पालिकामा तेक्वान्दो एकेडेमी बन्दै, आगामी २ महिनामा निर्माण सम्पन्न हुने

भदौ १२ । जनता भ्वाइस संवाददाता, रामेछाप ।


खाँडादेवी गाउँपालिकामा नेसनल तेक्वान्दो आईटीएफ एकेडेमी निर्माणको काम सुरु भएको छ ।
एकेडेमी निर्माण कार्य बागमती प्रदेश सरकारबाट विनियोजित १ करोड १० लाख रुपैयाँमा एकेडेमी निर्माण कार्य अगाडि बढेको हो ।


रामेछापका तीन गाउँपालिका दोरम्बा, सुनापति र खाँडादेवी गाउँपालिकाको सीमानामा रहेको गाल्पामा सुविधा सम्पन्न एकेडेमी बन्न लागेको सोही पालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले जानकारी दिइन् । एकेडेमी निर्माण आउँदो कार्तिक महिनासम्म सम्पन्न गरिसक्ने योजना रहेको उपाध्यक्ष श्रेष्ठ बताउँछिन् ।


एकेडेमी दुई रोपनीमा निर्माण आरम्भ भएको हो ।


विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण काम केही ढिला भए पनि हाल काम चलिरहेको छ ।