७ फागुन २०७७
रामेछापको सालुबाट विद्यार्थी बोकेर सदरमुकाम मन्थली आउँदै गरेको यात्रु बाहक बस दुर्घटना हुदा १५ विद्यार्थी घाइते भएका छन् । सदरमुकाम मन्थलीमा आजबाट हुने मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन आएका विद्यार्थी चढेको बस मन्थली नगरपालिका वडा नं. १ र ५ को सीमानामा पर्ने मच्छेडाँडीमा दुर्घटना भएको हो ।
बा ५ ख २८५७ नम्बरको पूर्व अरनिको यातायात प्रा.लि.को बसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगतिमा आएका विद्यार्थी र शिक्षक गरि ५३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी दिएको छ ।
घाइते मध्य केही विद्यार्थीको अवस्था गम्भीर रहेको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते विद्यार्थीहरुको उपचार मन्थलीस्थित तामाकोसी अस्पतालमा भइरहेको छ । तीब्र गतिको कारण बस दुर्घटना भएको बताइएको छ ।
काठमाण्डौ ५ फागुन ।
नेपालपत्रकार महासंघ रामेछाप शाखा सम्मानित भएको छ । पत्रकार महासंघ केन्द्रीय समितिको बुधवार काठमाण्डौमा सम्पन्न २६ औं महाधिवेशनको अवसरमा जिल्लाशाखालाई सम्मानित गरेको हो ।
जिल्लाशाखाको भवननिर्माण कार्य सम्पन गरी प्रेस तथाअभिब्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरुको हितमा कृयासिल नेपाल पत्रकार महासंघका गतिविधिहरुलई ब्यापक र प्रभावकारी वनाउन योगदान पुर्याएको भन्दै , आगामी दिनमापनि शाखा निरन्तर कृयासिल रहने अपेक्षा सहित सम्मानपत्रले सम्मान गरिएको हो । वागमतिप्रदेश अन्तर्गत रहेको नेपालपत्रकार महासंघ जिल्लाशाखा रामेछापका अध्यक्ष रमेश ढुंगेललाई सूचना,सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
माया आफैमा शक्तिशाली शब्द हो। जो कोहिलाइ पनि चाहिने । जो कसैको जिन्दगीमा पनि दखल राख्ने । भगवानको पाला देखि नै माया चलि रहन्थ्यो र त्यो अहिलेसम्म नै छ।
जब उनी सँग भेट भयो, अनि मैले मेरो घरजिन्दगिमा बिछ्याइएको पहिलाको सम्बन्ध सबै बिर्सिन थाले। दिनभर कक्षामा सँगै। रातको डिउटी पनि सँगै। सुरुसुरुमा मुस्कुराउने मात्र सम्बन्ध भयो। तर उनि एउटा असल केटि म असल केटा । मन मिल्यो सम्बन्ध नजिकिन थाल्यो। जागिर सहितको पढाइ ज्यादै गाह्रो त थियो नै। तर सम्बन्धले नजिक्याए पछि सहज हुनेनै रहेछ। सायद छोटो दिनमा नजिकिएको सम्बन्ध हाम्रो नै होला।
उनको रिसको ओखति बनेर फकाउन त जान्दैनथे तर मुस्कुराउन कहिलै छाडिन। यहि बानिले उनि म सँग ज्यादै नजिक भएकी थिइन्। हामी साथी मात्र नभएर प्रेमी प्रेमिका भै सकेका थियौ। पढाइ हाम्रो (प्राबिधिक ) स्वास्थ्य अस्पतालको डिउटी, त्यहाँ माथी थप प्राक्टिकल। पढाइ सुरु भए देखि कहिल्यै निन्द्रा पुगेन। सुत्ने समय प्रत्येक दिन कक्षामा सरले थाहा नपाउने गरि १ घन्टा हुन्थ्यो।
हुनत राती ४ घन्टा सुत्न त पाइन्थ्यो पालै पालो तर हाम्रो माया प्रेमका कुरा नै सकिँदैन थियो । के सुत्न मन हुन्छ र? प्रेममा चुर्लुम्म डुबेका जोडिलाई कुरा गर्न थाले पछि निद्रा कहाँ आउदो रहेछ र ? हामीलाई मात्र होइन जो कोहिलाइ नि सुरु सुरुमा सगै बस्न मन लाग्ने हुन्छ नै जस्तो लाग्छ। हुन्छ पनि। हाम्रो पनि त्यस्तै थियो। प्रत्येक वार्डमा १ सिस्टर २ प्राबिधिक डिउटिमा हुनुपर्ने। सिस्टरको सहयोगमा बिरामिको फाइल देखि भाइटल साइन समेत लिनुपर्ने हुन्थ्यो । अझ अघिल्लो ब्याचका दाइहरु नभएको बेला औषधि र बिरामिको खानाको ब्यवस्थापनमा समेत नजर लगाउदा १० बज्थ्यो।
सिस्टरले २ जनामा पालैपालो आराम गर्नु भन्नुहुन्थ्यो र आफू आराम गर्न जानू हुन्थ्यो। तर हामी दुबै जना कहिले दिनभर पढेको कक्षाको कुरा त कहिले हाम्रो सम्बन्धका कुरा गरेर बस्थौं। एउटा अक्सिजनको भरमा बाचेको बिरामीको फायल पल्टाएर हेर्दै भन्थिन। म यस्तो बिरामी हुँदा कहिल्यै साथ नछाड है। म हस् को इसारा गर्थे। सामान्य कुरा बाट झगडा समेत हुन्थ्यो। त्यसरी महिनौ रात सकियो।
काठमांडौ र काठमांडौ आसपासका धेरै सुन्दर ठाउँ घुमियो। उनि सँग हात समातेर घुम्दा म बिश्वको सबभन्दा खुशी मानिस हुँ जस्तो लाग्थ्यो। हाम्रो सम्बन्ध कैयौ प्रेम इतिहास बोकेका कथा भन्दा कम भएन। बनभोज र पानी छान्ने तरिका हेर्न सुन्दरीजल पुग्दा सबै माथी ड्याङ सम्म पुग्यौ तर उनि र म बाटो मुनि। गफिदा गफिदै उसको काखमा म र उ भित्तामा अडेस लागेर दुबै जना निदाए छौ। सबै जना फर्केर खाना खाने बेला खोज्दा न भेटेपछि धेरै पटक फोन आएछ , थाहा पाएनौं हामिले थाहा पनि के पाउनु धेरै रातको निन्द्रा। बिउझिदा त दुबैको फोनमा सय कल भन्दा माथी फोन । तर्सिएर हामी डराउदै बहाना बनाउदै गयौं। दुबैको मोबाइल त्यही ढुङ्गा मुनि लुकाएर मोबाइल हरायो अनि खोज्दा समय लाग्यो भनेर बहाना बनायौ। तर राता आँखा आखिर झुट कुरा क्षणभर टिकेन। धेरै पटक कान समातेर उठबस गर्नु पर्यो।
हाम्रो सम्बन्ध झन सबैलाई थाहा भयो। हुनत हामी धेरै रात काठमाडौ धेरै होटलमा सगै बसेका थियौं डराउनु पर्ने खास कारण त थिएन। तर उसलाई हाम्रै शिक्षकले मन पराउदो रहेछ। जसको कारण धेरै सजायको भागेदार हुनुपर्यो। त्यसपछि हाम्रो एउटा मुनामदनको जस्तो सम्बन्ध लाई बर्षायामको बाढी आए जस्तै भेल आउन थाल्यो।
उनि म सँग एक्कासी रिसाउने, कल न लाग्ने हुन थाल्यो। म मेरो कुनै कमजोरी भयो कि खोज्न थाले। सोच्दा सोच्दै मानसिक रोगी हुन थाले। तर म मैले मन पराएको मान्छे खुशी हुनुपर्छ भनेर उसलाई केही भनिन। यति सम्म कि त्यस दिन देखिको आज सम्मको मेरो सिरानी नसुकी बस्ने थियो त निचोर्न मिल्ने आँसु बगे होलान र अहिले पनि बग्छन। जसको कारण मैले मानसिक रोगको औषधि नै खानु पर्यो। तर उनि अलिकति पनि दुखी छैनन् झन खुशी देख्छु। एका एक बोलचाल बन्द छ। केही दिनपछि फाइनल परिक्षा छ। वार्डमा प्राक्टिकल नम्बर लिनु छ तर मलाई निन्द्रै लाग्दैन काम गर्न मन लागेन। ज्वरो आयो आफै बेर्ड भर्ना भए। केही साथीहरू आए सम्झाए तर यो मन कहिल्यै सम्झेन। केही मन हलुङ्गो हुँदै थियो। अब डिउटी गर्नुपर्छ भनेर डिउटी तिर लागे।
फाइनल परिक्षा नि राम्रो नै भयो। अब प्राक्टिकल थियो। पढाइ र डिउटी राम्रै थियो। म कसैको मन दुखाउदैनथे। बिरामी सँग नजिक हुन्थे। सबैलाई खुशी पार्नुपर्छ जस्तो लाग्थ्यो । जस्तो अहिले थिए त्यो भन्दा नि साथीहरू सग नजिकिन्थे। भोलि प्राक्टिकल को परीक्षा थियो। आज बिहानै वार्डमा डिउटी गए। बिरामीको फाइल मिलाएपछी एउटा बुढी आमा वार्डको बिरामी भएको ठाउँमा गएर केही खुशी हुने कुरा गरेँ । चाडै निको हुनुहुन्छ अनि घर जानू भनेपछि त्यि बुढी आमाले खुशी हुँदै बाबुको जीवनकालमा कहिल्यै दुख नपरोस् भनेर खुशी ब्यक्त गर्नु भयो।
म खानाखान के भान्सामा पुगेको मात्र थिए अफिस बाट फोन आयो तपाईं अफिस आउनुस भनेर। म खाना खाएर अफिस जादा पुलिस पनि देखे । मलाई देख्न साथ पुलिसले मलाई पक्राउ पुर्जी थम्यायो। पक्राउ पुर्जिमा जबर्जस्ती करणी मुद्दा थियो मेरो नाममा। म आत्तिए । सके जति आँसु झारे तर मेरो आँसु पुछ्ने कोहि थिएनन्।
पुलिसले जबर्जस्ती गर्ने उहीँ हो भन्दा बोल्नै नसक्ने अर्थात मैले आजै जबर्जस्ति गरेको जस्तो उसले प्रतिकार गर्न खोज्दा थकित भएको जस्तो गरेर मुन्टो हल्लाई। मलाई प्रहरिले भ्यानमा हाल्दै आतिनु पर्दैन अनुसन्धानको लागि मात्र हो भन्यो। तर मलाई त्यतिबेला पृथ्वी भसियो जस्तो लाग्यो। मेरो जागिर घर, छरछिमेक, साथिभाइ र आफन्त के भन्लान्। मेरो अन्तिम बिकल्प भनेकै आत्माहत्या सोचे। प्रहरि कार्यालयमा पुर्याएर अनुसन्धान सुरु भयो। तपाईंले ७ महिना अगाडी जबर्जस्ति गरेको हो भनेर सोधियो। म मौन बसे, हो भनौ कि होइन। हो भनौ भने जबर्जस्ती होइन । होइन भनौ भने म सँगै बसेको छु। थर्काउदै भने सुन्नुभएन। म झस्किए। र भने हो निन्द्रा पुगेको थिएन, उसले कोठा बुकिङ गरेकी हो मलाई बोलाएको नि हो। १ बर्ष मा ३९ रात सगै बसियो सबैको पैसा उसैले तिरेको छ। चाबी उहीँ लिन्छ सबै जानकारी गराए। उता निर्मला बलात्कार पछि हत्या हुँदा मौन बस्ने प्रशासन हाम्रो सम्बन्धको अनुसन्धान गर्न थाल्यो। मैले थुनुवामा रहदा अनुसन्धान गर्न सहयोग गरिरहे।
म थुनुवामा रहदा मलाई त कुनै समस्या भएन तर मेरो घर झन्डै लथालिङ्ग भएको रहेछ। त्यसबेला देखि ममि बिरामी हुनु भयो । प्रहरिको अनुसन्धानले म निर्दोष छु कसैको त्रासमा मुद्दा हालेको कुरा थाहा पाए पछि हामीलाई नै पढाउने शिक्षक जेल जानू पर्यो। आखिर उसले नि जागिर छाड्नु पर्यो। म पनि बाध्य भए।
आज उनि त बहादुरी देखाउछे होलि तर म समाजको अगाडि त बलत्कारी भए। बुझाउन सक्नेलाइ त बुझाउछु। तर पढेर पनि नबुझ्ने एकथरी समाजका भाइरसहरु खुलेर सामाजिक संजालमा नै टिप्पणी गर्छ्न। आज म निर्दोष हुदा टिप्पणी हुन्छ तर पछि उ आफै कुनै कुराको दोषी हुँदा म उसलाई सद्भाव गर्ने छु। त्यसैले सबै उहि न हो। मन मिलेको सम्बन्ध बलात्कार मा नजोडौं। मन मिल्दा प्यार, मन मिल्न छाडे त्यही प्यार हुने बलत्कार ? वाह समय !
रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ३ सित्खामा चार जना युवा मिलेर संयुक्त टमाटर खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका र रोजगारीका लागि भौँतारिरहेका युवाहरु मिलेर संयुक्त टमाटर खेती सुरु गरेका हुन् ।
रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ३ सित्खाका रमेश लामा धेरै पैसा कमाउने सपना बोकेर कतार पुगे तर त्यहाँ भनेजस्तो कमाई नभएपछि गाउँमै आएर केही गर्ने सोच बनाएर घर फर्किए । यता अक्ष कुमार खत्री पैसा कमाउनकै लागि विदेश जाने चक्करमा थिए । रमेश लामा कतारबाट घर फर्किएपछि अक्ष कुमारको विदेश जाने सोच बदलियो र चारजना युवाहरु मिलेर ‘मिलीजुली कृषि तथा पशुपञ्छी फार्म’ दर्ता गरि संयुक्त टमाटर खेती सुरु गरे । ३५ रोपनी जग्गा १५ वर्षको लागि भाडामा लिएर टमाटर खेती सुरु गरेका युवाहरुले पहिलो चरणमै १६ लाख रुपैयाँ आम्दानी गर्न सफल भए ।
विदेशमा राम्रो कमाई नभएर घर फर्किएका र जागिरको खोजीमा भौतारिरहेका ४ जना युवाहरुले स्थानीय सहकारीबाट २० लाख रुपैयाँ ऋण लिएर ३२ लाख रुपैयाँको लगानीमा सुरु गरिएको टमाटर खेतीले पहिलो चरणमै राम्रो आम्दानी दिएपछि युवाहरु उत्साहित भएका छन् । विना विषदी, गाई वस्तुको मल प्रयोग गरेर उत्पादन गरिएकाले टमाटर टिपेपछि पनि लामो समयसम्म नकुहिने भएकाले बजारको माग समेत बढेको छ ।
विदेशमा गर्ने दुःख आफ्नै गाउँमा गर्ने हो भने विदेशको जतिनै कमाई गर्न सकिने युवाहरुको भनाई छ । सरकारले कृषि क्षेत्रमा गरेको लगानी दुरुपयोग भइरहेको भन्दै, सरकारले अनुदान हैन आफूहरुलाई ऋण दिए पुग्ने उनीहरु बताउछन् ।
अहिले ८ जनालाई रोजगारी दिइरहेको टमाटर खेतीलाई नमूना फार्मको रुपमा विस्तार गरि ३० जना सम्मलाई रोजगारी दिने लक्ष्य रहेको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–३ विरौटामा बस्दै आएका मेहरमान वि.क.को एक स्थानीयको कुटपिटबाट मृत्यु भएपछि उनको परिवार नै विस्थापित भएको छ । मेहरमानको मृत्युपछि अभियुक्तको आफन्तले धम्की दिएपछि मृतकको परिवार नै विस्थापित भएको हो ।
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ विरौटामा बस्दै आएका मेहरमान बि.क.को स्थानीय साङतेन्जी शेर्पाको कुटपिटको कारण मृत्यु भएपछि परिवार नै विस्थापित भएको छ । बारी जोत्ने ट्याक्टरको विषयमा सामान्य विवाद हुँदा शेर्पाको निर्घात कुटपिटबाट मुत्रथैली फुटेपछि विकको उपचारको क्रममा मृत्यु भएको थियो । विकको मृत्यु पछि पक्राउ परेका शेर्पालाई छुटाउन शेर्पाका छोराले मृतकका परिवारलाई दबाब दिएपछि उनीहरु घर छोडेर हिड्न बाध्य भएका हुन् ।
मृतकका परिवार विस्थापित मात्र भएका छैन उनीहरु बेसहारा समेत भएका छन् । गोकुलगंगा गाउँपालिका–४ बेतालीमा रहेको ६ आना जग्गा विद्युतको हाइटेन्सन लाइन र सडकले खाइदिएपछि भूमिहिन भएका विकको परिवार गोकुलगंगा–३ विरौटामा पूर्णबहादुर कार्कीको जग्गामा घर बनाएर बस्दै आएका थिए । महेरमानको मृत्युपछि उनका परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
राज्यद्धारा नै भूमिहिन बनाइएका विकले आरन चलाएर ८ जनाको परिवार पाल्दै आएका थिए । उनको मृत्युपछि परिवार विचल्लीमा परेका छन् । घरमुलीको मुत्युपछि परिवारको अवस्था सडकबासीको जस्तो भएको छ ।
काम गर्न सक्ने जेठो छोरा पनि सबारी दुर्घटनामा गरि ढाडको मेरुदण्ड भाचिएपछि काम गर्न सक्दैनन् भने उनका भाइबहिनी नाबालक छन् ।
मृतकको उपचारमा ५ लाख रुपैयाँ लागेको र त्यो पैसा समेत पीडकले नतिरेको पीडित परिवारको गुनासो छ ।
रामेछाप– पार्टी विभाजन हुन पहिलेको पार्टी कार्यालयमा प्रचण्ड माधव समूहले कब्जा जमाएपछि ओली समूहले छुट्टै कार्यालय खोलेको छ । पार्टी कार्यालय भाडामा रहेकाले आफूहरुले विवाद गर्नु भन्दा छुट्टै कार्यालय खोलेको ओली समूह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताए ।
पार्टीभित्रको विवादसँगै दुई समूहमा विभाजन भएको नेकपा रामेछापको ओली समूहले जिल्ला पार्टीको छुट्टै कार्यालय खोलेको हो । प्रचण्ड माधव समूहले कब्जा जमाएको पार्टी कार्यालयबाट पार्टीको कागजात भने आपूmहरुले ल्याउने ओली समूहका अध्यक्ष श्रेष्ठले बताए ।
नेकपा रामेछापको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय खोलेको हो भन्ने जिज्ञासामा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूह रामेछापका इञ्चार्ज देवशंकर पौडेलले भने– रामेछापमा अर्को पार्टी कुन खुलेछ मलाई त थाहाँ छैन । पार्टी अध्याक्ष सचिव अहिले मसँगै छन्, अर्को नेकपा को ? रहेछ रामेछापमा उनले भने ।
२१ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’
संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।
हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।
संयोजक श्रेष्ठका अनुसार २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम यथावत नै राखिएको छ । अनलाईन खबरले लेखेको छ ।
मैले ६ पात्रको एक लाभ भन्ने नाटक हेर्न पाए। जुन मलाई नाटक हेर्न उत्प्रेरित गर्नु हुने अभिनय समेत गर्नु भएकी कलाकार प्रिय मित्र पवित्राखड्काजिलाइ बिशेष धन्यवाद र नाटक हेर्नुपर्छ भनेर साथी समेत बनेर जानू भएकोमा सुशिला लोहनी प्रती आभार।
नाटक हेर्दै गर्दा मलाई म पढेको तत्कालीन श्री खण्डेश्वर निम्न माध्यमिक बिधालयका शिक्षक अर्जुन श्रेष्ठ र हिरा बोहरालाई ज्यादै सम्झे । त्यो बेलाको नाटक अझै मलाई याद आउँछ। उमेर र शिक्षाको खुट्किलो चढ्ने क्रममा माध्यमिक शिक्षा आर्जनका लागि बिधालय परिवर्तन गर्न अनिवार्य नै थियो। परिवर्तन गरियो शारदा माध्यमिक बिधालय त्यस बिधालयमा ।
मेरो ध्यान पढाइ भन्दा सास्कृंतीक कार्यक्रम तिर ।त्यस समय सम्झन्छु शिक्षक श्याम नन्दन शाह र उमेश शाह अनि यो माघी महिनामा आउने चाड, बिद्यार्थीहरुको ज्यादै ठूलो पर्व- सरस्वती पुजा। यो पर्बमा हामीले नाटक प्रस्तुत गर्दा लाग्छ म अब नाटककार बन्छु। तर सोचे जस्तो भएन त्यस बखतको नाटकले धेरै साथीहरू चिनायो , माया प्रेम गर्न सिकायो र नजिक्यायो।
एक्लो हुँदा गुनगुनाउन सिकायो। केही लेख लेख्न सिकायो। भदौ महिना जस्तै हरियाली हुनुपर्छ भनेर सिकायो। जसले गर्दा आज साहित्यमा दखल राख्न सक्ने भए। हामीले बिधालय छाडेपछि अहिले त्यस्तो नाटक हुदैन भन्ने कुराले दुख लाग्छ । रामेछाप त्यसै पनि साहित्य बिधामा पछाडी परेको जिल्ला हो।साहित्यकार जगदिश घिमिरेको जिल्ला भन्न समेत आट आउदैन। उहाले कुल्चिनु भएको माटो एक माना भन्दा बढी मैले बच्पनमा चाटेको छु होला। त्यसैले म जगदीश घिमिरे जन्मेको जिल्लाको नागरिक हुँ भन्दा ओठमा छुट्टै रौनकता छाउँछ ।
रामेछाप पहिले धेरै साहित्य कार्यक्रमहरु हुन्थ्यो । रचना सुन्ने र सुनाउने कार्यक्रममा हल भरी खचाखच स्रष्टा पुग्थे। धेरैले लेख्ने प्रयत्न गर्थे तर अचेल कार्यक्रम पनि हुँदैन जसले गर्दा रामेछाप साहित्यमा अझ पछि पर्दै छ। झनै नाटक त मलाई लाग्छ रामेछाप जिल्लामा कुनै बिधालयले पनि सिकाउदैनन् । हराए गाउँका नाटक । जहाँ साना नानीले नाटक के हो भन्ने यथार्थमा देख्न पाउथे ।
मैले थियटरको नाटक कमै हेरेको छु। झनै कोभिडले सबै हलहरु बन्द भएपछि नाटक मन्चन हुने कुरै भएन। कोभिड पछि मेरो मिल्ने साथी धेरै बर्ष देखि नाटकमा असल पात्रको भुमिका निर्वाह गरेकी रामेछापकि चेली पबित्रा खड्काले हेर्न लाएक नाटक भनेपछि म नाटक हेर्न हलमा जादा खुशी उमङ्ग त थियो नै तर छिटो सुरु भए हुन्थ्यो जस्तो लाग्यो। तर नाटक सकिएपछी मलाई मनमा हजारौं कुरा खेले । कोहि सँग बोल्न मन लागेन, दिनलाई पार गर्दै रात सुरु भयो तर मलाई अभिशाप सुरु भयो जस्तो भयो। नाटकमा एउटा शब्द म कहिले बिर्सिन्न “गरिबका लागि सामान्य दोषी पनि जेल जानुपर्छ तर धनिका लागि त्यही अदालत अतिथि कक्ष बन्छ” ।
जति पटक यो सम्झन्छु मेरा आँखा रसाउँछन। हो सत्य एहि छ। नाटकले यथार्थ त बोल्छ तर परिवर्तन गर्न स्थानीय सरकार हेर्दैन, सुन्दैन।
साहित्यले समाज परिवर्तन गर्न सक्छ । समाज भित्रको यथार्थलाई देखाउन सक्छ । झनै नाटक विधाले समाजको यथार्थलाई जस्ताको तस्तै आँखा अगाडी देखाउने काम गर्छ । साहित्यलाई तह र तप्कामा हुनेहरूले अपहेलना गर्न खोजे जस्तो भान हुन थालेको छ ।
हाम्रा सबै साथीहरू पबित्रा जस्तै असल पात्र बन्नुन् ।यस्तो कला र साहित्यको क्षेत्रमा योगदान गर्ने धेरै पवित्राहरूको खाँचो नेपाली कला र साहित्यमा छ ।
कम्युनिष्टको इतिहास नै चोर डाका फटाहा भएको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले बताएका छन् । नेपाली कांग्रेसले सँधै इतिहासको कुरा गर्छ भन्दै हिड्ने कम्युनिष्टले आरोप लगाएकोले यसको जवाफ दिएको उनको भनाई छ । नेपाली कांग्रेस का रामेछापमा स्थित भातृ संगठनहरूले आयोजना गरेको संयुक्तरूपमा संसद विघटनको विरोध सभामा प्रमुख अतिथीका रुपमा आएका बस्नेतले यस्तो तर्क राखेका हुन् । ।
पूर्वन्यायधिशहरूले न्यायलय माथि हस्तक्षेप गर्न खोजेको बस्नेतको आरोप छ । आफू हुँदा नीति नियम परिवर्तन गर्न नसक्ने, अहिले आएर न्यायलय माथि हस्तक्षेप गर्न साटो बरु राजनीतिमा आउन, मानव अधिकारकर्मी बनेर आउनु वा आम जनता बनेर आउनु, बस्नेतले भने ।
सभामा बोल्दै बस्नेतले नेपाली कांग्रेस बाहेक कसैले यो देशको अमूल परिवर्तन गर्न नसक्ने बताए ।
नेपाली कांग्रेसले आवह्वान गरेको यस्ता कार्यक्रम देशै भरि भएको हो । सोहि अनुरुप रामेछापमा पनि बाईक र्याली, र्याली तथा विरोध सभा रामेछापमा भएको हो ।
कार्यक्रमको सभादक्षको भूमिका निर्वाह भने नेपाल तरुण दल रामेछापमा अध्यक्ष काजीबहादुर खड्काले गरेका थिए ।
रामेछाप– भण्डै ५ महिनापछि गाउँपालिका फर्किएका लिखूतामाकोशि गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई स्थानीय जनताले भब्य स्वागत गरेका छन् । स्थानीय जनताहरु अध्यक्ष खड्कालाई स्वागत गर्न गाउँपालिकाबाट एक करिब किलोमिटर परसम्म पुगेका थिए । स्थानीयले ठाउँठाउँमा स्वागत तथा सम्मान धोवि बजार परिक्रमा गराएर खड्कालाई गाउँपालिकाको कार्यालयमा पुर्याएका थिए । खड्काको स्वागतमा सहभागि स्थानीयहरुले छातीमा अध्यक्ष खड्काको फोटो टाँसेका थिए । गाउँपालिका अध्यक्ष खड्काले आफ्ना दुःख पिरमर्का बुझेकाले उनको फोटो छातीमा टाँसेर हिडेको एक बृद्धाले बताइन ।
सम्पत्ती सुद्धिकरण, शरीर बन्धक र जबर्जस्ती करनीको अभियोगमा गाउँपालिका अध्यक्ष खड्कालाई पक्राउ गरिएको थियो । गएको साउन ३० गते विभिन्न अभियोगमा पक्राउ परेका खड्कालाई उच्च अदालतले पद पुनस्थापना हुने गरि धरौटीमा रिहा गरेपछि आइतबार गाउँपालिका पुगेर पुनः गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । आपूm न्यायको लागि लडिरहेको भन्दै अदालतले आपूmलाई न्याय दिनेमा ढुक्क रहेको अध्यक्ष खड्काले बताए ।
खड्काले आफूलाई आफ्नै सहयोद्धा, सहकर्मीहरुले झुठो अभियोग लगाएर फसाउन खोजेको बताए । आफू गाउँपालिका अध्यक्ष भएपछि आफूले गाउँपालिकामा गरेको विकास र जनसेवाको कामबाट लोकप्रियता बढेपछि खुट्टा तान्न मेरो सहयात्रीहरुले षड्यन्त्र गरेर झुठा अभियोग लगाए खड्काले भने ।
मलाई फसाउन जस्तोसुकै षड्यन्त्र गरे पनि गाउँपालिकाको विकास र जनताको सेवामा दत्तचित्त भएर लागिरहने छु खड्काले भने । चार महिना थुनामा बस्दा आफूले धेरै कुरा सिक्ने मौका पाएको भन्दै षड्यन्त्रपूर्ण रुपमा फसाउन झुठा अभियोग लगाउनेहरुलाई पनि धन्यवाद दिए।
गाउँपालिका अध्यक्ष खड्काको पहलमा गाउँपालिकाको प्रत्येक गाउँको कुनाकुनामा बत्ति र सडक पुगेको भन्दै अध्यक्ष खड्का जनप्रेमी नेता भएको स्थानीय विन्दा खड्काले बताइन । गोविन्द खड्काको राम्रो कामबाट अत्तालिएका ब्यक्तिहरुले झुठो आरोप लगाएर फसाउन षड्यन्त्र गरेको उनको भनाई थियो ।
विकासप्रेमी गाउँपालिका अध्यक्ष पक्राउ पर्दा पालिकाका जनता निकै निराश भएको र अहिले निर्दोष ठहरिएर फेरि अध्यक्षको जिम्मेवारी सम्हाल्दा एकदमै हर्सित भएको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीका स्थानीय भोजबहादुर खड्काले बताए ।
गाउँपालिका अध्यक्ष खड्का सम्पत्ती सुद्धिकरणको अभियोगमा १० लाख जबर्जस्ती कारनीमा ५ लाख र शरीर बन्धकको अभियोगमा २ लाख रुपैयाँ धरौटीमा गएको पौष १९ गते रिहा भएका थिए ।
माघ १५ रामेछाप ।
प्रधानमन्त्री केपि ओली नेपाली राजनीतिको पशुपतीनाथ र माधव प्रचण्ड पशुपतिनाथको बाहिर बस्ने भोलेनाथ भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य महेश बस्नेतले बताए ।रामेछापमा आयोजित ओली पक्षको बृहत् युवा विद्यार्थी भेलामा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई संवोधन गर्दै बस्नेतले ओली क्रान्तीकारी र प्रचण्ड काटमारकारी भएकोले केपिले जनतालाई हसाउन ,जोशमा उर्जा थप्न सिकाए भने प्रचण्डले काटमार गर्न सिकाएको बताए ।
मदन भण्डारी पछि केपि शर्मा ओली मात्रै जनताको नेता बनेको आभाष भए पछि यो कुरा असह्य भएकोले बिभिन्न बहाना तथा जालझेलले ओलीलाई सदैव प्रचण्डले असहयोग गरेकोले ओली जनताको सामु आएको उनको भनाई छ ।
नेता बस्नेतले केपि ओलि आइफोन हो सामसुङ हो, प्रचण्ड नोकिया हो र माधव नेपाल मोटोरोला हो भन्दै केपी ओली नेपालको लेटेस्ट मोडलको ब्राण्ड नेता भएको बताए ।
साथै बस्नेतले अहिले प्रचण्ड- माधव पक्षमा गएका नेताहरूलाई समेत ओली पक्षमा आउन आग्रह गरे । नेकपा माथी आतङ्कको नङ्ग्रा गाड्न खोजे प्रतिकार गर्ने शक्ति देखाउन युवा विद्यार्थी भेला गरेको उनले बताए ।
प्रचण्डका बुढा बाबु आमालाई सोधे पनि सुर्य चिन्ह ओली पक्षकै हो भन्ने उनको भनाई छ । कन्यादान गर्दा नाम थर दिने प्रचलन नभएकोले माधन नेपाल र झलकनाथलाई कन्यादान सम्झेर दिए पनि पार्टीको नाम र चुनाब चिन्ह कुनै हालतमा नदिने बस्नेतले बताए ।
ओलि १६ चक्के टिपर भएको र प्रचण्ड ६ चक्के ट्याक्टर भएकोले ओलिले ब्रेक नलगाए के हाल हुन्छ? बुझ्नुस् भन्दै बस्नेतले चेतावनी समेत दिए ।
ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने सपना देखेका प्रचण्डलाई माईतीघर मण्डलाको सडकमा पुर्याएर सडकछाप बनाएको समेत बस्नेतले बताए ।
माघ १५ काठमाण्डौ ।
विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।
पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको मन्त्री नेम्वाङको भनाई छ ।
जापनीज राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने बताए ।
राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गतेको भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।
विपी राजमार्गको पुनःर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो ।
पुनर्निर्माणमा गिट्टी, बालुवा बाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।
विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङलाई विद्युत प्राधिकरणको हाकिम बनाउन आफूले सिफारिस गरेको प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठ (कुशल) ले बताएका छन् । आफ्नो पार्टीका अधयक्ष पुष्पकमल दहाल(प्रचण्ड) प्रधानमन्त्री हुँदा यो काम भएको उनले बताए ।मन्थली नगरपालिका वडा नं. ११ गेलुमा विद्यालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन् ।
प्रधानमन्त्री ओली जनभावना विपरित चलेको र ३ वर्ष नबित्दै संसद विघटन गरेर जनताको भोटको अपमान गरेको समेत उनको आरोप छ । प्रधानमन्त्री ओलीलाई एकता, गणतन्त्र, संघियता र परिवर्तन नचाहिएकोले नै यो सबै भएको समेत उनको आरोप छ ।
कम्युनिष्टको नाममा नामधारी कम्युनिष्टको खोल ओढेर पाईजामा पहिरेर प्रधानमन्त्री ओलीले कम्युनिष्ट एकता सखाप पारेको उनको भनाई छ । आफ्नो वडामा नेपाल कम्युनिष्ट पार्टीको उमेद्वारलाई जिताउन नसक्नेले दुई तिहाई मत कसरी ल्याउन सक्ने हो भन्दै उनले प्रधानमन्त्री ओलीलाई चुनौती समेत दिए ।
रामेछापको मन्थली नगरपालिका वडा नं. ११ गेलुमा १ सय ४० विद्यार्थीका लागि ८ करोड ३ लाख ८३ हजार पैतिश रुपैयाको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालय स्रोतले १ सय ४० विद्यार्थी छन् भने पनि उपस्थिति भने त्यस्तो देखिएन ।
२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पवाट क्षतिग्रस्त भएको सो विद्यालय नेपाल सरकार पूनर्निमार्ण प्राधिकरण द्धारा पून निमार्ण सम्पन्न भएपछि उक्त विद्यालय भवन एक समारोहका विच रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सभासद तारानारायण श्रेष्ठको विशेष आतिथ्यतामा उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
रामेछाप– समुदायलाई वैदेशिक रोजगार सम्बन्धित सचेत बनाउन समुदाय तहमा नै सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमकाबीच बोलमाया गीत बज्दा कार्यक्रम सहभागीहरुको आँखाभरी आँशू छल्कियो । “बोल माया एकबचन बोल तिम्रै बोली छ मलाई अनमोल” पर्दामा प्रकाश सपुतको गीत घन्किइरहँदा कार्यक्रममा सहभागि परदेशीका आफन्तहरुको आँशा रसाइरहेका थिए ।
दोरम्बा गाउँपालिकाले कार्यान्वयनमा ल्याएको सामी रोजगार प्रबद्र्धन कार्यक्रम अन्तर्गत दोरम्बा गाउँपालिका–३ सिंगार्चेमा आयोजना गरिएको वैदेशिक रोजगार सम्बन्धि अभिमुखीकरण कार्यक्रममा ‘बोल माया’ बोलको गीत बज्दा वैदेशिक रोजगारीमा गएकाहरुको आफन्तका आँखामा आँशू छल्किएको हो ।
गीत बज्दा परदेशिएका आफन्तहरुले परदेशीलाई सम्झिरहेको भान हुन्थ्योे । दोरम्बा गाउँपालिका–३ सिँगार्चे जहाँ कार्यक्रम आयोजना गरिएको थियो त्यस टोलका प्रत्येक घरका मानिस वैदेशिक रोजगारीमा गएका छन् ।
अभिमुखीकरण कार्यक्रम मार्फत लक्षित व्यक्तिसम्म एकैसाथ सूचना पु¥याउन सकिने भएकाले पालिकाको आयोजनामा समुदाय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको सामी कार्यक्रमका मनोपरामर्शकर्ता नोर्वु योञ्जनले बताए ।
सचेतिकरण कार्यक्रमले बिषेशगरी समुदाय तहमा बित्तीय साक्षरता कक्षा, मनोपरामर्श सेवा र रिटर्नी स्वयंसेवक परिचालनका नियमित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
नेपाल सरकार र स्वीस सरकारको साझेदारी, सामी÷हेल्भेटासको प्राविधिक सहयोग र स्थानीय सरकारहरुको नेतृत्वमा रामेछाप जिल्लाको मन्थली नगरपालिका, सुनापति, दोरम्बा र उमाकुण्ड गाउँपालिकाले सामी÷रोजगार प्रर्बद्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रमले “स्वदेशमा नै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं ।” भन्ने निर्देशक सिद्धान्तका आधारमा कार्यक्रम सञ्चालन गर्दै आएको सामी÷रोजगार प्रर्बद्धन कार्यक्रमका संयोजक सागर बिक्रम बस्नेत जानकारी दिए ।
दोरम्बा गाउँपालिकाले गत आर्थिक बर्षमा गरेको ७ वटै वडाको सर्वेक्षण अनुसार १ हजार ५ सय ८३ जना बैदेशिक रोजगारीमा गएको प्रारम्भिक तथ्यांक संकलन गरेको छ । त्यसैको आधारमा बस्तीबाट बिदेश जाने व्यक्तिको परिवार, बैदेशिक रोजगारीबाट फर्किएका कामदार र कामका लागि बिदेश जाने सम्भावित यूवाहरुलाई लक्षित गरि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको मनोपरामर्शकर्ता योञ्जनले जानकारी दिए ।
बैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु हतारमा जान खोज्दा समस्यामा पर्ने, बिदेश जानुपूर्व लिनुपर्ने सीप तालिमलाई महत्व नदिने जस्ता कारणहरुले स्वदेश तथा बिदेशमा समेत समस्यामा पर्ने गरेका छन् । बैदेशिक रोजगारीमा जाँदा तयार गरिएको कागजपत्र परिवारको साथमा नँहुदा समस्यामा पर्दा समेत पीडित व्यक्ति तथा परिवारलाई तत्काल सहयोग गर्न समस्या हुने हुँदा सचेतीकरणको लागि समुदाय अभिमुखिकरण गरिएको योञ्जनको भनाई छ ।
यही माघ १२ गते सोमबारदेखि १४ गते बुधबारसम्म सञ्चालन गरिएको समुदाय अभिमुखिकरण कार्यक्रममा दोरम्बा गाउँपालिका–२ बोदलडाँडाका २६ जना, ढोइगाउँका ४९ जना र दोरम्बा–३ सिँगार्चेका ५० जना अभिमुखीकारण कार्यक्रममा सहभागी भएका थिए ।
अभिमुखीकरण कार्यक्रममा सामी÷हेल्भेटासका कार्यक्रम अधिकृत भोजराज सुनुवार, सामी÷रोजगार प्रर्बद्धन कार्यक्रमका संयोजक सागर बिक्रम बस्नेत, दोरम्बा गाउँपालिकाका मनोपरामर्शकर्ता नोर्वू योञ्जन, रिटर्नी स्वयंसेवक बाबुराम तामाङ र भोजराज थापामगरले सहजीकरण गरेका थिए ।
बेमौसमी बाजा र बेमौसमी खेती दुबै समय सुहाउँदो हुदैन।बेमौसमी बाजाले वातावरण प्रदुषण बढ्छ । गाँउलेको हेर्ने भीड पनि बढ्छ, अनि छिमेकीहरु पनि फलानो बौलाहा भएछ क्यारे भनेर खिसीटिउरी मात्रै हैन पागलखानातिर लाने बन्दोबस्त पनि गर्न थाल्छन् ।
त्यस्तै बेमौसमी खेती पनि त्यस्तै हो ।न त किसानलाई फाइदा न त ग्राहकलाई ।लागत पनि महँगो स्वास्थ्य पनि हानी । अहिले नेपालको राजनीति त्यस्तै अवस्थामा छ।बेमौसमी खेती बाट घाटामा परेको जस्तो । कुन ठिक -कुन बेठीक भन्दा पनि सबै बेठीक भन्नू पर्ने अवस्था सिर्जना भएको छ।
एउटा भन्छ हामी हिउँ जस्तै कन्चन छौँ, अर्को भन्छ हामी हिउँ भन्दा कन्चन छौँ।फलानो त सबैभन्दा खत्तम।तर कुन ठिक कुन बेठीक छुट्टाउनु नसक्दा जनता मात्रै हैन सरकार नै डुब्ला भन्ने डर छ भनौ या सरकार नै डुबिसक्यो भन्दा पनि फरक नपर्ला।
दुई तिहाईको दम्भका कारण आफ्नो धरातल बिर्सेर आकाशमा उड्ने प्रयत्न गर्दा न त उड्न सके, न त गुड्न, नत अब हिड्न नै सक्ने अवस्थामा छन् । अब चार पाउ टेकेर बामे सर्ने अवस्था नआउका भन्न सकिन्न।”काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भनेझै कोभिड १९ को भूमरीमा देश र जनता डुबिरहेको बेला जनताको जिउ धनको सुरक्षा गर्नु त कता हो कता संसद विघटन गरेर तमासा देखाउँदै छन। कोहि हामी यता छौ भनेर बयलगाडामा छन, कोहि दुई पाङ्रे प्रदर्शनमा छन्, अब हेर्न बाँकी छ आकाशमार्गको विरोध र स्वागत । गाडीका गाडी मान्छे राजधानी ओइरिदै छन। यतिका मानिस सार्वजनिक काममा जुटाउन सके कैयौं धरहरा र रानीपोखरी अनि कैयौँ हस्पिटल र स्कुल बन्थे श्रमदानबाट ।
अर्थतन्त्र धरापमा परेको छ। शैक्षिक र आर्थिक क्षतिको कुनै हिसाबकिताब छैन महिनौ लकडाउन हुँदा। बल्लबल्ल विभिन्न व्यावसायीहरु उठेर बामे सर्न थालेका छन् ।अझै पनि स्कुल तथा कलेजहरु पूर्णरुपमा खुलेका छैनन् । विदेशमा अलपत्र नागरिकलाई झिकाउन सकिएको छैन। अरु देशले कोभिडको भ्याक्सिन तयार गरेर कतिपय ठाउँमा पाइलट टेस्टको रूपमा प्रयोग गर्न थालेको छ। नेपालमा पनि माघ ८ गते १० लाख भ्याक्सिन भारतले सहयोग स्वरुप नेपाल पठायो । तर यो भ्याक्सिन कतिको सफल र प्रभावकारी छ? यो प्रश्न आम जनमानसमा उठ्नु स्वभाविक हो। आफूले केही गर्न पनि नसक्ने किनेर ल्याउन पनि नसक्ने अनि अर्काले सित्तैमा दिएको माल जस्तोसुकै भए पनि स्वीकार पर्ने यो कस्तो लाचरीपन हो?यो बेला चुनावको बेमौसमी बाजा बजाउनु कत्तिको उपयुक्त छ? जनतालाई यतिबेला चुनाव हैन कोभिड( १९) विरुद्धको भ्याक्सिन आवश्यक छ ।
देशमा अर्थतन्त्र धरापमा परेको बेला चुनाव गरेर देशलाई अझ भार बोकाउन कत्तिको उपयुक्त छ? अर्थशास्त्रमा आवश्यकतालाई अनिवार्य आवश्यकता र बिलासी आवश्यकता भनेर दुई भागमा बिभाजन गरेको छ । अहिले साच्चै भन्ने हो भने चुनाव भन्दा पहिला कोभिड विरुद्धको भ्याक्सिन पहिलो र अनिवार्य आवश्यकता हो। सरकारले यो बुझ्नु जरुरी छ कि जनता बाँचे भने चुनाव त पछि पनि गर्न सकिन्छ । यदि जनता नै रहेनन् भने भोट कसले हाल्छ अनि राजनीति कसले कसरी गर्न सक्छ?
नेपालको अनन्य मित्रले सौगात स्वरुप दिएको उपहारमा कति स्वार्थ लुकेको होला हामी नजरअन्दाज गर्न सक्छौं ।भर्खरै मात्र हाम्रा परराष्ट्र मन्त्रीज्यू पाउ परेर आउनु भएको छ। के के दिने लिने सम्झौता पक्कै पनि भएकै छ। १० लाख भ्याक्सिन जोखिम क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मचारीलाई दिने भन्ने समाचार आएको छ र सरकारको योजना पनि यहि छ । यो स्वागत योग्य कदम हो। तर यो भ्याक्सिन सफल र प्रभावकारी छ भनेर विश्वास गर्ने प्रमाणहरु के – के छन त? अनि अहिलेको अवस्थामा निकै जोखिम र अग्रपंक्तिमा त राजनैतिक दल पो छन त। उनीहरू सधै सडकमा छन । त्यसैले त्यो भ्याक्सिन टेस्ट उनीहरुलाई गर्दा उपयुक्त हुनसक्छ ।चुनाव आउदै छ ,चुनावमा सडकमा र्याली निकाल्नु छ,जनताको घर घरमा गएर भोट माग्नु छ।त्यसैले मेरो विचारमा यो भ्याक्सिन सबैभन्दा पहिला राजनैतिक दलका ठुला साना सबै नता कार्यकर्तालाई दिनुपर्छ।
जनताले भ्याक्सिन लगाउने सपना सपना मात्रै हुने भयो। नेपालीमा उखान छ “जागर न सागर खाने बेला आँ गर।” काम गर्ने बेला झगडा गरेर बस्ने अनि अर्काले देको भिखले छाक टार्ने बानीले यस्तो अवस्था सिर्जना भएको हो । जनतालाई एउटा भ्याक्सिन किनेर दिन नसक्ने सरकारले जनतासङ्ग कर पनि नलिए हुने । केको लागि तिर्नु जनताले कर? कोहि बाटोमा अलपत्र पर्यो जनताले हेर्नुपर्ने, कोहि बिरामी पर्यो जनताले चन्दा उठाएर उपचार गर्नु पर्ने, कसैको बस्ने घर छैन जनतालेनै बनाइदिनु पर्ने, कसैले खान पाएनन् जनताले नै खुवाउन पर्ने भएपछि सरकार किन चाहियो? अझ एउटा हो र ३ ठाउँमा सरकार भएर पनि जनताले सुशासनको प्रत्याभूति गर्न नपाएपछि किन चाहियो सरकार ? खै कहाँ छ सरकार ?
यदि सरकारले जनतालाई भ्याक्सिन दिन नसक्ने भए सक्नेले किनेर लगाउने र नसक्नेलाई निशुल्क उपलब्ध गराउने व्यवस्था सरकारले मिलाइनुपर्छ। तर अर्काको भर परेर बस्नु कदापि ठिक हैन। १० लाख अर्काले दिएको उपहार कतिको सफल र प्रभावकारी छ त्यो पनि हेर्नू जरुरी छ। सँधै अर्काको भर परेर बस्नु ठिक हैन। अहिले कोभिडको प्रभावबाट अछुतो कुनै देश छैन । यस्तो बेलामा अर्काको भर पर्नु लाचारीपन हो। त्यसैले सरकारले अहिले सबै काम छोडेर जनता बचाउने काम गर्नुपर्नेमा दुईमत हुन सक्दैन ।
काठमाडौं, माघ ११
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरे। पुरस्कृत हुने प्रहरी अधिकृतहरु प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बल बहादुर बस्नेत हुन ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्छ्यौटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरुप्रति आभार व्यक्त गरे । यस कार्यमा पूर्व प्रहरी महानिरीक्षकहरु सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उनले स्मरण गरे ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ गरी ३ वटा आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
रामेछाप ११ माघ ।
जिल्लामा शान्तिसुरक्षा कायम गर्न र अपराध रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाब र दबाबमा नपरी आफ्नो कार्य सम्पादन गर्ने, कानून तोड्न खोज्ने जो सुकैलाई पनि नछाड्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले बताए । प्रहरी नायव उपरिक्षक नबराज ढुंगाना शुक्रवार मात्रै हाजिर भएका हुन् ।
आफ्नो कार्यभार सम्हाले पछि पहिलो पटक राजनितिक दल, पत्रकार, उद्योगी र नागरिक समाजसँग भएको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । बताएका छन् ।
उनले सबै राजनितिक दल, संञ्चारकर्मी र नागरिकहरुले प्रहरीलाई साथ दिन आग्रह गरे । आफू यस जिल्लामा रहुन्जेल गुण्डागर्दी चल्न नदिने उनले उद्घोष गरे । साथै जघन्य अपराधका मुद्धामा जो कोहि भए पनि मिलापत्र गर्ने काम आफ्नो कार्यकालमा नहुने उनले बताए ।उनका अनुसार – पहिला प्रहरी संगठन भित्र पनि सुद्धिकरण हुनु जरुरी छ ।
रामेछापको खाँडादेवि गाउँपालिकामा सकड कालोपत्रे गरिएको एक हप्ता पनि नवित्दै भत्किएको छ । निर्माण ब्यवसायिले गुणस्तरहिन काम गरेको कारण कालोपत्रे सडक एकहप्ता पनि नटिकेको हो ।
रामेछापको खाँडादेवि गाउँपालिकाको सित्खा, भिरपानी हुँदै गोगनपानी जाने सडक कालोपत्रे गरिएको एक हप्तामै भत्किएको छ । १० किलोमिटर सडक मध्य केही भाग कालोपत्रे गर्न बाँकीनै छ तर कालोपत्रे गरिएको सडक भने भत्किइसकेको छ । कालोपत्रे गरिएको सडक मानिसले हात लगाएर तान्दा गुन्द्री बेरिएझै बेरिन्छ । निर्माण ब्यवसायिले सडकको भित्ता काटेर पुरिएको माटोमाथि नै कालोपत्र गरिएकाले अलकत्राले जमिनमा नसमाएको कारण सडक भत्किएको हो । स्थानीयले सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको कारण सडक गुणस्तरहिन भएको स्थानीय अर्जुन खड्का को भनाई छ ।
सडकको कतिपय भागमा नाला समेत नबनाई कालोपत्रे गरिएको छ । सो सडकको सवबेस र बेस राख्ने क्रममा सडकको भित्ता काट्दा निस्किएको माटो प्रयोग गरिएकोे थियो ।स्थानीय सरकार र जिल्ला समन्वय समितिले सडकको अनुगमन गरेको भए पनि गुणस्तरमा भने सुधार आएन । स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको बेवास्ताको कारण सडक गुणस्तरीय बन्न नसकेको स्थानीय उतेन्द्रध्वज खड्काको आरोप छ ।
खाँडादेवि गाउँपालिकाले भने निर्माण ब्यवसायिले गुणस्तरहिन कामलाई पुनर्निर्माण गरि गुणस्तरीय नबनाएसम्म अन्तिम किस्ताको भुक्तानी रोक्ने बताएको छ । निर्माण ब्यवसायिले स्थानीय सरकारलाई समेत अटेर गरेको खाँडादेवि गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् ।
वागमति प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २३ करोड, ७४ लाख ३४ हजार ८ सय २७ रुपैयाँको लागतमा सम्पन्न गर्नेगरि लुम्बिनी आत्रेय जेभीले सो सडक निर्माणको जिम्मा पाएको थियो ।
माघ, ११ काठमाडौं ।
भारत सरकारले अनुदानमा दिएको १० लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटा नै प्रदेशमा पुर्याईने भएको छ । आज उक्त खोप सबै प्रदेश स्थित भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।खोप प्रदेशमा पुर्याई सकेपछि प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा वितरण गरिने छ ।
पहिलो चरणमा कोभिड–१९ का बाबजुद पनि फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । अस्पताललाई नै खोप केन्द्र बनाएर सबै जिल्ला अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा भने थप अन्य अस्पतालमा समेत खोप वितरण गरिनेछ ।
पहिलो खोप लगाएको चार हप्तापछि दोस्रो मात्रा दिइने र खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
माघ १०, रामेछाप
मन्थली नगरपालिका वडा नं. १० का वडाध्यक्ष भरतबहादुर बोहोरालाई जिल्ला प्रहरी कार्यालय, रामेछापले आज उनकै घरबाट पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरिय प्रहरी वृत्त ठिमी, भक्तपुरमा आएको उजुरी अनुसार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गानाले जानकारी दिएका छन् । आरोपी बोहोरालाई ठिमी क्षेत्रमा नै जर्बजस्ती करणी गरेको आरोप प्रहरी वृत्त ठिमीमा परेपछि उनलाई पक्राउ गरिएको ढुङ्गानाले बताएका छन् ।
आजै महानगरिय प्रहरी वृत्तको टोली आजै रामेछाप आइपुग्ने र बोहोरालाई जिम्मा लगाउने कार्यक्रम रहेको ढुङ्गानाले बताएका छन् ।
थप विवरण आउन बाँकी रहेको छ ।
रामेछाप, ८ माघ
पञ्चायतकाल देखि पञ्चायत विरोधि स्थलको रूपमा चिरपरिचित स्थान हो साविकको कठजोर गाउँ विकास समिति । नेपाली कांग्रेसको इतिहास पल्टाउने हो भने यो स्थल सजिलै भेट्न सकिन्छ । रामेछाप जिल्लामा कांग्रेसको राजनितिको लागि विशेष हेरिने यो स्थानले कैयौँ योद्दाहरू जन्माएको छ ।
कांग्रेस राजनितिको उर्वर थलो मानिने कठजोर (मन्थली नगरपालिका-३ ) मा पनि नेपाली कांग्रेसको केन्द्रिय नीति बमोजिम घोषणा गरीएको वडास्तरिय विरोध कार्यक्रम सम्पन्न भयो ।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसले देश भरका सबै वडा स्तरबाट विरोध प्रदर्शन गरेको थियो ।
रामेछाप कांग्रेस जिल्ला कार्य समितिका सदस्य एवंम् केपीए अध्यक्ष घननारायण श्रेष्ठ (घनश्याम) ले सभालाई संवोधन गर्दै ‘ यो कम्युनिस्टहरुको सत्ता हो जहाँ बाहुबल, बन्दुकका गोली र बोलीका गोलीले मात्र सम्भव हुन सक्छ, संविधानतः यो सम्भव छैन , संविधानत: संसद विघटन अवैधानिक छ। कुनैपनि चीजको व्याख्या दार्शनिक, बिचारक र ज्ञानीहरुले परीभाषित गरेभन्दा ठ्याक्कै उल्टो व्याख्या कसैले गर्छ भने त्यो कम्युनिस्टले मात्र गर्छ र सत्ता र शक्तिमा टिकीराख्नको लागि जनतामाझ काल्पनिक भ्रम फैलाउनु उनीहरुको बिशेषता नै हो, तर यो २१ओै सताब्दिमा सम्भव छैन ।’ भन्ने तर्क राखे ।
सभामा मन्थली न.प.का नगर सभापति तथा वडा न. ३ का अध्यक्ष केशव कुमार, सोहि वडाका वडा सदस्य नारायण बहादुर बोगटी, क्षेत्रीय सदस्य आकाश भट्टराईलगायतले संसद विघटनको चर्को विरोध गरेका थिए ।
सभा कमल के.सी सभापतित्वमा भएको थियो ।
माघ ७ रामेछाप
रामेछाप– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज देवशंकर पौडेलले सरकारले कोरोनाको खोप किन्न नसकेर हात पसार्दै छ तर चुनावको नाटक गरिरहेको बताए ।
हामी सबै कार्यकर्ताहरुलाई असल कम्युनिष्ट बन्न प्रेरित गर्दछौं र प्रेरणा लिन्छौं पनि पौडेलले भने । हामी नेपाललाई उज्यालो बनाउने कुलमान घिसिङको जिल्लाको मान्छे हौं हामी । लोडसेडिङ कुलमानले हैन, हामीले गरेका हौं भन्नेहरु फेरि नेपालमा लोडसेडिङ गर्दैछन् धिक्कार छ तीनिहरुलाई जिल्ला इञ्चार्ज पौडेलले भने ।
असुरक्षा भएको भन्दै प्रधानमन्त्री केपी ओली ९ महिनासम्म बालुवाटारबाट पार्टी कार्यालय जानु भएन, सिंहदरबार जानु भएन, तर अहिले पूर्व र पश्चिम पुगेर भाषण गरिरहनु भएको छ, यो कस्तो नाटक हो । बुधबार रामेछापको दोरम्बा गाउँपालिका–२ ले आयोजना गरेको जनसभा कार्यक्रमलाई संवोधन गर्दै जिल्ला इञ्चार्ज पौडेलले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले भारतले नाकाबन्दी लगाएको बेलामा ९९ नम्बर ल्याउनुभयो, सबैलाई केपी ओली राष्ट्रवादी हो भन्ने पनि प¥यो तर अहिले आएर ओलीले शून्य नम्बर ल्याउनुभयो, त्यसैले प्रधानमन्त्री ओली फेल भइसक्नु भएको छ पौडेलले भने ।
घरको अभिभावकले ढाट्दैन तर हाम्रो देशको अभिभावकले ढाट्दै छ अनि केही लाउकेहरु उनको पछाडि लागिरहेका छन् । आपूmसँग भएको दुई तिहाई बहुमतलाई फालेर मुइको टिप्न खोज्दै छ, मुर्खले पानीमा खसेको ५ रुपैयाँ टिप्न निहुरिदा खल्तीमा भएको सय रुपैयाँ झरेकोजस्तै हालत हुँदैछ केपी ओलीको पौडेलले भने ।
माघ ७ रामेछाप
रामेछाप– नेपाली काँग्रेस खाँडादेवि गाउँपालिका–५ मा सरकारको विरुद्धमा राँके जुलुस निकालेको छ । केपी ओली नेतृत्वको सरकारको असंवैधानिक कदम विरोध गर्दै, अलोकतान्त्रिक, सर्वसत्तावाद र भ्रष्टाचारको विरुद्धमा राँके जुलुस निकालिएको दरुण दल खाँडादेवि गाउँपालिका अध्यक्ष सन्दिप कार्कीे जानकारी दिए ।
नेपाली काँग्रेस खाँडादेवि गाउँपालिका–५ द्धारा सरकारको विरुद्धमा आयोजना गरिएको राँके जुलुसमा सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । खाडाँदेवी गाउँपालिका तरुण दल अध्यक्ष सन्दिप कार्की, नेपाली काँग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिको अध्यक्ष राज नारायण श्रेष्ठ लगायतका नेताहरुले सरकारको असंवैधानिक कदमको विरोध गरेका थिए ।
माघ ७ रामेछाप
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले काम चलाउ प्रधानमन्त्री खड्ग प्रसाद ओली संविधान, गणतन्त्र र संघियताको विरोधि रहेको आरोप लगाएका छन् । रामेछापको दोरम्बा गाउँपालिका वडा नं. २ को नेकपा कमिटि द्वारा आयोजित बृहत् जनसभामा संवोधन गर्दै पोखरेलले उक्त आरोप लगाएका हुन् ।
सुरु देखिनै प्रधानमन्त्री ओलीले संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको नेपालमा आवश्यक छैन भन्दै आएका थिए । संसदिय समितिमा त्यसको चर्को विरोध हुँदै आए पछि तपाईहरू सबैले भन्नु हुन्छ भने मलाई केहि छैन भन्दै आएको र उनले संघियता खारेज गर्ने चतुर्याई गरिरहेका थिए । अहिले आएर संविधान, गणतन्त्र र धर्मनिरपेक्षता सहन नसकेर संविधानले नदिएको अधिकार प्रयोग गरि संसद विघटन गर्नुले ओली संविधानको विरोधी रहेको सपष्ट भएको पोखरेलले दावी गरे ।
राज्य व्यवस्थापन तथा सुशासन समितिले लिम्पियाधुरा सहितको नक्शा प्रकाशन गर्न सिफारिस गरे पश्चात प्रधानमन्त्री ओलीले नक्शा प्रकाशन गर्न नटेरेपछि संसदको दबाबले मात्रै सो नक्शा प्रकाशन भएको उनको भनाई छ । लिम्पियाधुराको नक्शा समेटिएको पुस्तक छापे पछि वितरण गर्ने समयमा भारतीय प्रतिनिधि आएर प्रधानमन्त्री ओली सँग गोप्य भेटघाट गरे पछि पुस्तक वितरणमा समेत रोक लगाएको पोखरेल बताउछन् ।
पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रवादीको अभिनय गरेका ओलीले लिम्पियाधुरा सहितको नक्शा समावेश गरिएको पुस्तक वितरणमा रोक लगाए पछि ओलीको राष्टवाद नाङ्गिएको पोखरेलले प्रष्ट पारे ।
अहिलेको यो लडाँई पदको लडाँई जस्तो देखिएता पनि प्रधानमन्त्री ओलीको तानाशाही प्रवृतीको अन्त्य गर्न संविधान, गणतन्त्र, धर्म निरपेक्षता र संघियताको रक्षा गर्न यो लडाँईमा होमिएको हौँ- उनले भने ।
संसदमा एउटा कुरा र जनता सामू अर्को कुरा गर्ने ओलीको पाराले मदनकृष्ण र हरिवंशको हाँस्यकलालाई समेत पछि पारेको भन्दै उनले व्यङ्ग्य गरे । साथै उखाने पाराले देश नचल्ने भन्दै ओलीको चर्को विरोध समेत गरे ।
सभामा बोल्दै राज्य व्यवस्थापन तथा सुशासन समितिका संयोजक शशी श्रेष्ठ भन्छिन् : देशमा राजनितिक अस्थिरता भयो, त्यसको फाईदा उठाउँदै विदेशी शक्तिहरुले नेपालमाथी विभिन्न खालका खेलहरू खेले, अब देशमा राजनितिक स्थिरताको आवश्यक्ता छ भन्यौँ र सो अनुसार चुनावी एजेन्डा बनाएर घोषणापत्र लिएर नागरिकको घरदैलोमा गयौँ, जनताले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लगभग दुईतिहाईको हाराहारीमा मत दिएर सरकारको बागडोर सम्हाल्ने जिम्मेवारी दियो, अहिले प्रधानमन्त्री ओलीले तानाशाही तरिकाले मतको कदर नगरि संविधानलाई कुल्चेर संसद विघटन गरेका छन् ।
१८ घण्टा सम्म लोडश्रेणिङ हुने अन्धकार देशलाई उज्यालो नेपाल बनाएका कुलमान घिसिङ विधुत प्रधिकरणको प्रमुखको रुपमा रहँदा कमिशनको खेलो खेल्न नपाए पछि अहिले ओलीले कुलमानलाई हटाएर कमिशनको खेलमा लाग्दै नेपाललाई फेरि अँध्यारो बनाएको श्रेष्ठको आरोप छ ।
सभामा नेकपा केन्द्रिय सदस्य एवम् नेकपा रामेछापका ईन्चार्ज देव शंकर पौडेल, नेकपा केन्द्रिय सदस्य एवम् विदेश विभाग प्रमुख युवराज चौलागाई, नेकपा प्रदेश सदस्य एवम् दोराम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, रामेछाप युवा संघका अध्यक्ष टिका मालबोके, नेकपा जिल्ला कार्य समिति सदस्य धनलाल योञ्जन लगायतका वक्ताले संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई लत्याउँदै ओलीले चालेको तानाशाही प्रवृतीबाट निम्त्याएको संसद बिघटनको विरोध गरेका थिए ।
माघ ५, रामेछाप
सुनकोशी नदीको पानी मरिन खोलामा झारी बागमती नदीको सिंचाई मार्फत् नेपालका ५ जिल्लाका १लाख २२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने राष्ट्रिय गौरवको परियोजनाको रुपमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण हुने हुँदा रामेछापका नागरिकहरू खुशी भएका त थिए। तर त्यो खुसि सँगै केहि निराशा पनि थपिएको छ ।
आयोजनासँग सम्बन्धि पर्याप्त जानकारी नदिई, अर्थपूर्ण परामर्श नगरी र जग्गा अधिग्रहण लगायत आयोजनाका निर्णयमा सहमति नगरी प्रभावित क्षेत्रमा आयोजना निर्माण अघि बढाउन खोजिएको सन्दर्भमा स्थानियले आपत्ति जनाएका छन् ।
प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले जिल्ला प्रशासन कार्यालय मार्फत उर्जा मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यलयमा हिजो ज्ञापनपत्र बुझाउँदै आपत्ती जनाएका हुन् ।
विकासको नाममा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणबाट परम्परादेखि भोगचलन गर्दै आएको पुख्यौली जग्गा जमिन, नदी खोला र बगरक्षेत्र, घाट, आदि डुबानमापरि विस्थापित हुने, खेतीपाती गर्ने, माछा मार्ने, डुंगा चलाउने लगायतका जिविकोपार्जनको पाटोबाट वञ्चित हुने र धार्मिक, साँस्कृतिक, सामाजिक जीवनमा प्रतिकुल असर पर्ने उनिहरूको भनाई छ ।
आयोजनाबाट प्रभावित स्थानियको प्रतिनिधित्वबिना मुआब्जा निर्धारण समितिबाट तय गरिएको मुआब्जाको दररेटमा पनि उनिहरूको असहमति रहेको बताएका छन् ।
प्रभावित क्षेत्रका बासिन्दाहरूले सुनकोशी मरिन डाईभर्सन बहुउदेश्सिय परियोजना प्रभावित समितिमा संगठित भएको समेत बताएका छन् ।
प्रभावितहरुको हस्ताक्षर संकलन गरि समितिले १३-बुंदे माग सहित ज्ञापनपत्र बुझाएका हुन् ।
यस्तो छ मागहरु:
१. सुनकोशी मरिन दाइभर्सन बहुउद्देश्यीय आयोजना सम्बन्धि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन लगायतका जानकारी प्रभावित समुदायले बुझ्ने भाषा र रुपमा उपलब्ध गर्नुपर्ने ।
२. प्रभावित आदिवासी माझी र अन्य समुदायसँग अर्थपूर्ण परामर्श गरी आयोजनाबाट समुदायलाई असर पर्ने निर्णयहरुमा प्रभावित समुदायको स्वतन्त्र, अग्रिम र सुचित मन्जुरी (Free, Prior and Informed Consent (FPIC)) लिनुपर्ने।
३. आयोजनाबाट लालपुर्जा भएको वा नभएको घरजग्गासहित नदी बगर र समुदायको अन्य भूमि र श्रोतसाधनमा पर्नेअसर र जग्गा अधिग्रहणको विषयमा प्रभावित समुदायमा अन्यौल र असहमति रहेको हुँदा आयोजनाले असर गर्ने वा अधिग्रहण गरिने घरजग्गा र जमिनको बारेमा सम्बन्धित समुदायको सहभागितामा पुनः फिल्ड सर्भे (field survey) गरी उचित मुबाब्जा तथा क्षतिपूर्ति निर्धारण गर्नुपर्ने । विशेषतः मुआब्जा निर्धारण समितिमा प्रभावित प्रभावित समुदायकै प्रतिनिधित्व हुनुपर्ने ।
४. घरजग्गा अधिग्रहण गर्नै पर्ने भए प्रभावित परिवारको इच्छाअनुरुप अधिग्रहण गरिने घरजग्गाको मुआब्जाको लागि समान प्रकृति र मूल्यको घरजग्गा सट्टामा दिने व्यवस्था गर्नुपर्ने । त्यसरी नै प्रभावित आदिवासी माझी समुदायले परम्परादेखि भोगचलन गरि आएको लालपुर्जा नभएको घरजग्गा, गोठ, जमिन र श्रोतसाधनको पनि उचित व्यवस्था हुनुपर्ने।
५. अधिग्रहण गरिने घरजग्गा, जमिन डुबानमा नपरेसम्म प्रभावित समुदायले प्रयोग गर्न पाउनुपर्ने र डुबानबाट प्रभावित हुने बाली, रुखबिरुवाको पनि उचित क्षतिपूर्ति दिइनुपर्ने ।
६. प्रभावित क्षेत्रको प्रत्येक घरपरिवारलाई आयोजनामा सिप र क्षमताको आधारमा एक घर एक रोजगारीको व्यवस्था गर्नुपर्ने । ती प्रभावितको क्षमता बढाउन आयोजनाबाट निशुल्क तालिम व्यवस्था हुनुपर्ने ।
७. आयोजनालाई कम्पनीमा लगी प्रभावित आदिवासी माझी र प्रभावित स्थानीय बासिन्दालाई निशुल्क आयोजनाको शेयर र त्यसबाट उत्पादन हुने बिजुली वितरण गरिनुपर्ने ।
८. आयोजनाको सामुदायिक विकास कार्यक्रम अन्तर्गत प्रभावित क्षेत्रका स्थानीय सरकारलाई दिइने रकम बिशेष गरी प्रभावित आदिवासी माझी र स्थानीय समुदायको हित हुने कार्यक्रममा ती समुदायकै सहभागितामा प्रयोग गर्नुपर्ने । विशेषतः डुबान क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, खानेपानी, संचारलगायतका विकासका पूर्वाधार निर्माण गरिने नमुना वस्ती विकास गरिनुपर्ने । साथै डुवानक्षेत्र वरिपरि रहेका गाउँबस्ती, जग्गाजमिन, विद्यालय लगायतका भौतिक पुर्वाधारको सुरक्षाको लागि आवश्यक सर्वेक्षण गरी पक्की पर्खाल निर्माण गरी संरक्षण गरिनुपर्ने ।
९. आयोजनाबाट स्थानीय र प्रदेश सरकारलाई प्राप्त हुने २५/२५ प्रतिशत राजस्व प्रभावित आदिवासी जनजाति माझी र स्थानीय समुदायको हितको लागि प्रभावित समुदायकै सहभागितामा प्रयोग गरिनुपर्ने ।
१०. आयोजनाबाट बन्ने जलाशयमा प्रभावित आदिवासी माझी समुदायको परम्परागत सिप र जीविकोपार्जनको संरक्षण हुने गरी प्रभावित माझीहरुकै स्थानीय समितिमार्फत पर्यटकीय र डुंगा चलाउने कार्यक्रमहरु संचालन गर्नुपर्ने र त्यसको लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने ।
११. आयोजनाबाट प्रभावित आदिवासी माझी समुदायका घाटहरु (डुंगा तार्ने र जात्रा गर्ने स्थान) डुवानमा पर्नेलगायत तिनको संस्कृतिमा गम्भीर नकारात्मक असर पर्ने कुराको मूल्यांकन नभएको हुँदा प्रभावित समुदायकै सहभागितामा सांस्कृतिक प्रभाव मूल्यांकन गरिनुपर्ने । आयोजनाबाट समुदायकै सहभागितामा माझी जातिको संस्कृति, भाषा र भेषको जगेर्ना गर्न कार्यक्रम कार्यान्वयन पर्ने । विशेषतः माझीहरुको पितृ चढाउने स्थल, माछा मार्ने ठाउँको व्यवस्था गरिनुपर्ने । साथै मठमन्दिर, धार्मिकस्थल, पाटीपौवा लगायत सार्वजनिक स्थलको उचित संरक्षण र विकास गरिनुपर्ने।
१२. आयोजनाबाट प्रभावित क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिकको संरक्षण र विकासको लागि विशेष कार्यक्रम ल्याउनुपर्ने ।
१३. आयोजनाको कार्यन्वयनको क्रममा आदिवासी अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १६९ लगायत अन्य अन्तर्राष्ट्रिय कानुन बमोजिम आदिवासी माझी र स्थानीय समुदायको अधिकार सुनिश्चित गरिनुपर्ने । विशेषतः स्थानीय श्रोतसाधनमा प्रभावित आदिवासी माझीको विशेष अधिकार कायम हुनुपर्ने ।
नेपाल सरकारले गौरवको आयोजना भनिरहँदा धेरै फाईदा हुन्छ भन्ने लागेको कुरा प्रभावित क्षेत्रका स्थानिय उर्वे माझी बताए । अहिले आयोजना सुरु भै सकेको तर हुने क्षती बारे कुनै जानकारी नभएको उनको भनाई छ । माग पुरा नभए सम्म आयोजनाको काम अगाडी बढ्न नदिने साथै माग पुरा नभए चरणबद्ध आन्दोलनमा जाने उनि बताउछन् ।
मुआब्जामा समेत चित्त नबुझेको अर्का स्थानियको गुनासो छ । बरु जग्गाको साटो जग्गा नै दिने व्यवस्था मिलाई दिए पनि कुनै आपत्ती नरहेको उनि बताउछन् ।
सिन्धुलीको पाटोमा दिएको मुआब्जाको रेसियो रामेछापमा मान्य नहुने राधाकृष्ण उप्रेती बताउछन् ।
प्रभावित क्षेत्रका केहि स्थानियको नाम समेत प्रकाशित नभएको प्रदेशसभा सदस्य रिता माझीले बताएकी छिन्। उनका अनुसार आयोजनाले प्रभावितहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको बारेमा समेत वेवास्ता गरेको छ । डुवान क्षेत्रको स्थानियहरूको समेत सेयर रहनु पर्ने उनको माग रेहेको छ ।
वैज्ञानिक तरिकाले मुआब्जा निर्धारण हुने हुनाले ढुक्क रहन प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा(गुरागांई)ले अनुरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारीको हैसियतले गर्ने समन्वयकारी भूमिकामा प्रभावित क्षेत्रका बासिन्दाको माग प्रति आफू सकरात्मक रहेको उनले बताए ।
माघ ५ रामेछाप ।
नेपाल टेलिकमकको कार्यालय मन्थली बाट प्रवाह हुँदै आइरहेको टेलिफोन सेवा र एडिएसएल नेट सेवाको मुख्य ट्रान्समिसन लिङ्गमा पटक-पटक आउने गरेको समस्याका कारण सञ्चारकर्मी लगाएत अन्य अनलाइन ब्यवसायि र सेवाग्राही समेत यसको प्रत्यक्ष मार परेका भन्दै आज ज्ञापन पत्र बुझाईएको छ । नेपाल पत्रकार महासंघको अगुवाईमा नागरिक समाज तथा सेवाग्राहि सहितको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।
माघ महिनाको सुरुवाती सँगै टेलिफोन र नेट मा आएको समस्या अझै समाधान हुन नसकेको सन्दर्भमा विभिन्न मागहरु सहित नेपाल टेलिकमकको कार्यालय मन्थलीमा ज्ञापन पत्र बुझाईएकोछ ।
मागहरू
१. टेलिफोन र एडिएसएलमा भएको समस्या समाधान आजका मितिले बढिमा ३ दिन भित्र अनिवार्य रुपमा हुनुपर्ने ।
२. प्राय अधिकास ग्राहकहरूले मासिक रुपमा एडिएसएलको भुक्तानी गर्ने गरेको तर महिना दिन पुगेपछि नेट चलेपनि नचलेपनि
पैसा सकिएर सेवा बन्द हुने गरेको वर्तमान सन्दर्भमा नचलेको दिनको गणना गरी सवै सेवाग्राहिहरूलाई क्षतिपूर्ति वापद सेवा अवधि थप गरिनुपर्ने ।
३. जिल्ला र पालिका स्तरमा भैरहेको बढदो शहरीकरण सँगै नेपाल टेलिकमले दिनुपर्ने सेवा माग अनुसार दिनु पर्ने र त्यसका लागि क्षमता बृद्धि लगाएतका अन्य कामहरु तत्काल देखि सुरू गरिनुपर्ने ।
४. नेट सेवा को क्षमता बृद्धिकालागि फाइवर टु द होम (FTTH) का लागि योजना भैसकेको तर नेटवर्क को काम अझै सम्म पनि सुरूवात हुन नसकेकोले आजका मितिले ७ दिन भित्र वाट सो को कार्य प्रारम्भ गरिनुपर्ने ।
५. हाल भैरहेको (परम्परागत प्रविधिको) ड्रव वाएर मार्फत एउटै घरमा लाइन लैनान ४ देखि ५ सय मिटर सम्म ब्यक्तिगत रुपमा खर्च गरी तार टाग्नुपर्ने वर्तमान अबस्थालाई बिस्थापित गरी आधुनिक तरिकाको तत्काल फाइवर मार्फत सेवा विस्तार गरिनुपर्ने ।
६. सिन्धुली- खुर्कोट हुँदै र मुडे चरिकोट हुँदै रामेछाप मन्थली आएको अप्टिकल फाइवर लाई एकिकृत गरी रिङ बनाएर चुस्त दुरुस्त सेवा दिइनु पर्ने।
७. लोकसेवा आयोगका लागि अनलाइन फाराम भर्न सिङ्गल दस्तुर बैकमा जम्मा गरिसकेका सयौंको संख्यामा रहेका आवेदकहरुको फाराम समयमा अपलोड नहुदा दोव्वर दस्तुर तिर्नु पर्ने वाध्यात्मक अवस्था आएकोले सो समस्या समाधानका लागि पहल गरिनुपर्ने।
ज्ञापनपत्रमा राखेका मागहरू पुरा नभएमा महासंघको नेतृत्वमा सम्पुर्ण नागरिक समाजका अगुवाहरू,ब्यवसायी बुद्धिजिवी सहित नेपाल टेलिकमको बिरुद्धमा आन्दोलनमा उत्रने चेतावनी समेत ज्ञापन पत्रमा छ।
यता कार्यालय प्रमुख विष्णु भण्डारी भने निमित्त कार्यालय प्रमुखको जिम्मेवारी समेत नदिई माघे संक्रान्ती मनाउन गए देखि फर्केका छैनन् ।
माघ ५ रामेछाप
रामेछाप टेलिकमका कार्यालय प्रमुख विष्णु भण्डारी अझै माघे संक्रान्तीको बिदामा बसेका छन् । टेलिकमको सेवा शुन्य हुँदा समेत उनि कार्यालय फर्केका छैनन् । रामेछापमा पौष २ गते देखि टेलकमको सबै सेवा ठप्प हुँदा समेत उनले वेवास्ता गरेका छन् ।
लामो समय देखि टेलिकमको सेवा अवरुद्ध भएपछि आज पत्रकार महासंघको अगुवाईमा नागरिक समाज तथा सेवाग्राहीहरू टेलिकमको कार्यालय पुग्दा कार्यालय प्रमुख अझै विदामा रहेको कुरा खुलेको छ । भण्डारीले आफू विदामा बस्दा समेत लिखित निमित्त कार्यालयको अधिकार कसैलाई दिएका छैनन् ।
पहिले पहिले पनि टेलिकम रामेछापका प्रमुख भण्डारी कार्यालय समयमा नै मस्त निद्रामा भेटिने गर्थे । टेलिकम प्रति सेवाग्राहीको गुनासो बारबार आउन थालेपछि जनता भ्वाईस टिम सेवाग्राही बनेर जाँदा उनि आफ्नो क्वाटरमा सुतिरहेको र पछि आउनु भनेपछि यो भन्दा अगाडी पनि जनता भ्वाईसले टेलिकमको बारेमा समाचार लेखेको थियो ।
यता प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा भने आफूलाई टेलिकमको प्रमुख अझै विदामा रहेको जानकारी नभएको बताउछन् ।। उनि आए पछि यसको स्पष्टिकरण माग्ने उनि बताउछन् ।
पुष ४ रामेछाप । वर्तमान प्रधानमन्त्रीले संसद विघटन गरी असंवैधानीक कदम चालेको भन्दै नेकपाका नेता योगेश भट्टराइले आक्रोस ब्यक्त गरेका छन् ।
प्रेस संगठन रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा बोल्दै भट्टराई भन्छन् : नेपालीहरुले गरेका क्रान्ति संविधानलाई क्षत विक्षत वनाएको लोकतन्त्र धरापमा पार्ने काम भएको छ । अघिल्लो संबिधानमा संसद बिघटन गर्न सक्ने विषेश अधिकार भएपनि यो संबिधानमा भने उक्त अधिकार छैन ।बैकल्पीक संम्भावना नभए मात्रै संसद बिघटन गर्ने प्रावधान हालको संविधान मा छ । नेकमा भित्रनै वहुमतको सरकार बन्ने संम्भावना वा अन्य पार्टि सँग मिलेर सरकार वनाउने संभावना हँदा हुदै यसरी संसद बिघटन हुनु अलोकतान्त्रिक र असंबैधानिक हो ।
भट्टराइ, दाहाल – नेपाल समुहका केन्द्रीय जनआन्दोलन परिचालन समितिका सह संयोजक हुन् ।
रामेछाप, ४ माघ ।
जन्मभूमि अभियान को आयोजनामा समृद्धिका लागि साझा अभियान विषयमा अन्तकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जन्मभूमि अभियानका केन्द्रीय अभियान्ता रण बहादुर चन्दले – मानवमा भगवानका गुणहरु हुने भन्दै सुन्दर, शक्तिशाली, विद्वान, प्रख्यात, धनि, त्यागि र अम्मर भवगवानका गुणहरु भएकाले यी अधिकांस गुणहरु मानवमा पनि मेल खाने वताए । ब्यक्ति, भगवान, आमाबुवा, प्रकृति गुरु राष्ट्र, समाज, र मातृभूमि का लागि राष्टिय अभियान सुरु गरेको उनको भनाई छ ।
अभियानमा देशभर भएका १ सय ८ वटा मुख्य मुख्य मन्दिरहरुको प्रचार प्रसार गर्ने, ति मन्दिरहरुको वरीपरि सरसफाई र बिभिन्न प्रजातिका विरुवाहरु रोपेर हुर्काउने, शक्ति पिठहरुमा सूचना प्रबिधि को प्रयोगवाट अनलाईन पूजा गर्ने ब्यवस्था मिलाउने लगाएतका कामहरु गर्ने र हिन्दु संस्कृतिको जगेर्ना गर्ने जस्ता कामहरु रहेको उनले थपे ।
उनका अनुसार यो अभियान नेपालका सबै जिल्ला सबै पालिका र सवै वडाहरुमा पुर्याई अभियान्ताहरु तयार गरी उनीहरुलाई आवश्यक काम समेत दिईनेछ।
माघ १, रामेछाप ।
गत पौष २८ गते मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख रमेशकुमार बस्नेतले नगर सभालाई सम्बोधन गर्ने क्रममा आफ्नो सभामा पत्रकारहरु उपस्थित नभएको विषयलाई लिएर सिङ्गो पत्रकारीता जगत र सम्पुर्ण पत्रकारहरुलाई एकमुष्ठमा गाली गलौज गरेको विषयलाई लिएर पत्रकारहरूले आपत्ती व्यक्त गरेका छन् ।
नगर प्रमुख जस्तो गरिमामय पदमा बसेर सार्वजनिक रुपमा व्यक्त भएको अमान्धर्भिक, अनैतिक र
अशोभनिय भनाई प्रति पत्रकारहरूले आपत्ती जनाएका हुन्।
एउटा उच्च अहोदामा बसेको व्यक्तिले सिमित चरित्र र व्यक्तिका कारण सिगो पत्रकारीता जगत माथि सम्मानित नगरसभामा पत्रकारहरुलाई गाली गर्दै सिंगो पत्रकारीता जगतमाथि नै खलल पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय छ । नगरसभालाई सम्बोधन गर्दै पत्रकारहरुलाई खान र लिन पाउने भए लाइन लागेर आउथे, त्यो व्यवस्था नभए पछि किन आउ थिए भन्दै मगन्ते र भिखारीको संज्ञा दिदै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेर आफूलाई ठूलो ठान्नु दुर्भाग्य हो । यस किसिमको अभिव्यक्ति प्रति पत्रकारहरूको संगठनले खेद प्रकट गरेको छ ।
पेसागत मर्यादा विपरित र पेशामा नै आँच आउने गरी कुनैपनि पत्रकारहरू खानकै निमित लाइन लागेर मन्थली नगरपालिकामा नगएको कुरा स्पष्ट पारेका छन्। कोहि पत्रकार खान लिनका लागि नगरपालिकामा गएको भए नगरप्रमुख वस्नेतलाई विज्ञप्ति मार्फत नाम सार्वजनिक गर्न चुनौति दिएका छन् । व्यक्तिगत रिसीवीले सिंगो पत्रकार र पत्रकारीता जगतको सार्वजनिक रूपमा बेइजत गर्न खोजिएको उक्त घटना प्रति भर्त्सना समेत गरेका छन् ।
नगर सभामा उपस्थिका लागि आधिकारिक रूपमा पत्रकारहरुलाई निमन्त्रणा नगर्ने तर नगर सभामा नआएको भन्दै पदिय मर्यादा भुलेर पत्रकार पत्रकारिता पेशा प्रति अपमान गर्ने नगर प्रमुख रमेश कुमार वस्नेतको उक्त अभिव्यक्ति प्रति आपत्तिका साथ विज्ञप्ती निकालिएको हो ।
पत्रकारहरु पेशागत मर्यादा र पत्रकार आचारसंहिता बमोजिम आफ्नो धर्म निर्वाह गर्ने कुरामा सदैब सचेत र सतर्क छन्। पत्रकार पनि परिवर्तनका संवाहक विकासका साधक हुन । राम्रो लाई राम्रो र नराम्रोलाई खबरदारी गर्ने पत्रकारहरुको धर्म र दायित्व पनि हो । पत्रकारले चलाउने कलमको महत्व कति रहन्छ भन्ने कुरामा सबै पत्रकार साथीहरु सजग रहेको कुरा अनुरोध समेत गराएका छन । गलतलाई गलत भन्दा पचाउन नसक्नेहरुले पत्रकारलाई गाली गर्ने काम बन्द गर्नु आवश्यक छ। कसैले व्यक्तिगत चरित्र हत्या गर्छ भने त्यसका लागि कानुनी बाटोहरु खुल्ला रहेको छ । व्यक्तिगत रिसीवी र व्यक्तिले दुख दिएको भए त्यसका लागि कानुनी बाटाहरु खुल्ला रहदा रहदै पत्रकारीताकै धज्जी उडाउनु नगर प्रमुखको कुन हैसियतले दिन्छ ? यो कुरा पुष्टी गर्न सांगठकिन रुपमा चुनौति समेत दिएका छन् ।
पत्रकारहरु आफ्नो कलममा विश्वास गर्दछन कसैको दयामा नपालिएको कुरा समेत हेक्का रासन अनुरोध गगरेका छन् । पेशागत मर्यादामा रही आचारसंहिता बमोजिम आफ्ना कलम चलाउन पत्रकारहरुले नभुलेको कुरा अवगत गराउदै आफ्नो स्वार्थ पूरा गर्न र आफुलाई सर्वे सर्वा ठानेर बोल्ने र तल्लो स्तरमा झरेर पत्रकारलाई गाली गलौज गर्ने अधिकार कोही जनप्रतिनिधी
लगाएत अन्य कसैलाई पनि नरहेको कुरा विज्ञप्ती छ ।
रामेछाप– हिजो देशमा एउटा मात्रै राजा हुँदा विकास भएको थियो, अहिले देशमा धेरै वटा राजाहरु हुँदा विकास नभएको राप्रपा रामेछापका अध्यक्ष रामचन्द्र कंडेलले बताए । अध्यक्ष कंडेलले नेपालमा शान्ति, समृद्धि र स्थायित्व कायम हुन राजा आउन अपरिहार्य रहेको बताए ।
पृथ्वी नारायण शाहको २९९ औं जन्म जयन्तीको अवसरमा राप्रपा रामेछापले आयोजना गरेको कार्यक्रममा कंडेलले यस्तो बताए ।
राप्रपा निकट महिला संघ रामेछापकी अध्यक्ष शान्ता भुजेलले हिन्दु राष्ट्र कायम हुनुपर्ने बताइन । हिन्दू राष्ट्र कायम गर्नको लागि राजा आउन आवश्यक रहेको उनको भनाई छ ।
पृथ्वी जन्म जयन्ती पारेर राप्रपा रामेछापले ¥याली निकाल्नुका साथै पृथ्वी नारायण शाहको तस्विरमा माल्र्यापण गरि देवकोटा चोकमा पृथ्वी जयन्ती मनाए ।
कटहरबोटबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा आएर कोण सभामा परिणत भएको थियो । प्लेकार्ड सहित निस्किएको ¥यालीमा सहभागि राप्रपाका नेता कार्यकर्ताहरुले श्री ५ पृथ्वी नारायण शाह–अमर रहुन, राष्ट्रिय एकता– जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।