जिल्लामा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालय, रामेछापबाट आयो यस्तो सूचना

भदौ १९ । जनता भ्वाइस संवाददाता, रामेछाप


रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपनि जनस्तरमा त्रास फैलिएको छ । आजै मात्र जिल्ला प्रहरी कार्यालय, रामेछापमा कार्यरत ५ जना सुरक्षकर्मी र तामाकोसी सहकारी अस्पताल मन्थलीमा कार्यरत १ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ देखिएपछि यस्तो त्रास फैलिएको हो ।


कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ भने निज ६ जना व्यक्तिहरुलाई होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाइएको छ ।


आज एक सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले यस्तो विषम परिस्थितिमा सम्पूर्ण रामेछापबासीलाई सचेत रहन आग्रह गरेको छ । त्यस्तै लकडाउनको समयलाई कडाईका साथ पालना गर्न समेत आग्रह गरिएको छ ।