६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

भदौ ९, सिन्धुलीमाढि । सिन्धुलीमा ६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिकाका १४ र १६ बर्षका किशोर छन् । प्रहरीले घटनामा संलग्नको नाम भने गोप्य राखेको छ ।

ईलाका प्रहरी कार्यालय डकाहाका प्रमुख सुगन्ध श्रेष्ठका अनुसार बालिका अस्ति भदौ ७ गते बालिका बलात्कृत भएकी हुन् । आरोपित दुबैजनालाई सोमबार पक्राउ गरेर आज मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइएकोे छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटना बारे अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपि रञ्जु सिक्देलले बताउनुभयो ।