(वेवकुफ कुलमान)

(झटारो )
——————————
म वेबकुफ कुलमान
म उल्लु कुलमान
म वेइमान कुलमान
म प्राधिकरणका मूलम्यान
भ्रष्टचारी, तस्करी अनि दम्भी
अनुशासनहीन नेता र कार्यकर्ता
पियनदेखि हाकिमसम्मको
निद्रा हराम पार्ने
म वेबकुफ कुलमान
म वेइमान कुलमान

धन योञ्जन


नेताजीको चाकाडी नगर्ने
उल्टै नेतालाई थर्काउने,धम्क्याउने
आफू आफ्नै स्वाभिमानमा रही
निरन्तर काम गरि राख्ने
अरुलेभन्दा उल्टापुल्टा काम गर्ने
तीन करोड जनताको भलाईका लागि
देसैभरि उज्यालै उज्यालो दिने
म उल्लु कुलमान
म वेइमान कुलमान


देसलाई टुकी युगबाट
बिजुली युगमा ल्याएबापत
सोलार, इन्भर्टरमा खिया लगाईदिए बापत
कर्मचारीलाई विनावहानावाजी
निरन्तर काम गराएवापत
कम्प्युटर र मेसिन चलाएवापत
सेवाग्राहीको हातबाट घुसलिन नपाएवापत
अनि मजदुरहरु कारखानामा
लामो समय काममा जोताएवापत
यसरी धेरैलाई दुखै दुख थपिदिएवापत
आज म उल्लु कुलमान
म वेबकुफ कुलमान
वेइमान कुलमान
>>>>>>>
धन योन्जन
दोरम्बा रामेछाप