सिन्धुलीमा अवैध काठ बरामद, अनुसन्धान हुँदै


भाद्र १२, सिन्धुलीमाढी । सिन्धुलीमा अबैध रुपमा ओसार–पसार गर्दैै गरेको एक ट्याक्टर काठ वन सुरक्षा गस्ती टोलीले विहिबार राती बरामद गरेको छ । एकपटक घरमा प्रयोग गरिसकेको काठ अबैध रुपमा ओसार–पसार गर्दैै गरेको अवस्थामा कमलामाई नगरपालिका वडा नं– ७ रामपुरबाट बरामद गरिएको सहायक वन अधिकृत अरुण कुमार तिवारीले जानकारी दिनुभयो । काठ ओसार–पसारमा प्रयोग भएको ज १ त ८५११ नं ट्याक्टर सहित कमलामाई नगरपालिका – ७ वर्देउटारका ट्याक्टर चालक सुमन परियारलाई नियन्त्रणमा लिइएको तिवारीको भनाई छ । थप अनुसन्धानपछि आवश्यक कार्वाही अगाडि बडाउने सहायक वन अधिकृत तिवारीले बताउनुभयो ।