बाेक्साकाे आरोपमा दुर्व्यवहार गर्ने पक्राउ

सम्झना श्रेष्ठ
भदौ ८, सिन्धुली ।


सिन्धुलीमा एक जनालाई बोक्सा आरोप लगाई बन्धक बनाएर कुटपिट् तथा दुव्यवहार भएको छ ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ हात्तीदमारका लक्ष्मण बम्जनलाई गत भदौ ४ गते ‘बोक्सा’ आरोप लगाएर आफ्नै छिमेकीले कुटपिट् तथा दुव्यवहारको घटना बाहिर आएको हो । घटनाका आरोपिहरु ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका ५ हात्तिदमारका ३० बर्षिय हरिमाया वाईबा, २३ वर्षिय शुकबाहादुर वाईबा, ५० वर्षिय फूलमाया वाईबा, २६ वर्षिय रजिनामाया वाईबा, २४ वर्षिय लाल भन्ने तासिङ लामा र काभ्रेको धुलिखेल नगरपालिका–८ का २२ वर्षिय सुरेन्द्र तामाङ वाईबा छन् ।


जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बम्जनको उजुरीपछि आरोपीहरु गत शुक्रबार पक्राउ परेका हुन् । उनीहरु विरुद्ध आइतबार मुद्धा दायर भएको छ । उनीहरुमाथि जिल्ला अदालतमा बोक्सा आरोप मुद्धामा भदौ ७ गते सात दिनको म्याद थपको अनुमति लिई अनुसन्धान गरिने सिन्धुली प्रहरी प्रमुख एसपि रञ्जु सिग्देलको भनाई छ ।