आज कोरोना पुष्टी हुने ४ जना रामेछाप नगरपालिका भित्रका, स्वास्थ्य कर्मीलाई समेत कोरोना पुष्टी

भदौ १०। रामेछाप ।

आज रामेछापका ६ जनामा भएको कोरोना पुष्टी मध्येको मध्ये ४ जना रामेछाप नगरपालिकाका नागरिक रहेको रामेछाप जिल्ला अस्पतालले जनाएको छ ।

४ जना मध्ये ३ जना 38 क्वारेन्टीन बसेका व्यक्ती हुन् भने १ जना स्वास्थ्य कर्मी हुन् ।

संक्रमित मध्ये..रामेछाप नगरपालिका वडा नं. २ का ३८, २३ र १९ वर्षका पुरुषहरू ३ जना छन् भने २५ वर्षका पुरुष स्वास्थ्य कर्मचारी रहेका छन् ।

२ जना काठमाण्डौमै बसोबास गरेका र काठमाण्डौ बाट नै स्वाब संकलन गरेकाहरु भएकोले उनिहरू कहाँको हो भनि खोजि कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।।