जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भदौ ११, मुस्ताङ ।
  १५ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्ने रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेक प्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।