धेरैजसाे कम्युनिष्ट नेताहरुमा अनुशासन र आचरण हरायाे : उपप्रमुख श्रेष्ठ (भिडियाे सहित्)

भदाै १२ । जनता भ्वाइस संवाददाता, रामेछाप

खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले देशमा कम्युनिष्टका नाममा आचरण तथा कम्युनिष्ट अनुशासन नभएका नेताहरु भएको बताएकी छिन् ।


जनता भ्वाइससँग कुराकानी गर्र्दै उपप्रमुख श्रेष्ठले देशका कम्युनिष्ट विचार बोकेका नेता, जो यतिबेला राज्य संचालनको तहमा बसेका छन्, उनीहरुको आचरणमा ‘कम्युनिजम्’ नभएको बताएकी हुन् ।


‘आफ्नो पार्टीका नेताहरु नै कम्युनिष्ट आचरणमा नभएको अवस्थामा तपाईं आफूमा चाहिँ कम्युनिष्ट आचारण के छ ? भन्ने जिज्ञासामा श्रेष्ठ भन्छिन्, ‘म आफूलाई कम्युनिष्ट हुनुमा घमण्ड गर्दिन । सबैलाई समेटेर लैजानुपर्छ भन्ने भाव मसँग छ । आफूमात्रै अगाडि गएर हुँदैन । जो बोल्न सक्दैन, जो गर्न सक्दैन उसको पक्षमा जानुपर्छ भन्ने लाग्छ । यस्तै भाव आफूसँग हुने भएकोले म कम्युनिष्ट हूँ ।’

बाँकी भिडियाेमा…