्रतियोगिताको दोश्रो दिन भएको खेलमा कपर्डीतर्फ काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बा प्रथम, अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय लखनपुर द्धितीय र भिमेश्वर माध्यमिक विद्यालय लखनपुरले तृतीय स्थान हासिल गरेका छन् । त्यसैगरी छात्रतर्फ कालिका माध्यमिक विद्यायल रिष्टे प्रथम, कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुर द्धितीय र काकलिङ्ग माध्यमिक विद्यालय तृतीय भएका छन् ।
लङजम्प छात्रतर्फ सुर्के देउराी माध्यमिक विद्यालयको युनिक राना ५.८० मिटर जम्प गरि प्रथम भएका छन् भने काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बाको लाप्साङ योञ्जनले ४.६३ मिटर जम्प गरि द्धितीय भएका छन् । त्यसैगरी भिमेश्वर माध्यमिक विद्यालयको इमानुयल तामाङ ४.५९ मिटर जम्प गरि तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ भिमेश्वर माध्यमिक विद्यालयको कमला श्रेष्ठ ३.५० मिटर जम्प गरि प्रथम भएकी छन् । त्यसैगरी कालिका माध्यमिक विद्यालयको मञ्जु गौतम ३.३० मिटर जम्प गरि द्धितीय भएकी छन् भने काकलिङ्ग माध्यमिक विद्यालयको शान्ति घिसिङ तृतीय भएकी छन् ।
चारसय मिटर दौड छात्रतर्फत काकलिङ्ग माध्यमिक विद्यालयको रामकुमार योञ्जन प्रथम भएका छन् भने सेतिदेवि माध्यमिक विद्यालयका सुजल मोक्तान द्धितीय भएका छन् । त्यसैगरी कालिका माध्यमिक विद्यालयको सञ्जीव योञ्जन तृतीय भएका छन् ।
दुई सय मिटर छात्रा दडौतर्फ काकलिङ्ग माध्यमिक विद्यालयको एलिना लामा प्रथम, आर्जु वि.क. द्धितीय र सेतिदेवि माध्यमिक विद्यालयको विन्दा श्रेष्ठ तृतीय भएकी छन् ।
१ हजार ५ सय मिटर दौड छात्रातर्फ काकलिङ्ग माध्यमिक विद्यालयको सविता रजानमगर प्रथम, सेतिदेवि माध्यमिक विद्यालयको विन्द श्रेष्ठ द्धितीय र सुर्के देउराली माध्यमिक विद्यालयको मुना रजानमगर तृतीय भएकी छन् ।
३ हजार मिटर दौड छात्रतर्फ काकलिङ्ग माध्यमिक विद्यालयका लक्ष्मण घिसिङ प्रथम, रामकुमार योञ्जन द्धितीय र सेतिदेवि माध्यमिक विद्यालय गुन्सालको सुजन मोक्तान तृतीय भएका छन् ।
रामेछाप– रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा महिला भलिबलतर्फ काकलिङ माध्यमिक विद्यालय दोरम्बाले जित हात पारेका छ ।
महिलातर्फको भलिबल प्रतियोगिता अन्तर्गत काकललिङ माध्यमिक विद्यालयले सुर्के माध्यमिक विद्यालयलाई पराजित गर्दै विजयी भएको हो ।
त्यसैगरी काराँतेतर्फको खेलमा ४० केजी समूहमा काकलिङ माध्यमिक विद्यालय दोरम्बाका मिङ्मा माङ्जी शेर्पा प्रथम भएकी छन् भने कण्ठेश्व माध्यमिक विद्यालयका आशा थापामगर द्धितीय भएकी छन् ।
४२ केजी समूहमा काकालिङ माध्यमिक विद्यालयका सुमन श्रेष्ठ प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयका श्रीराम श्रेष्ठ द्धितीय भएका छन् । त्यसैगरी कण्ठेश्वर माध्यमिक विद्यालयका सचिन विक र काकलिङ्ग माध्यमिक विद्यालयका पवन श्रेष्ठ तृतीय भएका छन् ।
४५ केजी समूहमा सेतिदेवि माध्यमिक विद्यायको कल्पना श्रेष्ठ प्रथम भएकी छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयको चेलीमाय श्रेष्ठ द्धितीय भएकी छन् ।
त्यस्तै ४७ केजी समूहमा कण्ठेश्वर माध्यमिक विद्यालयका संगम कडेल प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयकै डेकेन कडेल द्धितीय भएका छन् । त्यस्तै सेतिदेवि माध्यमिक विद्यालयका टिकाराम थापामगर र काकलिङ माध्यमिक विद्यालयका सन्दिप महते तृतीय भएका छन् ।
५० केजी समूहमा कण्ठेश्वर माध्यमिक विद्यालयका अस्मिता थापामगर प्रथम भएकी छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयकै सजिना कडेल द्धितीय भएकी छन् ।
५२ केजी समूहमा सेतिदेवि माध्यमिक विद्यायका रामचन्द्र नगरकोटी प्रथम भएका छन् भने कण्ठेश्वर माध्यमिक विद्यालयका उत्तम थामी द्धितीय भएका छन् ।
प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पहिलो दिन कपर्डी प्रतियोगिता अन्तर्गत दुई खेल भएका छन् । जसमा अन्तर्राष्ट्रिय युवा वर्ष माध्यमिक विद्यालय र खारपानी माध्यमिक विद्यालयबीच भएको खेलमा अन्तर्राष्ट्रिय युवा वर्ष माविले ४२ अंक पाएको छ भने खारपानीले २५ अंग प्राप्त गरेको छ । त्यसैगरी कण्ठेश्वर माध्यमिक विद्यालय र सेतिदेवि माध्यमिक विद्यालयबीच भएको खेलमा कण्ठेश्वर माध्यमिक विद्यालय ४५ अंक र सेतीदेवि माविले १८ अंक पाएको छ ।
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले एमाले पार्टीभित्र भावनात्मक एकताको आवश्यकता अपरिहार्य भएको ठहर गरेका छन ।
सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गरि तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूतिएको अवस्थामा एमालेले भावनात्मक एकताका साथ सम्वाद, सहमति र अग्रगतिको बाटो लिन आवश्कता रहेको बताए ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षसमेत रहनु भएका युवा नेता ढुङ्गेलले बिगतलाइ विर्सिदै सकरात्मक सोचेर अगाडि बढ्न र पार्टीभित्र विश्वासको वातावरण बनाउन नेतृत्वलाई आग्रह समेत गरेका छन ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरि आफ्नातर्फबाट कार्वाहि गरिएको, विपक्षसँगको साँठगाँठमा प्रधानमन्त्रीबाट हटाउन खोजिएको सन्दर्भ सेलाएको छैन भन्दै यस्तो विग्रिएको सम्बन्ध र अविस्वासको परिस्थिति कायमै रहेको वेला व्यक्तिको जिम्मेवारी हेरफेर हुनु त्यति ठूलो कुरा नभएको सामाजिक संजालमा ब्यक्त गरे ।
अव सम्वाद, सहमति, आलोचना आत्मालोचनाको वातावरण वन्यो र थोरै विस्वासको परिस्थिति निर्माण भयो भने जिम्मेवारी फेरि पनि हेरफेर हुन सक्छ प्रमुख सवाल सकारात्मक सम्वाद र विस्वासको वातावरण निर्माण हुनुपर्ने बताए ।
नेता ढुङ्गेलले परिस्थितिलाई सहज वनाउन र पार्टीको चैत्र ७ को वैठक एमालेको एकताको वैठकको रुपमा रुपान्तरण गर्नसमेत आग्रह गरे ।
सम्झना श्रेष्ठ ।
नेपाली समाजमा नारीलाई घरकी देवि, लक्ष्मि, सरस्वती, दुर्गा आदी–आदी भन्ने गरिन्छ । नारीलाई भगवान् ठानी पूजा गरिन्छ, खुट्टा धोएर पानी खाइन्छ । तर, यहि समाजमा एउटी नारी योनी भएकै कारण असुरक्षित हुनुपरेको छ । पाँच महिनाको बालिका देखि लिएर ७६ वर्षिय वृद्ध आमाहरु सुरक्षित छैनन् । काँहा कोबाट, कतिबेला बलात्कृत हुन पर्ने हो कसैलाई पत्तो हुँदैन । पुरुष समाज किन यति उत्तेजित भएको होला ? महिलासँग भएको दुई थान स्तन र एक थान योनी कै कारण हो त ? अथवा कुन चाँहि प्रकारको चुम्वक हुन्छ महिलामा, जसलाई बलात्कार गर्नुपर्छ । योनी भएको मान्छे देखेपछि मानवता हराएर जानुपर्ने होर ?
गत ०७५ साउनमा कञ्चनपुरकी निर्मला पन्तदेखि ०७७ माघ सम्ममा बैतडीकी भागरथीसम्म आइपुग्दा देशमा ३ हजार ३ सय ४७ बालिका बलात्कृत भएका छन् । अपराध लुकाउन १७ जनाको त हत्या नै भएको छ । यो अढाई वर्ष अवधिमा बलात्कारबाट पीडित तीन हजार तीन सय त बालिका मात्र हुन् । यो बीचमा ६ हजार आठ सय ४४ जनाको बलात्कार भएको छ । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् । पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बलात्कारको अपराध लुकाउन गत साउनयता मात्रै चारजनाको हत्या भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा दुई तथा ०७५÷७६ मा ११ जनाको हत्या भएको तथ्याङ्कले देखाएको छ । यी तथ्यांकहरुले नेपाली संस्कारलाई अझ समाजलाई नमज्जाले जिस्काइरहेछ । यसरी सार्वजनिक भएका तथ्यांकहरु जिवित घटना हुन् । मृत घटनाहरुको तथ्यांक न प्रहरी सँग छ, न कुनै संघसस्थासँग छ ।
बलात्कारको विषयमा नेतृत्व तह नै खिसिट्युरी गर्छ
पछिल्लो राजनितिक व्यवस्थामा यस्तो कुरा गर्दा यो गुट र उ गुट भन्ने धारणा बनाइन्छ तर, सत्य तितो नै हुन्छ । गत अशोजमा गृहमन्त्री समेत रहनुभएका रामबहादुर थापाले नेपालमा बलात्कारका घटना बढिरहेपनि विश्वका अरु देशको तुलनामा अवस्था चिन्ताजनक नभएको बताए । उनले विश्वका २०० भन्दा बढी देशको तथ्यांक विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको सम्म भन्न भ्याएका थिए । त्यसपछि उनको निकै आलोचना भए, विस्तारै सेलाए । यसरी सार्वजनिक रुपमा देशकै गृहमन्त्रीको पदमा रहेका व्यक्तिले भन्दै हिड्न कत्तिको सुहाउँछ ? यसलाई गृहमन्त्रीको असक्षता भन्ने कि गतिछाडा भन्ने ? यस विषयमा उनको जति आलोचना गरे पनि पुग्दैन । एउटा जिम्मेवार पदको व्यक्तिले यस्तो लाचार, अव्यवहारिक र आपत्तीजनक अभिव्यक्ति दिन मिल्छ ?
यसैगरि प्रदेश २ की सांसद करिमा वेगम एकताका बलात्कारबारे दिएको विवादास्पद अभिव्यक्तिले चर्चामा आइन् । युवतीले छोटो कपडा लगाएका कारण बलात्कारका घटना बढेको उनको दावी थियो । यसरी कानुन निर्माणको तहमा बसेका व्यक्तिले यस्ता खालका अभिव्यक्ति दिन कतिको सुहाउने कुरा हो ? मर्यादालाई ख्याल नराखी बोल्ने यि र यस्ता पात्रलाई कसरी मान्ने नेतृत्व ? यस्ता खराव आचरण र विचार बोकेर हिड्ने पात्रहरु रहिञ्जेल बढीरहन्छ भन्न कुनै आपत्तीको कुरा हुँदैन । बलाकार जस्तो जघन्य अपराधका विषयमा नेतृत्व तहबाट जवसम्म यस्ता अभिव्यक्ति आइरहन्छ, तवसम्म बलात्कार िमानसिकतालाई प्रोत्साहन मिलिरन्छ ।
र आफुलाई सामाजिक अभियन्ता भन्न खुवै रुचाउने केहि पात्रहरु बलात्कार भनेको सप्राइजिङ् सेक्स हो भन्दै युटुवमा अन्तरर्वाता दिन सम्म नि पछि पर्दैनन् । कसैमाथि जवर्जस्ती गरिन्छ, कोहि अर्काे व्यक्तिलाई पिडित बनाएर क्षणीक खुसी लिइने कामलाई कसरी भन्न मिल्छ, सप्राइजिङ् सेक्स ? समाजमा विकृति फैलनमा यस्ता पात्रको ठुलो भुमिका छ । हो, यि र यस्तै पात्रहरुको कारण भएको हो बलात्कारका घटना । देशमा लोकतन्त्र छ भन्दैमा जे पनि बोल्न पाइन्छ ? तर, पाइन्छ कानुनका आँखामा पट्टी बाँधेर जवसम्म राखिन्छ तवसम्म, यो सब पाइँदोरैछ । जवसम्म नेतृत्व तहको सोचमा बदलाव आउँदैन, तवसम्म हिंसाका घटना दोहोररिहन्छ ।
धेरथोर जस समाजले पनि लिनुपर्छ
छोरीहरु बेलुका सबेरै घर आइदियोस्, रातीका कार्यक्रमहरुमा अँह, ननिस्कियोस्, एक्लै नहिँडिदियोस् जस्ता अपेक्षा र बन्धन यो समाजले राख्दछ । छोरी मान्छे भएर सबेरै घर आउन सक्दैनस् । छोरी मान्छे साँझमा धेरै डुल्नु हुँदैन, राती भरसक घर बाहिर निस्कनै हुँदैन, लुगा लगाउँदा ध्यान दिनु, छोटो नलाउनु, शरिरमा टिमिक्क परेको पनि नलाउनु, बोल्दा विचार पुर्याएर बोल्नु जस्ता अंकुशहरु लगाइन्छ ।
तर तेहि घरमा छोरालाई यो सिकाँदैन । तिमि पनि साँझ सबेरै घर फर्किनुपर्छ, हिँड्दा, बोल्दा, लुगा लगाउँदा, ध्यान दिनु पर्छ । छोरीलाई छिट्टै घर फर्कनु, तिमि असुरक्षित छौ भनेर अर्ति दिइरदाँ छोरालाई चाँह तिमि बाहिर निस्फिक्रि डुल्न सक्छौ तिमि स्वतन्त्र छौ, तिमिलाई जे गर्न पनि छुट छ, भनेजस्तो महसुस किन गराइन्छ ? तेहि घरको छोरी साँझमा बाहिर डुल्दा असुरक्षा ठान्ने समाज तेहि घरको छोरालाई चाँहि किन छुट दिन्छ ? तिमि छोरा हौ जे गर्न पनि छुट पाउँछौ भन्ने महसुस किन गराइन्छ ? यसबाट त्यो छोरा मान्छेलाई म छोरा हुँ त्यसैले जे पनि गर्न सक्छु, भन्ने भावनाको विकास त्यहिबाट हुने हो । यसकारण पनि बलात्कार जन्य घटना बढ्नुमा तपाइँ हामी आफैँ चाँहि कत्तिको दोषी छौँ ? अव आत्मालोचना गर्ने, आफैँले आफैँलाई समिक्षा गर्नु आवश्यक छैन र ।
महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक छ
हामी यस्तो समाजमा बँँचेका र्छौँ नि, बलात्कार गर्ने पुरुष सँधै चोखो हुन्छ तर, बलात्कृत महिला सँधै अपवित्र हुन्छिन् । समाजले फरक आँखाले हेर्ने गर्छ महिला र पुरुषलाई । जसले जवर्जस्ति गर्यो र खुसी लुट्यो, उ कसरी चोखो हुन सक्छ ? जसले अपराध गरेको छ, उसलाई समाजमा बाँच्न कुनै अप्ठ्यारो हुँदैन , खुलेआम बाँच्न सक्छ तर, बलात्कृत एउटी महिला पलपल मरेर बाँच्नुपर्छ, अनेकौँ लाल्छना सँहदै । समाजमा एउटी छोरी उत्ताउली देखिन्छे तर, छोरा उत्ताउलो देखिँदैन । छोराहरु वर्षाै परिवारको सम्पर्कमा नरहे पनि केहि फरक पर्दैन यो समाजलाई तर, छोरी एक दिन सम्पर्कमा छैन भने समाजमा परिवारको इज्जत जान्छ, नाक काटिन्छ । अनि सिङ्गो परिवारलाई समाजबाट बहिस्कृत हुन वाध्य पार्छ । र एउटा परिवार लाचार हुँदै समाज भन्दा आफ्नै सन्तान त्याग्न वाध्य बन्छ । हामीहरु नै मिलेर बनेको समाज, हामीले नै बनाएका निति नियम जो छन्, हामी यसैको भुँरोमा रापिँदै मरिरहेका छौँ । सायद समाजले कतिकति व्यवस्थाहरु बदल्यो होला तर, आफैँलाई अप्ठ्यारो बनाइरहेको निति बदल्न सकेन ।
पहिले सोच बदल्नुपर्छ
कहिलेकाँहि बलात्कारका विषयमा छोटो लुगा लाई पनि तर्क बनाइन्छ । भन्ने गरिन्छ कि, छोटो लुगा लगाएर उत्तेजना फैलाउने अनि बलात्कारका घटना बढ्यो भन्ने ।
यि तर्कहरुलाई हार्दिक श्रद्धाञ्जली मात्रै भन्न सकिन्छ । युवतीले छोटो लुगा लगाएका कारण बलात्कार भयो भन्ने कुतर्क मात्र हुन् । यदि तेसो हुन्थ्यो भने ६ महिनाकी अबोध बालिकाले बलात्कृत भएर मर्नु पर्ने थिएन होला । ७६ नाघेकि वृद्ध आमाको पनि बलात्कार हुन्थेन होला । यहाँ त लुगा छोटो होइन, मानिसको सोच छोटो छ, मानिसको सोच दरिद्र छ । बलात्कारी विचार दुर्गन्धित छ । मानिस परिवर्तनशिल प्राणी हो, उ परिवर्तन चाहन्छ । नभए गुनासो गर्छ तर व्यक्ति स्वयम् आफुलाई चाँहि परिवर्तन गर्न सक्दैन । सबैभन्दा पहिला आफ्नो सोच परिवर्तन गर्न सक्नुपर्छ । आफुले सार्वजनिक गर्ने धारणाहरुमा कैँची लगाउनै पर्छ । अरुका चेलिबेटिको विषयमा अलिकति पनि नहिच्किचाई बोल्ने हिम्मत गर्नेले एकपटक आफैँलाई त्यो स्थानमा राखेर हेर्न सक्नुपर्छ । आँखाले देखेको छोटो लुगा, दिल र दिमागलाई समेत छोटो बनाउनेहरुको विचारलाई विचरा भनेर चुक्चुकाउन वाहेक के नै सक्ने रहेछौँ र !
म मेरी आमाले झैँ घुँडा छोपेर कुर्ता लाउन, धोती साडी लगाउन सक्तिँन, मैले घुँडा देखाएर लुगा लगाएँ भन्दैमा म माथि हिँसा गर्न कसरी पाइन्छ ? मैले घँुडा छोप्ने लुगा नलगाएकै आधारमा मलाई बलात्कार गर्न कसरी पाइन्छ ? मैले घुँडा देखाउँदा होइन, म नाँगै हिँडे पनि म माथि हिँसा (बलात्कार) गर्न पाँइदैन ।
सबैभन्दा पहिले बलात्कारी मानसिकता बदलौँ, बलात्कारलाई सामान्य रुपमा लिन छाडाँै । आफुलाई श्रीजनशिल बनाउने कोसिस गरौँ । सबैभन्दा ठुलो कुरा भनेको मानिसको मानसिकता हो । उसको विचार हो, सोचाई हो अनि बाहिर ल्याउने धारणा र गर्ने व्यवहार हो । उसले कतिबेला के सोच्छ कसैलाई थाहा हुने कुरो होइन । एउटा व्यक्तिमा बलात्कारी मानसिकता कसरी आउँछ भन्ने कुराको खोजी गर्नुपर्छ । र अर्काे कुरा कुनै पनि अपराधमा संलग्न हुने मानसिकता बन्नु अघि कानुनसँग डर लाग्नुपर्छ, समाजसँग डर लाग्नुपर्छ । इज्जत भन्ने कुरा महिलाको शरिरसँग नभई स्वाभिमानसँग जोड्नुपर्छ ।
आज मार्च ८ अर्थात्, १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । आजको दिनमा हुने ठुला भनिएका अन्तक्र्रिया, छलफल, कार्यक्रम, भेला, नारा सबैलाई शुभकामना । शुभकामना यस अर्थमा ति कार्यक्रमहरु प्रभावित सम्म पुग्न सकोस्, नकि भेला हुने कार्यक्रमकै नाममा कार्यक्रम गर्ने र फर्किने माध्यम नबनोस् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबै कसैको आमा, दिदि, बहिनी, भाउजु, बुहारी, श्रीमती, प्रेमिका, साथीकी बहिनी लगाएत सबै नारी जातीलाई आँट, हिम्मत, उत्साह, उर्जाका साथै व्यक्तित्व विकास हुन सकोस् हार्दिक शुभकामना । नारी माथि हुने हिंसाको विरुद्धमा नक्कली आवाज उठाउने, नक्कली नारा लगाउने बलात्कारी मानसिकता बद्लियोस् शुभकामना ।
कोसीपूजाअर्थात लदिपूजा नेपालमाबसोबास गर्ने समस्तमाझीजातिको प्रमुख चाड हो । कोसीपूजाभन्नाले खोला, नदीअथवापानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ–आफनो घरबाट नजिकैको खोलामा सबै मानिसहरू भेलाभई समुहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमानदिलाई विशेष रूपले पूजा गरिन्छ। पूजामाविशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँस र परेवागरि पाँचप्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलिपनि भनिन्छ । यो पञ्चबलिको साथ थानमाफुल–अक्षता र भेटी पनि चढाउने गरिन्छ । यो दिनमाआफ्नाआफन्तहरूबिचशुभकामनाआदानप्रदानपनिगर्ने गरिन्छ । साथै यो दिननाचेर, गाएर रमाइलो गर्ने गरिन्छ ।
माझीजातिहरू परापूर्वक कालदेखि नेै खोलाको किनारमा बसि माछा मार्ने,डुङ्गा(नाउ)मा राखिमानिसहरूलाई खोलातारिदिने कार्य गर्दथे । उनिहरू सँधै खोलाको नजिकहुने, खोलामै बस्ने, खोलामा नै आश्रीत हुने भएकाले खोलालाई र पानीलाई भगवानमान्दथे र पूजाआजागर्दथे । त्यसकारण आजपनिमाझीजातिहरूले त्यो परम्परालाई मनाउदै आएका छन् । माझीजातिहरूको उल्लेख्यबसोबास भएको क्षेत्रकानजिक रहेका खोलाहरु जस्तैः–सप्तकोसी, दुधकोसी, तामाकोसी, अरुण, तमोर, कन्काई आदि जस्ता नदि–किनारमा यो पर्व मनाउने गरिन्छ । यो कोसी–पूजालाई लदिपूजा,पानीपूजापनिभन्ने गरिन्छ । यसरि नदिपूजागर्नाले बालीनाली राम्रो हुने, समयमापानी पर्ने, घरपरिवारमा सुखशान्ति छाउने कुरामामाझीजातिको विश्वास रहिआएको छ ।
माझी समुदायको विशेष पर्व लदीपूजाधुमधामका साथयसपालीपनिमनाईएको छ । प्रत्येकवर्षको फागुनमहिनाको साहिलीमङ्गलबार मनाउने लदी (कोशी) पूजाको पहिलो दिनमङ्गलबार जिल्लाको विभिन्न स्थानमाबसोबास रहेको माझी समुदायले मनाएका छन् । रामेछापको मन्थलीनगरपालिका वडा नं ८ गाइखुराकामाझी समुदायहरुले तामाकोशीको किनारमा छिनारी (मसान), मंगलादेवी र जलदेवीकानाममा पाठी, कुखुरा लगायतकावली चढाएर पुजामनाएका छन् ।
करिब ५२ घरधुरीको सङ्ख्यामा रहेका गाइखुराकामाझी समुदायहरुले पराम्परागत रुपमाचलिआएको यस पर्वलाई निकै महत्वका साथमनाइरहेका छन् । लदीपूजागर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचितपुख्र्यौली पेशानदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिमआउँदैन भन्ने उनीहरुको विश्वास छ । साथै, नदीमापौडी खेल्दाबगाउँदैन भन्ने मान्यता समेत रहेको छ । वर्षातको समयमानदीले वर्षौनीविभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पु¥याइरहेको छ ।
त्यस्ताकिसिमकाकुनै पनिमानवीय, भौतिक र आर्थिक क्षतिनपु¥यावस् भनेर नदीको पूजा गरिँदै आएको गाइखुराकामाझी समुदायकापूजारी सेते माझीले बताउनुभयो । माझीभाषामा ‘छिनारी’ को अर्थ मसान र ‘लदी’ को अर्थ कोशी हुन्छ । मौलिकपोशाकगुनिउ चोली र दौरा सुरुवालमा सजिएर आएकामाझी समुदायले मुन (जाँड) खाएर नाचगान समेत गरेका थिए ।
माझी समुदायको लदीपूजाबुधबार बाधाफुकाएसँगै विधिवत् रुपमाअन्त्य हुन्छ । नेपालको संघीय संरचनाअनुसार ७७जिल्लामध्ये ६८ जिल्लामामाझी समुदायको बसोबास रहेको छ । ६८ जिल्लामध्ये रामेछाप जिल्लामामाझी समुदायको ठूलो संख्यामाबसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार देसभरिमा माझीजातिको जनसंख्या ८३ हजार ७ सय २७ रहेको छ । रामेछापमा मात्रमाझीको जनसंख्या ६ हजार ४२ रहेको छ ।
रामेछाप– दोरम्बा गाउँपालिकाले गाउँपालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता गाउँपालिकाको केन्द्र टोकरपुरमा आयोजना गरिएको थियो ।
अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कण्ठेश्वर माध्यमिक विद्यालय टोकरपुर प्रथम, सेतीदेवि माध्यमिक विद्यालय गुन्साल द्धितीय र काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बा तृतीय भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा सन्जीवनी आधारभूत विद्यालय, पात्ले, माध्यमिक विद्यालय रिष्ठे, सेतीदेवि आधारभूत विद्यालय, डोप्ला र खारपानी माध्यमिक विद्यालय खारपानी गौश्वाराको सहभागिता रहेको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार ८ हजार रुपैयाँ नगद तथा २ हजार ५ सय रुपैयाँ बराबरको स्टेशनरी समान, द्धितीय पुरस्कार ६ हजार रुपैयाँ नगद तथा २ हजार रुपैयाँ बराबरको स्टेशनरी सामान र तृतीय पुरस्कारमा ४ हजार रुपैयाँ नगद तथा १ हजार ५ सय रुपैयाँ बराबरको स्टेशनरी प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागि सबै खोलाडीहरुलाई ७ सय रुपैया नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय प्रतियोगीहरुलाई नगद र स्टेशनरी सामग्रीका साथै मेडल, ट्रफि र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
७ फागुन २०७७
रामेछापको सालुबाट विद्यार्थी बोकेर सदरमुकाम मन्थली आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुदा १५ विद्यार्थी घाइते भएका छन् । सदरमुकाम मन्थलीमा आजबाट हुने मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन आएका विद्यार्थी चढेको बस मन्थली नगरपालिका वडा नं. १ र ५ को सीमानामा पर्ने मच्छेडाँडीमा दुर्घटना भएको हो ।
बा ५ ख २८५७ नम्बरको पूर्व अरनिको यातायात प्रा.लि.को बसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगतिमा आएका विद्यार्थी र शिक्षक गरि ५३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएको छ ।
घाइते मध्य केही विद्यार्थीको अवस्था गम्भीर रहेको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते विद्यार्थीहरुको उपचार मन्थलीस्थित तामाकोसी अस्पतालमा भइरहेको छ । तीब्र गतिको कारण बस दुर्घटना भएको बताइएको छ ।
काठमाण्डौ ५ फागुन ।
नेपालपत्रकार महासंघ रामेछाप शाखा सम्मानित भएको छ । पत्रकार महासंघ केन्द्रीय समितिको बुधवार काठमाण्डौमा सम्पन्न २६ औं महाधिवेशनको अवसरमा जिल्लाशाखालाई सम्मानित गरेको हो ।
जिल्लाशाखाको भवननिर्माण कार्य सम्पन गरी प्रेस तथाअभिब्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरुको हितमा कृयासिल नेपाल पत्रकार महासंघका गतिविधिहरुलई ब्यापक र प्रभावकारी वनाउन योगदान पुर्याएको भन्दै , आगामी दिनमापनि शाखा निरन्तर कृयासिल रहने अपेक्षा सहित सम्मानपत्रले सम्मान गरिएको हो । वागमतिप्रदेश अन्तर्गत रहेको नेपालपत्रकार महासंघ जिल्लाशाखा रामेछापका अध्यक्ष रमेश ढुंगेललाई सूचना,सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
माया आफैमा शक्तिशाली शब्द हो। जो कोहिलाइ पनि चाहिने । जो कसैको जिन्दगीमा पनि दखल राख्ने । भगवानको पाला देखि नै माया चलि रहन्थ्यो र त्यो अहिलेसम्म नै छ।
जब उनी सँग भेट भयो, अनि मैले मेरो घरजिन्दगिमा बिछ्याइएको पहिलाको सम्बन्ध सबै बिर्सिन थाले। दिनभर कक्षामा सँगै। रातको डिउटी पनि सँगै। सुरुसुरुमा मुस्कुराउने मात्र सम्बन्ध भयो। तर उनि एउटा असल केटि म असल केटा । मन मिल्यो सम्बन्ध नजिकिन थाल्यो। जागिर सहितको पढाइ ज्यादै गाह्रो त थियो नै। तर सम्बन्धले नजिक्याए पछि सहज हुनेनै रहेछ। सायद छोटो दिनमा नजिकिएको सम्बन्ध हाम्रो नै होला।
उनको रिसको ओखति बनेर फकाउन त जान्दैनथे तर मुस्कुराउन कहिलै छाडिन। यहि बानिले उनि म सँग ज्यादै नजिक भएकी थिइन्। हामी साथी मात्र नभएर प्रेमी प्रेमिका भै सकेका थियौ। पढाइ हाम्रो (प्राबिधिक ) स्वास्थ्य अस्पतालको डिउटी, त्यहाँ माथी थप प्राक्टिकल। पढाइ सुरु भए देखि कहिल्यै निन्द्रा पुगेन। सुत्ने समय प्रत्येक दिन कक्षामा सरले थाहा नपाउने गरि १ घन्टा हुन्थ्यो।
हुनत राती ४ घन्टा सुत्न त पाइन्थ्यो पालै पालो तर हाम्रो माया प्रेमका कुरा नै सकिँदैन थियो । के सुत्न मन हुन्छ र? प्रेममा चुर्लुम्म डुबेका जोडिलाई कुरा गर्न थाले पछि निद्रा कहाँ आउदो रहेछ र ? हामीलाई मात्र होइन जो कोहिलाइ नि सुरु सुरुमा सगै बस्न मन लाग्ने हुन्छ नै जस्तो लाग्छ। हुन्छ पनि। हाम्रो पनि त्यस्तै थियो। प्रत्येक वार्डमा १ सिस्टर २ प्राबिधिक डिउटिमा हुनुपर्ने। सिस्टरको सहयोगमा बिरामिको फाइल देखि भाइटल साइन समेत लिनुपर्ने हुन्थ्यो । अझ अघिल्लो ब्याचका दाइहरु नभएको बेला औषधि र बिरामिको खानाको ब्यवस्थापनमा समेत नजर लगाउदा १० बज्थ्यो।
सिस्टरले २ जनामा पालैपालो आराम गर्नु भन्नुहुन्थ्यो र आफू आराम गर्न जानू हुन्थ्यो। तर हामी दुबै जना कहिले दिनभर पढेको कक्षाको कुरा त कहिले हाम्रो सम्बन्धका कुरा गरेर बस्थौं। एउटा अक्सिजनको भरमा बाचेको बिरामीको फायल पल्टाएर हेर्दै भन्थिन। म यस्तो बिरामी हुँदा कहिल्यै साथ नछाड है। म हस् को इसारा गर्थे। सामान्य कुरा बाट झगडा समेत हुन्थ्यो। त्यसरी महिनौ रात सकियो।
काठमांडौ र काठमांडौ आसपासका धेरै सुन्दर ठाउँ घुमियो। उनि सँग हात समातेर घुम्दा म बिश्वको सबभन्दा खुशी मानिस हुँ जस्तो लाग्थ्यो। हाम्रो सम्बन्ध कैयौ प्रेम इतिहास बोकेका कथा भन्दा कम भएन। बनभोज र पानी छान्ने तरिका हेर्न सुन्दरीजल पुग्दा सबै माथी ड्याङ सम्म पुग्यौ तर उनि र म बाटो मुनि। गफिदा गफिदै उसको काखमा म र उ भित्तामा अडेस लागेर दुबै जना निदाए छौ। सबै जना फर्केर खाना खाने बेला खोज्दा न भेटेपछि धेरै पटक फोन आएछ , थाहा पाएनौं हामिले थाहा पनि के पाउनु धेरै रातको निन्द्रा। बिउझिदा त दुबैको फोनमा सय कल भन्दा माथी फोन । तर्सिएर हामी डराउदै बहाना बनाउदै गयौं। दुबैको मोबाइल त्यही ढुङ्गा मुनि लुकाएर मोबाइल हरायो अनि खोज्दा समय लाग्यो भनेर बहाना बनायौ। तर राता आँखा आखिर झुट कुरा क्षणभर टिकेन। धेरै पटक कान समातेर उठबस गर्नु पर्यो।
हाम्रो सम्बन्ध झन सबैलाई थाहा भयो। हुनत हामी धेरै रात काठमाडौ धेरै होटलमा सगै बसेका थियौं डराउनु पर्ने खास कारण त थिएन। तर उसलाई हाम्रै शिक्षकले मन पराउदो रहेछ। जसको कारण धेरै सजायको भागेदार हुनुपर्यो। त्यसपछि हाम्रो एउटा मुनामदनको जस्तो सम्बन्ध लाई बर्षायामको बाढी आए जस्तै भेल आउन थाल्यो।
उनि म सँग एक्कासी रिसाउने, कल न लाग्ने हुन थाल्यो। म मेरो कुनै कमजोरी भयो कि खोज्न थाले। सोच्दा सोच्दै मानसिक रोगी हुन थाले। तर म मैले मन पराएको मान्छे खुशी हुनुपर्छ भनेर उसलाई केही भनिन। यति सम्म कि त्यस दिन देखिको आज सम्मको मेरो सिरानी नसुकी बस्ने थियो त निचोर्न मिल्ने आँसु बगे होलान र अहिले पनि बग्छन। जसको कारण मैले मानसिक रोगको औषधि नै खानु पर्यो। तर उनि अलिकति पनि दुखी छैनन् झन खुशी देख्छु। एका एक बोलचाल बन्द छ। केही दिनपछि फाइनल परिक्षा छ। वार्डमा प्राक्टिकल नम्बर लिनु छ तर मलाई निन्द्रै लाग्दैन काम गर्न मन लागेन। ज्वरो आयो आफै बेर्ड भर्ना भए। केही साथीहरू आए सम्झाए तर यो मन कहिल्यै सम्झेन। केही मन हलुङ्गो हुँदै थियो। अब डिउटी गर्नुपर्छ भनेर डिउटी तिर लागे।
फाइनल परिक्षा नि राम्रो नै भयो। अब प्राक्टिकल थियो। पढाइ र डिउटी राम्रै थियो। म कसैको मन दुखाउदैनथे। बिरामी सँग नजिक हुन्थे। सबैलाई खुशी पार्नुपर्छ जस्तो लाग्थ्यो । जस्तो अहिले थिए त्यो भन्दा नि साथीहरू सग नजिकिन्थे। भोलि प्राक्टिकल को परीक्षा थियो। आज बिहानै वार्डमा डिउटी गए। बिरामीको फाइल मिलाएपछी एउटा बुढी आमा वार्डको बिरामी भएको ठाउँमा गएर केही खुशी हुने कुरा गरेँ । चाडै निको हुनुहुन्छ अनि घर जानू भनेपछि त्यि बुढी आमाले खुशी हुँदै बाबुको जीवनकालमा कहिल्यै दुख नपरोस् भनेर खुशी ब्यक्त गर्नु भयो।
म खानाखान के भान्सामा पुगेको मात्र थिए अफिस बाट फोन आयो तपाईं अफिस आउनुस भनेर। म खाना खाएर अफिस जादा पुलिस पनि देखे । मलाई देख्न साथ पुलिसले मलाई पक्राउ पुर्जी थम्यायो। पक्राउ पुर्जिमा जबर्जस्ती करणी मुद्दा थियो मेरो नाममा। म आत्तिए । सके जति आँसु झारे तर मेरो आँसु पुछ्ने कोहि थिएनन्।
पुलिसले जबर्जस्ती गर्ने उहीँ हो भन्दा बोल्नै नसक्ने अर्थात मैले आजै जबर्जस्ति गरेको जस्तो उसले प्रतिकार गर्न खोज्दा थकित भएको जस्तो गरेर मुन्टो हल्लाई। मलाई प्रहरिले भ्यानमा हाल्दै आतिनु पर्दैन अनुसन्धानको लागि मात्र हो भन्यो। तर मलाई त्यतिबेला पृथ्वी भसियो जस्तो लाग्यो। मेरो जागिर घर, छरछिमेक, साथिभाइ र आफन्त के भन्लान्। मेरो अन्तिम बिकल्प भनेकै आत्माहत्या सोचे। प्रहरि कार्यालयमा पुर्याएर अनुसन्धान सुरु भयो। तपाईंले ७ महिना अगाडी जबर्जस्ति गरेको हो भनेर सोधियो। म मौन बसे, हो भनौ कि होइन। हो भनौ भने जबर्जस्ती होइन । होइन भनौ भने म सँगै बसेको छु। थर्काउदै भने सुन्नुभएन। म झस्किए। र भने हो निन्द्रा पुगेको थिएन, उसले कोठा बुकिङ गरेकी हो मलाई बोलाएको नि हो। १ बर्ष मा ३९ रात सगै बसियो सबैको पैसा उसैले तिरेको छ। चाबी उहीँ लिन्छ सबै जानकारी गराए। उता निर्मला बलात्कार पछि हत्या हुँदा मौन बस्ने प्रशासन हाम्रो सम्बन्धको अनुसन्धान गर्न थाल्यो। मैले थुनुवामा रहदा अनुसन्धान गर्न सहयोग गरिरहे।
म थुनुवामा रहदा मलाई त कुनै समस्या भएन तर मेरो घर झन्डै लथालिङ्ग भएको रहेछ। त्यसबेला देखि ममि बिरामी हुनु भयो । प्रहरिको अनुसन्धानले म निर्दोष छु कसैको त्रासमा मुद्दा हालेको कुरा थाहा पाए पछि हामीलाई नै पढाउने शिक्षक जेल जानू पर्यो। आखिर उसले नि जागिर छाड्नु पर्यो। म पनि बाध्य भए।
आज उनि त बहादुरी देखाउछे होलि तर म समाजको अगाडि त बलत्कारी भए। बुझाउन सक्नेलाइ त बुझाउछु। तर पढेर पनि नबुझ्ने एकथरी समाजका भाइरसहरु खुलेर सामाजिक संजालमा नै टिप्पणी गर्छ्न। आज म निर्दोष हुदा टिप्पणी हुन्छ तर पछि उ आफै कुनै कुराको दोषी हुँदा म उसलाई सद्भाव गर्ने छु। त्यसैले सबै उहि न हो। मन मिलेको सम्बन्ध बलात्कार मा नजोडौं। मन मिल्दा प्यार, मन मिल्न छाडे त्यही प्यार हुने बलत्कार ? वाह समय !
रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ३ सित्खामा चार जना युवा मिलेर संयुक्त टमाटर खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका र रोजगारीका लागि भौँतारिरहेका युवाहरु मिलेर संयुक्त टमाटर खेती सुरु गरेका हुन् ।
रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ३ सित्खाका रमेश लामा धेरै पैसा कमाउने सपना बोकेर कतार पुगे तर त्यहाँ भनेजस्तो कमाई नभएपछि गाउँमै आएर केही गर्ने सोच बनाएर घर फर्किए । यता अक्ष कुमार खत्री पैसा कमाउनकै लागि विदेश जाने चक्करमा थिए । रमेश लामा कतारबाट घर फर्किएपछि अक्ष कुमारको विदेश जाने सोच बदलियो र चारजना युवाहरु मिलेर ‘मिलीजुली कृषि तथा पशुपञ्छी फार्म’ दर्ता गरि संयुक्त टमाटर खेती सुरु गरे । ३५ रोपनी जग्गा १५ वर्षको लागि भाडामा लिएर टमाटर खेती सुरु गरेका युवाहरुले पहिलो चरणमै १६ लाख रुपैयाँ आम्दानी गर्न सफल भए ।
विदेशमा राम्रो कमाई नभएर घर फर्किएका र जागिरको खोजीमा भौतारिरहेका ४ जना युवाहरुले स्थानीय सहकारीबाट २० लाख रुपैयाँ ऋण लिएर ३२ लाख रुपैयाँको लगानीमा सुरु गरिएको टमाटर खेतीले पहिलो चरणमै राम्रो आम्दानी दिएपछि युवाहरु उत्साहित भएका छन् । विना विषदी, गाई वस्तुको मल प्रयोग गरेर उत्पादन गरिएकाले टमाटर टिपेपछि पनि लामो समयसम्म नकुहिने भएकाले बजारको माग समेत बढेको छ ।
विदेशमा गर्ने दुःख आफ्नै गाउँमा गर्ने हो भने विदेशको जतिनै कमाई गर्न सकिने युवाहरुको भनाई छ । सरकारले कृषि क्षेत्रमा गरेको लगानी दुरुपयोग भइरहेको भन्दै, सरकारले अनुदान हैन आफूहरुलाई ऋण दिए पुग्ने उनीहरु बताउछन् ।
अहिले ८ जनालाई रोजगारी दिइरहेको टमाटर खेतीलाई नमूना फार्मको रुपमा विस्तार गरि ३० जना सम्मलाई रोजगारी दिने लक्ष्य रहेको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–३ विरौटामा बस्दै आएका मेहरमान वि.क.को एक स्थानीयको कुटपिटबाट मृत्यु भएपछि उनको परिवार नै विस्थापित भएको छ । मेहरमानको मृत्युपछि अभियुक्तको आफन्तले धम्की दिएपछि मृतकको परिवार नै विस्थापित भएको हो ।
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ विरौटामा बस्दै आएका मेहरमान बि.क.को स्थानीय साङतेन्जी शेर्पाको कुटपिटको कारण मृत्यु भएपछि परिवार नै विस्थापित भएको छ । बारी जोत्ने ट्याक्टरको विषयमा सामान्य विवाद हुँदा शेर्पाको निर्घात कुटपिटबाट मुत्रथैली फुटेपछि विकको उपचारको क्रममा मृत्यु भएको थियो । विकको मृत्यु पछि पक्राउ परेका शेर्पालाई छुटाउन शेर्पाका छोराले मृतकका परिवारलाई दबाब दिएपछि उनीहरु घर छोडेर हिड्न बाध्य भएका हुन् ।
मृतकका परिवार विस्थापित मात्र भएका छैन उनीहरु बेसहारा समेत भएका छन् । गोकुलगंगा गाउँपालिका–४ बेतालीमा रहेको ६ आना जग्गा विद्युतको हाइटेन्सन लाइन र सडकले खाइदिएपछि भूमिहिन भएका विकको परिवार गोकुलगंगा–३ विरौटामा पूर्णबहादुर कार्कीको जग्गामा घर बनाएर बस्दै आएका थिए । महेरमानको मृत्युपछि उनका परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
राज्यद्धारा नै भूमिहिन बनाइएका विकले आरन चलाएर ८ जनाको परिवार पाल्दै आएका थिए । उनको मृत्युपछि परिवार विचल्लीमा परेका छन् । घरमुलीको मुत्युपछि परिवारको अवस्था सडकबासीको जस्तो भएको छ ।
काम गर्न सक्ने जेठो छोरा पनि सबारी दुर्घटनामा गरि ढाडको मेरुदण्ड भाचिएपछि काम गर्न सक्दैनन् भने उनका भाइबहिनी नाबालक छन् ।
मृतकको उपचारमा ५ लाख रुपैयाँ लागेको र त्यो पैसा समेत पीडकले नतिरेको पीडित परिवारको गुनासो छ ।
रामेछाप– पार्टी विभाजन हुन पहिलेको पार्टी कार्यालयमा प्रचण्ड माधव समूहले कब्जा जमाएपछि ओली समूहले छुट्टै कार्यालय खोलेको छ । पार्टी कार्यालय भाडामा रहेकाले आफूहरुले विवाद गर्नु भन्दा छुट्टै कार्यालय खोलेको ओली समूह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताए ।
पार्टीभित्रको विवादसँगै दुई समूहमा विभाजन भएको नेकपा रामेछापको ओली समूहले जिल्ला पार्टीको छुट्टै कार्यालय खोलेको हो । प्रचण्ड माधव समूहले कब्जा जमाएको पार्टी कार्यालयबाट पार्टीको कागजात भने आपूmहरुले ल्याउने ओली समूहका अध्यक्ष श्रेष्ठले बताए ।
नेकपा रामेछापको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय खोलेको हो भन्ने जिज्ञासामा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूह रामेछापका इञ्चार्ज देवशंकर पौडेलले भने– रामेछापमा अर्को पार्टी कुन खुलेछ मलाई त थाहाँ छैन । पार्टी अध्याक्ष सचिव अहिले मसँगै छन्, अर्को नेकपा को ? रहेछ रामेछापमा उनले भने ।
२१ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’
संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।
हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।
संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ । अनलाईन खबरले लेखेको छ ।
मैले ६ पात्रको एक लाभ भन्ने नाटक हेर्न पाए। जुन मलाई नाटक हेर्न उत्प्रेरित गर्नु हुने अभिनय समेत गर्नु भएकी कलाकार प्रिय मित्र पवित्राखड्काजिलाइ बिशेष धन्यवाद र नाटक हेर्नुपर्छ भनेर साथी समेत बनेर जानू भएकोमा सुशिला लोहनी प्रती आभार।
नाटक हेर्दै गर्दा मलाई म पढेको तत्कालीन श्री खण्डेश्वर निम्न माध्यमिक बिधालयका शिक्षक अर्जुन श्रेष्ठ र हिरा बोहरालाई ज्यादै सम्झे । त्यो बेलाको नाटक अझै मलाई याद आउँछ। उमेर र शिक्षाको खुट्किलो चढ्ने क्रममा माध्यमिक शिक्षा आर्जनका लागि बिधालय परिवर्तन गर्न अनिवार्य नै थियो। परिवर्तन गरियो शारदा माध्यमिक बिधालय त्यस बिधालयमा ।
मेरो ध्यान पढाइ भन्दा सास्कृंतीक कार्यक्रम तिर ।त्यस समय सम्झन्छु शिक्षक श्याम नन्दन शाह र उमेश शाह अनि यो माघी महिनामा आउने चाड, बिद्यार्थीहरुको ज्यादै ठूलो पर्व- सरस्वती पुजा। यो पर्बमा हामीले नाटक प्रस्तुत गर्दा लाग्छ म अब नाटककार बन्छु। तर सोचे जस्तो भएन त्यस बखतको नाटकले धेरै साथीहरू चिनायो , माया प्रेम गर्न सिकायो र नजिक्यायो।
एक्लो हुँदा गुनगुनाउन सिकायो। केही लेख लेख्न सिकायो। भदौ महिना जस्तै हरियाली हुनुपर्छ भनेर सिकायो। जसले गर्दा आज साहित्यमा दखल राख्न सक्ने भए। हामीले बिधालय छाडेपछि अहिले त्यस्तो नाटक हुदैन भन्ने कुराले दुख लाग्छ । रामेछाप त्यसै पनि साहित्य बिधामा पछाडी परेको जिल्ला हो।साहित्यकार जगदिश घिमिरेको जिल्ला भन्न समेत आट आउदैन। उहाले कुल्चिनु भएको माटो एक माना भन्दा बढी मैले बच्पनमा चाटेको छु होला। त्यसैले म जगदीश घिमिरे जन्मेको जिल्लाको नागरिक हुँ भन्दा ओठमा छुट्टै रौनकता छाउँछ ।
रामेछाप पहिले धेरै साहित्य कार्यक्रमहरु हुन्थ्यो । रचना सुन्ने र सुनाउने कार्यक्रममा हल भरी खचाखच स्रष्टा पुग्थे। धेरैले लेख्ने प्रयत्न गर्थे तर अचेल कार्यक्रम पनि हुँदैन जसले गर्दा रामेछाप साहित्यमा अझ पछि पर्दै छ। झनै नाटक त मलाई लाग्छ रामेछाप जिल्लामा कुनै बिधालयले पनि सिकाउदैनन् । हराए गाउँका नाटक । जहाँ साना नानीले नाटक के हो भन्ने यथार्थमा देख्न पाउथे ।
मैले थियटरको नाटक कमै हेरेको छु। झनै कोभिडले सबै हलहरु बन्द भएपछि नाटक मन्चन हुने कुरै भएन। कोभिड पछि मेरो मिल्ने साथी धेरै बर्ष देखि नाटकमा असल पात्रको भुमिका निर्वाह गरेकी रामेछापकि चेली पबित्रा खड्काले हेर्न लाएक नाटक भनेपछि म नाटक हेर्न हलमा जादा खुशी उमङ्ग त थियो नै तर छिटो सुरु भए हुन्थ्यो जस्तो लाग्यो। तर नाटक सकिएपछी मलाई मनमा हजारौं कुरा खेले । कोहि सँग बोल्न मन लागेन, दिनलाई पार गर्दै रात सुरु भयो तर मलाई अभिशाप सुरु भयो जस्तो भयो। नाटकमा एउटा शब्द म कहिले बिर्सिन्न “गरिबका लागि सामान्य दोषी पनि जेल जानुपर्छ तर धनिका लागि त्यही अदालत अतिथि कक्ष बन्छ” ।
जति पटक यो सम्झन्छु मेरा आँखा रसाउँछन। हो सत्य एहि छ। नाटकले यथार्थ त बोल्छ तर परिवर्तन गर्न स्थानीय सरकार हेर्दैन, सुन्दैन।
साहित्यले समाज परिवर्तन गर्न सक्छ । समाज भित्रको यथार्थलाई देखाउन सक्छ । झनै नाटक विधाले समाजको यथार्थलाई जस्ताको तस्तै आँखा अगाडी देखाउने काम गर्छ । साहित्यलाई तह र तप्कामा हुनेहरूले अपहेलना गर्न खोजे जस्तो भान हुन थालेको छ ।
हाम्रा सबै साथीहरू पबित्रा जस्तै असल पात्र बन्नुन् ।यस्तो कला र साहित्यको क्षेत्रमा योगदान गर्ने धेरै पवित्राहरूको खाँचो नेपाली कला र साहित्यमा छ ।
कम्युनिष्टको इतिहास नै चोर डाका फटाहा भएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले बताएका छन् । नेपाली कांग्रेसले सँधै इतिहासको कुरा गर्छ भन्दै हिड्ने कम्युनिष्टले आरोप लगाएकोले यसको जवाफ दिएको उनको भनाई छ । नेपाली कांग्रेस का रामेछापमा स्थित भातृ संगठनहरूले आयोजना गरेको संयुक्तरूपमा संसद विघटनको विरोध सभामा प्रमुख अतिथीका रुपमा आएका बस्नेतले यस्तो तर्क राखेका हुन् । ।
पूर्वन्यायधिशहरूले न्यायलय माथि हस्तक्षेप गर्न खोजेको बस्नेतको आरोप छ । आफू हुँदा नीति नियम परिवर्तन गर्न नसक्ने, अहिले आएर न्यायलय माथि हस्तक्षेप गर्न साटो बरु राजनीतिमा आउन, मानव अधिकारकर्मी बनेर आउनु वा आम जनता बनेर आउनु, बस्नेतले भने ।
सभामा बोल्दै बस्नेतले नेपाली कांग्रेस बाहेक कसैले यो देशको अमूल परिवर्तन गर्न नसक्ने बताए ।
नेपाली कांग्रेसले आवह्वान गरेको यस्ता कार्यक्रम देशै भरि भएको हो । सोहि अनुरुप रामेछापमा पनि बाईक र्याली, र्याली तथा विरोध सभा रामेछापमा भएको हो ।
कार्यक्रमको सभादक्षको भूमिका निर्वाह भने नेपाल तरुण दल रामेछापमा अध्यक्ष काजीबहादुर खड्काले गरेका थिए ।
रामेछाप– भण्डै ५ महिनापछि गाउँपालिका फर्किएका लिखूतामाकोशि गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई स्थानीय जनताले भब्य स्वागत गरेका छन् । स्थानीय जनताहरु अध्यक्ष खड्कालाई स्वागत गर्न गाउँपालिकाबाट एक करिब किलोमिटर परसम्म पुगेका थिए । स्थानीयले ठाउँठाउँमा स्वागत तथा सम्मान धोवि बजार परिक्रमा गराएर खड्कालाई गाउँपालिकाको कार्यालयमा पुर्याएका थिए । खड्काको स्वागतमा सहभागि स्थानीयहरुले छातीमा अध्यक्ष खड्काको फोटो टाँसेका थिए । गाउँपालिका अध्यक्ष खड्काले आफ्ना दुःख पिरमर्का बुझेकाले उनको फोटो छातीमा टाँसेर हिडेको एक बृद्धाले बताइन ।
सम्पत्ती सुद्धिकरण, शरीर बन्धक र जबर्जस्ती करनीको अभियोगमा गाउँपालिका अध्यक्ष खड्कालाई पक्राउ गरिएको थियो । गएको साउन ३० गते विभिन्न अभियोगमा पक्राउ परेका खड्कालाई उच्च अदालतले पद पुनस्थापना हुने गरि धरौटीमा रिहा गरेपछि आइतबार गाउँपालिका पुगेर पुनः गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । आपूm न्यायको लागि लडिरहेको भन्दै अदालतले आपूmलाई न्याय दिनेमा ढुक्क रहेको अध्यक्ष खड्काले बताए ।
खड्काले आफूलाई आफ्नै सहयोद्धा, सहकर्मीहरुले झुठो अभियोग लगाएर फसाउन खोजेको बताए । आफू गाउँपालिका अध्यक्ष भएपछि आफूले गाउँपालिकामा गरेको विकास र जनसेवाको कामबाट लोकप्रियता बढेपछि खुट्टा तान्न मेरो सहयात्रीहरुले षड्यन्त्र गरेर झुठा अभियोग लगाए खड्काले भने ।
मलाई फसाउन जस्तोसुकै षड्यन्त्र गरे पनि गाउँपालिकाको विकास र जनताको सेवामा दत्तचित्त भएर लागिरहने छु खड्काले भने । चार महिना थुनामा बस्दा आफूले धेरै कुरा सिक्ने मौका पाएको भन्दै षड्यन्त्रपूर्ण रुपमा फसाउन झुठा अभियोग लगाउनेहरुलाई पनि धन्यवाद दिए।
गाउँपालिका अध्यक्ष खड्काको पहलमा गाउँपालिकाको प्रत्येक गाउँको कुनाकुनामा बत्ति र सडक पुगेको भन्दै अध्यक्ष खड्का जनप्रेमी नेता भएको स्थानीय विन्दा खड्काले बताइन । गोविन्द खड्काको राम्रो कामबाट अत्तालिएका ब्यक्तिहरुले झुठो आरोप लगाएर फसाउन षड्यन्त्र गरेको उनको भनाई थियो ।
विकासप्रेमी गाउँपालिका अध्यक्ष पक्राउ पर्दा पालिकाका जनता निकै निराश भएको र अहिले निर्दोष ठहरिएर फेरि अध्यक्षको जिम्मेवारी सम्हाल्दा एकदमै हर्सित भएको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीका स्थानीय भोजबहादुर खड्काले बताए ।
गाउँपालिका अध्यक्ष खड्का सम्पत्ती सुद्धिकरणको अभियोगमा १० लाख जबर्जस्ती कारनीमा ५ लाख र शरीर बन्धकको अभियोगमा २ लाख रुपैयाँ धरौटीमा गएको पौष १९ गते रिहा भएका थिए ।
माघ १५ रामेछाप ।
प्रधानमन्त्री केपि ओली नेपाली राजनीतिको पशुपतीनाथ र माधव प्रचण्ड पशुपतिनाथको बाहिर बस्ने भोलेनाथ भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य महेश बस्नेतले बताए ।रामेछापमा आयोजित ओली पक्षको बृहत् युवा विद्यार्थी भेलामा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई संवोधन गर्दै बस्नेतले ओली क्रान्तीकारी र प्रचण्ड काटमारकारी भएकोले केपिले जनतालाई हसाउन ,जोशमा उर्जा थप्न सिकाए भने प्रचण्डले काटमार गर्न सिकाएको बताए ।
मदन भण्डारी पछि केपि शर्मा ओली मात्रै जनताको नेता बनेको आभाष भए पछि यो कुरा असह्य भएकोले बिभिन्न बहाना तथा जालझेलले ओलीलाई सदैव प्रचण्डले असहयोग गरेकोले ओली जनताको सामु आएको उनको भनाई छ ।
नेता बस्नेतले केपि ओलि आइफोन हो सामसुङ हो, प्रचण्ड नोकिया हो र माधव नेपाल मोटोरोला हो भन्दै केपी ओली नेपालको लेटेस्ट मोडलको ब्राण्ड नेता भएको बताए ।
साथै बस्नेतले अहिले प्रचण्ड- माधव पक्षमा गएका नेताहरूलाई समेत ओली पक्षमा आउन आग्रह गरे । नेकपा माथी आतङ्कको नङ्ग्रा गाड्न खोजे प्रतिकार गर्ने शक्ति देखाउन युवा विद्यार्थी भेला गरेको उनले बताए ।
प्रचण्डका बुढा बाबु आमालाई सोधे पनि सुर्य चिन्ह ओली पक्षकै हो भन्ने उनको भनाई छ । कन्यादान गर्दा नाम थर दिने प्रचलन नभएकोले माधन नेपाल र झलकनाथलाई कन्यादान सम्झेर दिए पनि पार्टीको नाम र चुनाब चिन्ह कुनै हालतमा नदिने बस्नेतले बताए ।
ओलि १६ चक्के टिपर भएको र प्रचण्ड ६ चक्के ट्याक्टर भएकोले ओलिले ब्रेक नलगाए के हाल हुन्छ? बुझ्नुस् भन्दै बस्नेतले चेतावनी समेत दिए ।
ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने सपना देखेका प्रचण्डलाई माईतीघर मण्डलाको सडकमा पुर्याएर सडकछाप बनाएको समेत बस्नेतले बताए ।
माघ १५ काठमाण्डौ ।
विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।
पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको मन्त्री नेम्वाङको भनाई छ ।
जापनीज राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने बताए ।
राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गतेको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।
विपी राजमार्गको पुनःर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो ।
पुनर्निर्माणमा गिट्टी, बालुवा बाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।
विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङलाई विद्युत प्राधिकरणको हाकिम बनाउन आफूले सिफारिस गरेको प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठ (कुशल) ले बताएका छन् । आफ्नो पार्टीका अधयक्ष पुष्पकमल दहाल(प्रचण्ड) प्रधानमन्त्री हुँदा यो काम भएको उनले बताए ।मन्थली नगरपालिका वडा नं. ११ गेलुमा विद्यालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन् ।
प्रधानमन्त्री ओली जनभावना विपरित चलेको र ३ वर्ष नबित्दै संसद विघटन गरेर जनताको भोटको अपमान गरेको समेत उनको आरोप छ । प्रधानमन्त्री ओलीलाई एकता, गणतन्त्र, संघियता र परिवर्तन नचाहिएकोले नै यो सबै भएको समेत उनको आरोप छ ।
कम्युनिष्टको नाममा नामधारी कम्युनिष्टको खोल ओढेर पाईजामा पहिरेर प्रधानमन्त्री ओलीले कम्युनिष्ट एकता सखाप पारेको उनको भनाई छ । आफ्नो वडामा नेपाल कम्युनिष्ट पार्टीको उमेद्वारलाई जिताउन नसक्नेले दुई तिहाई मत कसरी ल्याउन सक्ने हो भन्दै उनले प्रधानमन्त्री ओलीलाई चुनौती समेत दिए ।
रामेछापको मन्थली नगरपालिका वडा नं. ११ गेलुमा १ सय ४० विद्यार्थीका लागि ८ करोड ३ लाख ८३ हजार पैतिश रुपैयाको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालय स्रोतले १ सय ४० विद्यार्थी छन् भने पनि उपस्थिति भने त्यस्तो देखिएन ।
२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पवाट क्षतिग्रस्त भएको सो विद्यालय नेपाल सरकार पूनर्निमार्ण प्राधिकरण द्धारा पून निमार्ण सम्पन्न भएपछि उक्त विद्यालय भवन एक समारोहका विच रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सभासद तारानारायण श्रेष्ठको विशेष आतिथ्यतामा उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
रामेछाप– समुदायलाई वैदेशिक रोजगार सम्बन्धित सचेत बनाउन समुदाय तहमा नै सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमकाबीच बोलमाया गीत बज्दा कार्यक्रम सहभागीहरुको आँखाभरी आँशू छल्कियो । “बोल माया एकबचन बोल तिम्रै बोली छ मलाई अनमोल” पर्दामा प्रकाश सपुतको गीत घन्किइरहँदा कार्यक्रममा सहभागि परदेशीका आफन्तहरुको आँशा रसाइरहेका थिए ।
दोरम्बा गाउँपालिकाले कार्यान्वयनमा ल्याएको सामी रोजगार प्रबद्र्धन कार्यक्रम अन्तर्गत दोरम्बा गाउँपालिका–३ सिंगार्चेमा आयोजना गरिएको वैदेशिक रोजगार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा ‘बोल माया’ बोलको गीत बज्दा वैदेशिक रोजगारीमा गएकाहरुको आफन्तका आँखामा आँशू छल्किएको हो ।
गीत बज्दा परदेशिएका आफन्तहरुले परदेशीलाई सम्झिरहेको भान हुन्थ्योे । दोरम्बा गाउँपालिका–३ सिँगार्चे जहाँ कार्यक्रम आयोजना गरिएको थियो त्यस टोलका प्रत्येक घरका मानिस वैदेशिक रोजगारीमा गएका छन् ।
अभिमुखीकरण कार्यक्रम मार्फत लक्षित व्यक्तिसम्म एकैसाथ सूचना पु¥याउन सकिने भएकाले पालिकाको आयोजनामा समुदाय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको सामी कार्यक्रमका मनोपरामर्शकर्ता नोर्वु योञ्जनले बताए ।
सचेतिकरण कार्यक्रमले बिषेशगरी समुदाय तहमा बित्तीय साक्षरता कक्षा, मनोपरामर्श सेवा र रिटर्नी स्वयंसेवक परिचालनका नियमित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
नेपाल सरकार र स्वीस सरकारको साझेदारी, सामी÷हेल्भेटासको प्राविधिक सहयोग र स्थानीय सरकारहरुको नेतृत्वमा रामेछाप जिल्लाको मन्थली नगरपालिका, सुनापति, दोरम्बा र उमाकुण्ड गाउँपालिकाले सामी÷रोजगार प्रर्बद्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रमले “स्वदेशमा नै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं ।” भन्ने निर्देशक सिद्धान्तका आधारमा कार्यक्रम सञ्चालन गर्दै आएको सामी÷रोजगार प्रर्बद्धन कार्यक्रमका संयोजक सागर बिक्रम बस्नेत जानकारी दिए ।
दोरम्बा गाउँपालिकाले गत आर्थिक बर्षमा गरेको ७ वटै वडाको सर्वेक्षण अनुसार १ हजार ५ सय ८३ जना बैदेशिक रोजगारीमा गएको प्रारम्भिक तथ्यांक संकलन गरेको छ । त्यसैको आधारमा बस्तीबाट बिदेश जाने व्यक्तिको परिवार, बैदेशिक रोजगारीबाट फर्किएका कामदार र कामका लागि बिदेश जाने सम्भावित यूवाहरुलाई लक्षित गरि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको मनोपरामर्शकर्ता योञ्जनले जानकारी दिए ।
बैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु हतारमा जान खोज्दा समस्यामा पर्ने, बिदेश जानुपूर्व लिनुपर्ने सीप तालिमलाई महत्व नदिने जस्ता कारणहरुले स्वदेश तथा बिदेशमा समेत समस्यामा पर्ने गरेका छन् । बैदेशिक रोजगारीमा जाँदा तयार गरिएको कागजपत्र परिवारको साथमा नँहुदा समस्यामा पर्दा समेत पीडित व्यक्ति तथा परिवारलाई तत्काल सहयोग गर्न समस्या हुने हुँदा सचेतीकरणको लागि समुदाय अभिमुखिकरण गरिएको योञ्जनको भनाई छ ।
यही माघ १२ गते सोमबारदेखि १४ गते बुधबारसम्म सञ्चालन गरिएको समुदाय अभिमुखिकरण कार्यक्रममा दोरम्बा गाउँपालिका–२ बोदलडाँडाका २६ जना, ढोइगाउँका ४९ जना र दोरम्बा–३ सिँगार्चेका ५० जना अभिमुखीकारण कार्यक्रममा सहभागी भएका थिए ।
अभिमुखीकरण कार्यक्रममा सामी÷हेल्भेटासका कार्यक्रम अधिकृत भोजराज सुनुवार, सामी÷रोजगार प्रर्बद्धन कार्यक्रमका संयोजक सागर बिक्रम बस्नेत, दोरम्बा गाउँपालिकाका मनोपरामर्शकर्ता नोर्वू योञ्जन, रिटर्नी स्वयंसेवक बाबुराम तामाङ र भोजराज थापामगरले सहजीकरण गरेका थिए ।
बेमौसमी बाजा र बेमौसमी खेती दुबै समय सुहाउँदो हुदैन।बेमौसमी बाजाले वातावरण प्रदुषण बढ्छ । गाँउलेको हेर्ने भीड पनि बढ्छ, अनि छिमेकीहरु पनि फलानो बौलाहा भएछ क्यारे भनेर खिसीटिउरी मात्रै हैन पागलखानातिर लाने बन्दोबस्त पनि गर्न थाल्छन् ।
त्यस्तै बेमौसमी खेती पनि त्यस्तै हो ।न त किसानलाई फाइदा न त ग्राहकलाई ।लागत पनि महँगो स्वास्थ्य पनि हानी । अहिले नेपालको राजनीति त्यस्तै अवस्थामा छ।बेमौसमी खेती बाट घाटामा परेको जस्तो । कुन ठिक -कुन बेठीक भन्दा पनि सबै बेठीक भन्नू पर्ने अवस्था सिर्जना भएको छ।
एउटा भन्छ हामी हिउँ जस्तै कन्चन छौँ, अर्को भन्छ हामी हिउँ भन्दा कन्चन छौँ।फलानो त सबैभन्दा खत्तम।तर कुन ठिक कुन बेठीक छुट्टाउनु नसक्दा जनता मात्रै हैन सरकार नै डुब्ला भन्ने डर छ भनौ या सरकार नै डुबिसक्यो भन्दा पनि फरक नपर्ला।
दुई तिहाईको दम्भका कारण आफ्नो धरातल बिर्सेर आकाशमा उड्ने प्रयत्न गर्दा न त उड्न सके, न त गुड्न, नत अब हिड्न नै सक्ने अवस्थामा छन् । अब चार पाउ टेकेर बामे सर्ने अवस्था नआउका भन्न सकिन्न।”काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनेझै कोभिड १९ को भूमरीमा देश र जनता डुबिरहेको बेला जनताको जिउ धनको सुरक्षा गर्नु त कता हो कता संसद विघटन गरेर तमासा देखाउँदै छन। कोहि हामी यता छौ भनेर बयलगाडामा छन, कोहि दुई पाङ्रे प्रदर्शनमा छन्, अब हेर्न बाँकी छ आकाशमार्गको विरोध र स्वागत । गाडीका गाडी मान्छे राजधानी ओइरिदै छन। यतिका मानिस सार्वजनिक काममा जुटाउन सके कैयौं धरहरा र रानीपोखरी अनि कैयौँ हस्पिटल र स्कुल बन्थे श्रमदानबाट ।
अर्थतन्त्र धरापमा परेको छ। शैक्षिक र आर्थिक क्षतिको कुनै हिसाबकिताब छैन महिनौ लकडाउन हुँदा। बल्लबल्ल विभिन्न व्यावसायीहरु उठेर बामे सर्न थालेका छन् ।अझै पनि स्कुल तथा कलेजहरु पूर्णरुपमा खुलेका छैनन् । विदेशमा अलपत्र नागरिकलाई झिकाउन सकिएको छैन। अरु देशले कोभिडको भ्याक्सिन तयार गरेर कतिपय ठाउँमा पाइलट टेस्टको रूपमा प्रयोग गर्न थालेको छ। नेपालमा पनि माघ ८ गते १० लाख भ्याक्सिन भारतले सहयोग स्वरुप नेपाल पठायो । तर यो भ्याक्सिन कतिको सफल र प्रभावकारी छ? यो प्रश्न आम जनमानसमा उठ्नु स्वभाविक हो। आफूले केही गर्न पनि नसक्ने किनेर ल्याउन पनि नसक्ने अनि अर्काले सित्तैमा दिएको माल जस्तोसुकै भए पनि स्वीकार पर्ने यो कस्तो लाचरीपन हो?यो बेला चुनावको बेमौसमी बाजा बजाउनु कत्तिको उपयुक्त छ? जनतालाई यतिबेला चुनाव हैन कोभिड( १९) विरुद्धको भ्याक्सिन आवश्यक छ ।
देशमा अर्थतन्त्र धरापमा परेको बेला चुनाव गरेर देशलाई अझ भार बोकाउन कत्तिको उपयुक्त छ? अर्थशास्त्रमा आवश्यकतालाई अनिवार्य आवश्यकता र बिलासी आवश्यकता भनेर दुई भागमा बिभाजन गरेको छ । अहिले साच्चै भन्ने हो भने चुनाव भन्दा पहिला कोभिड विरुद्धको भ्याक्सिन पहिलो र अनिवार्य आवश्यकता हो। सरकारले यो बुझ्नु जरुरी छ कि जनता बाँचे भने चुनाव त पछि पनि गर्न सकिन्छ । यदि जनता नै रहेनन् भने भोट कसले हाल्छ अनि राजनीति कसले कसरी गर्न सक्छ?
नेपालको अनन्य मित्रले सौगात स्वरुप दिएको उपहारमा कति स्वार्थ लुकेको होला हामी नजरअन्दाज गर्न सक्छौं ।भर्खरै मात्र हाम्रा परराष्ट्र मन्त्रीज्यू पाउ परेर आउनु भएको छ। के के दिने लिने सम्झौता पक्कै पनि भएकै छ। १० लाख भ्याक्सिन जोखिम क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मचारीलाई दिने भन्ने समाचार आएको छ र सरकारको योजना पनि यहि छ । यो स्वागत योग्य कदम हो। तर यो भ्याक्सिन सफल र प्रभावकारी छ भनेर विश्वास गर्ने प्रमाणहरु के – के छन त? अनि अहिलेको अवस्थामा निकै जोखिम र अग्रपंक्तिमा त राजनैतिक दल पो छन त। उनीहरू सधै सडकमा छन । त्यसैले त्यो भ्याक्सिन टेस्ट उनीहरुलाई गर्दा उपयुक्त हुनसक्छ ।चुनाव आउदै छ ,चुनावमा सडकमा र्याली निकाल्नु छ,जनताको घर घरमा गएर भोट माग्नु छ।त्यसैले मेरो विचारमा यो भ्याक्सिन सबैभन्दा पहिला राजनैतिक दलका ठुला साना सबै नता कार्यकर्तालाई दिनुपर्छ।
जनताले भ्याक्सिन लगाउने सपना सपना मात्रै हुने भयो। नेपालीमा उखान छ “जागर न सागर खाने बेला आँ गर।” काम गर्ने बेला झगडा गरेर बस्ने अनि अर्काले देको भिखले छाक टार्ने बानीले यस्तो अवस्था सिर्जना भएको हो । जनतालाई एउटा भ्याक्सिन किनेर दिन नसक्ने सरकारले जनतासङ्ग कर पनि नलिए हुने । केको लागि तिर्नु जनताले कर? कोहि बाटोमा अलपत्र पर्यो जनताले हेर्नुपर्ने, कोहि बिरामी पर्यो जनताले चन्दा उठाएर उपचार गर्नु पर्ने, कसैको बस्ने घर छैन जनतालेनै बनाइदिनु पर्ने, कसैले खान पाएनन् जनताले नै खुवाउन पर्ने भएपछि सरकार किन चाहियो? अझ एउटा हो र ३ ठाउँमा सरकार भएर पनि जनताले सुशासनको प्रत्याभूति गर्न नपाएपछि किन चाहियो सरकार ? खै कहाँ छ सरकार ?
यदि सरकारले जनतालाई भ्याक्सिन दिन नसक्ने भए सक्नेले किनेर लगाउने र नसक्नेलाई निशुल्क उपलब्ध गराउने व्यवस्था सरकारले मिलाइनुपर्छ। तर अर्काको भर परेर बस्नु कदापि ठिक हैन। १० लाख अर्काले दिएको उपहार कतिको सफल र प्रभावकारी छ त्यो पनि हेर्नू जरुरी छ। सँधै अर्काको भर परेर बस्नु ठिक हैन। अहिले कोभिडको प्रभावबाट अछुतो कुनै देश छैन । यस्तो बेलामा अर्काको भर पर्नु लाचारीपन हो। त्यसैले सरकारले अहिले सबै काम छोडेर जनता बचाउने काम गर्नुपर्नेमा दुईमत हुन सक्दैन ।
काठमाडौं, माघ ११
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरे। पुरस्कृत हुने प्रहरी अधिकृतहरु प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बल बहादुर बस्नेत हुन ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्छ्यौटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरुप्रति आभार व्यक्त गरे । यस कार्यमा पूर्व प्रहरी महानिरीक्षकहरु सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उनले स्मरण गरे ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ गरी ३ वटा आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
रामेछाप ११ माघ ।
जिल्लामा शान्तिसुरक्षा कायम गर्न र अपराध रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाब र दबाबमा नपरी आफ्नो कार्य सम्पादन गर्ने, कानून तोड्न खोज्ने जो सुकैलाई पनि नछाड्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले बताए । प्रहरी नायव उपरिक्षक नबराज ढुंगाना शुक्रवार मात्रै हाजिर भएका हुन् ।
आफ्नो कार्यभार सम्हाले पछि पहिलो पटक राजनितिक दल, पत्रकार, उद्योगी र नागरिक समाजसँग भएको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । बताएका छन् ।
उनले सबै राजनितिक दल, संञ्चारकर्मी र नागरिकहरुले प्रहरीलाई साथ दिन आग्रह गरे । आफू यस जिल्लामा रहुन्जेल गुण्डागर्दी चल्न नदिने उनले उद्घोष गरे । साथै जघन्य अपराधका मुद्धामा जो कोहि भए पनि मिलापत्र गर्ने काम आफ्नो कार्यकालमा नहुने उनले बताए ।उनका अनुसार – पहिला प्रहरी संगठन भित्र पनि सुद्धिकरण हुनु जरुरी छ ।