सिन्धुलीका आज थप चार जना संक्रमित थपिए

भाद्र ११ सिन्धुलीमाढी ।

सिन्धुलीमा आज पुनः ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दुधौली नगरपालिकाका एकजना र सुनकोसी गाउँपालिकाका ३ जना छन् । दुधौली नगरपालिकाका एक जना ४२ वर्षिय पुरुष छन् । उनलाई एपोलो हस्पिटलमा आइसोलेशनमा राखि उपचार थालिएको छ ।

यस्तै सुनकोसी गाउँपालिका दुई जना महिला र एकजना पुरुषमा संक्रमण पुष्टि भएको सिन्धुली अस्पताल व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित ३ जनामध्ये २ जना महिलालाई सिन्धुली अस्पताल र एक पुरुषलाई एपोलो हस्पिटलमा उपचार गरिने बताइएको छ ।

तस्वीर साभार : गुगल