पुर्व गृह राज्य मन्त्री यादवको निधन

पूर्व गृह राज्य मन्त्री सोनेलाल राय यादवको निधन भएको छ । यादवको आज वीर अस्पतालमा उपचारकै क्रममा हिजो निधन भएको छ । ७२ वर्षीय यादव वीर अस्प्तालको आईसियुमा उपचारार्थ थिए ।

रा.प्र.पा. का अध्यक्ष कमल थापाले ट्वीट गर्दै भनेका छन् : “पुर्व गृह सहायकमन्त्री तथा राप्रपा नेता सोनेलाल यादवको निधनबाट राप्रपाले एक असल र राष्ट्रवादी सहयोद्धा गुमाएको छ। स्व.यादवको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु शोकसन्तप्त परिवारमा हार्दिक समवेदना”