बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

भदौ १२। काठमाडौं

बिनोद चौधरीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज दिउँसो उनले एउटा ट्वीटमा आफू संक्रमित भएको जनाएका छन् ।।

विनोद कुमार चौधरी एक नेपाली अरबपति व्यापारी, राजनीतिज्ञ र परोपकारी हुन्। उनी चौधरी ग्रुप (सीजी) का अध्यक्ष छन्।

उनले गरेको ट्वीटका अनुसार उनलाई कुनै लक्षण भने देखिएको छैन ।