रामेछाप नगरपालिकामा आधारभूत तहको ग्रडसीट वितरण हुँदै, समयमा नै उपलब्ध गराउन पालिकाको आग्रह

भदौ ११ । जनता भ्वाइस संवाददाता, रामेछाप ।


रामेछाप नगरपालिकाले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा ८ को ग्रेडसीट वितरण भइरहेको जनाएको छ ।


गत मंगलबार एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले भनेको छ, ‘शैक्षिक सत्र २०७६ को आधारभूत तह उत्तिर्ण परीक्षा (कक्षा ८) को विद्यालयगत ग्रड लेजर र ग्रेडसीट वितरण भइरहेको जानकारी गराउँदै यस लकडाउनको समयमा बालबालिकाहरुको आवश्यकतालाई ध्यान दिई समय भित्र उपलब्ध गर्न गराउनका लागि सम्बन्धित सबै विद्यालयहरुको लागि यो सूचना गरिएको छ । यदि ग्रेडलेजर र ग्रेडसीटमा प्राविधिक त्रुटि हुन गएको भए तपसीलको फरमेटमा सच्चाउने प्रयोजनार्थ विवरण समेत पेश गर्न हुन अनुरोध गरिन्छ ।’

शिक्षा शाखा प्रमुख शुकदेव नेपालद्वारा हस्तक्षरित सूचनामा भनिएको छ ।