महावीर पुनलाई जस्तै हतोत्साहित् बनाउने हो भने नेपालमा नयाँ खोज तथा अनुसन्धान हुनै सक्दैन (भिडियो सहित)

(डा. कर्माचार्य सँगको अनौपचारिक कुराकानीलाई सम्पादन गरी प्रस्तुत गरिएको हो । प्रधान सम्पादक)


डाक्टर साब् स्वागत् छ यहाँलाई यो कुराकानीमा ?
धन्यावाद् ।


कोरोना भाइरस नेपालको सन्दर्भमा भ्रम कति र यथार्थ कति हो ? यदि यो भ्रम हो भने कसरी र यथार्थ हो भने कसरी ?
कोरोना भाइरसको यो प्रकोप यथार्थ हो । जब गत जेठमा नेपालमा एकजना संक्रमित यस भाइरसबाट फेला परेपछि हामीमा यसको त्रास बढी फैलिएको हो । त्यो भन्दा पहिला यो भ्रम जस्तै लाग्थ्यो । नेपालमा त्यसको कुनै ठूलो प्रभाव परेको थिएन । विदेशमा मान्छेहरु मरेको, बिरामी भएको सुनिन्थ्यो । जब नेपालमा नै यसले आफ्नो प्रभाव जमाउन थालेपछि हामीले पनि यसलाई यथार्थ मानेका हाँे ।


रामेछाप जिल्लामा यस भाइरसले पारेको वस्तुगत प्रभाव कस्तो छ ?
शहरमा जस्तो गाउँमा यसको प्रभाव निकै कम भएको म पाउँछु । किनभने गाउँमा जहाँ घरहरु नै एकर्काबाट टाढाटाढा छन् । एक घरबाट अर्को घरसँगको संसर्ग नै आफैंमा टाढा छ । त्यसले पनि यसको प्रभाव शहरमा भन्दा गाउँमा कम छ । तर प्रभाव कम छ भनेर चुप् लागेर बस्ने अवस्था पनि छैन । यसको प्रभावबाट सुरक्षित हुनलाई हामीले उच्च सतर्कता अपनाउनु पर्छ ।


विभिन्न सामाजिक संजालहरुमा हाल नेपालको सन्दर्भमा प्रभावकारी मानिएको पिसिआर परीक्षण नै विश्वस्तरमा प्रभावकारी तथा विश्वसनीय नभएको भन्ने छ नि ? यो कति सत्य हो ?
पिसिआर परीक्षण प्रणाली नै अनुसन्धाको क्रममा छ । त्यस्तै कोरोना भाइरस कोभिड १९ नै अनुसन्धानको चरणमा भएको अवस्थामा यस्ता कुराहरु सार्वजनिक भइरहेका छन् । अनुसन्धानकै दायरामा रहेको विषयवस्तुमाथि प्रश्नहरु उठ्नु स्वभाविक नै हुन् । पिसिआर प्रतिको खोज हाम्रो नेपालमा भएको छैन, यस्तो अवस्थामा त्यसको प्रभावकारिता राम्रो छैन भन्नु स्वभाविक हो तर नेपाल एउटा यस्तो देश हो, जहाँ यस्ताखाले भाइरसहरुको प्रकोप फैलिँदा कुनैपनि खालको विषयवस्तुमाथि आधिकारिक खोज र विमर्श हुन सक्दैन । जसले गर्दा हामी कुनै अरु विकासशील देशले खोजेका विषयहरुमाथि भर पर्नुपर्ने अवस्था छ । यस्तो दयनीय अवस्थामा अरुले गरेको अनुसन्धानलाई विश्वास गर्नुभन्दा बाहेक हामीसँग अर्को विकल्प छैन ।

नेपालमा पनि धेरै भाइरोलोजिष्टहरु छन् । यस्तो अवस्थामा कोरोनाको यत्रो जगजगी हुँदा पनि उनीहरु समाजप्रति उत्तरदायी भएर कुनै जवाफ दिइरहन सकेका छैनन् । किन ?
हामी स्वास्थ्यकर्मी नै अल्छी छौं । म पनि अल्छी नै हूँ । हामीलाई कुनै पनि कुराको अनुसन्धान गर्न गाह्रो लाग्ने गर्दछ । तर संसारमा त्यस्तो छैन । संसारका बैज्ञानिकहरु आफूले खोज गरेको विषयमाथि निकै गहिरो अध्ययन गर्नुहुन्छ । नेपालमा जो जसले कुनै विषयमा शुक्ष्म अध्ययन गर्न चाहना राख्नुहुन्छ, उहाँहरुलाई उत्प्रेरणा तथा सहारा दिने संयन्त्र दरो छैन । यसको गतिलो उदाहरण माहावीर पुन लाई नै लिन सकिन्छ । महावीर पुनलाई जुन पछिल्ला घटनाक्रमहरुले हतोत्साहित पार्ने काम गरियो, त्यस्तै नेपालका भाइरोलोजिष्टहरुलाई पनि कुनै न कुनै रुपबाट हतोत्साहित पारिएको हुनसक्छ ।


भनेपछि सरकारी संयन्त्र कमजोर छ, भन्ने आषय हो ?
यो मानेमा सरकारी संयन्त्र मात्रै कमजोर छ भन्न मिल्दैन । त्यो सँगसँगै विश्वविद्यालयहरुका यस सँग सम्बन्ध राख्ने विभागहरु कति सक्रिय छन् भन्नेमा भर पर्छ । सरकार मात्रै त केही होइन, हामीहामी मिलेर सरकार बनेको हो । मैले नै जिम्मेवारीपूर्वक आफ्नो काम गरिँन भने सरकारले मात्रै केही गरेन भन्नु बेकार जस्तो लाग्छ । यस्ता कार्यमा विश्वविद्यालयहरु पनि सक्रिय हुनुपर्छ । भाइरोलोजी, माइक्रोबायोलोजी लगायतहरु ‘एक्टीभ’ हुनुपर्छ । तर सरकारको काम भनेको यस्ता अनुसन्धान, अनुसन्धानकर्मी, निकायहरुलाई आवश्यक सहयोग गर्नुपर्छ । कहाँ के कुराको जरुरी छ, त्यो पुरा गर्नु सरकारको दायित्व हो ।


कोरोना भाइरसका संक्रमितहरुले आइसोलेशनमा बस्दा कस्तो मनोविज्ञान बनाउनु पर्छ ?
विगतमा पनि यस्ता भाइरसहरु धेरै आएका विभिन्न उदाहरणहरु छन् । जसका कारण विश्वमा धेरै मासिनहरु हताहत भएका थिए । त्यस्तै भाइरस मध्ये कोरोना भाइरस पनि एक हो । यस्तो भाइरसलाई परास्त गर्न धेरै जसो व्यक्तिको मनोबलले पनि राम्रो काम गर्छ । आफ्नो रोगसँग लड्नका लागि यथेष्ट क्षमताको विकास गर्न सक्नु पर्छ । यो रोगलाई जसरी पनि परास्त गर्न सक्छु भन्ने आभाष लिन सक्ने मनोविज्ञान बनाउनु नै यसको पहिलो काइदा हो ।
बाँकी भिडियोमा…