नेपाली काँग्रेसका नेता कोइरालामा कोरोना संक्रमण पुष्टि

भदौ २३ । जनता भ्वाइस संवाददाता, रामेछाप ।


नेपाली काँग्रेसका नेता शसाङ्क कोइराला कोरोना संक्रमण पोजेटिभ भएका छन् । आज आएको रिपोर्ट अनुसार कोइराला कोरोना संक्रमण पोजेटिभ भएको उनले बताएका छन् ।


सामाजिक संजाल मार्फत आफू कोरोना भाइरस पोजेटिभ भएको उनले जानकारी दिएका हुन् । उनले फेसबुक मार्फत जानकारी दिँदै सबै साथीहरुलाई आफू कोरोना भाइरस पोजेटिभ भएपनि आफूलाई कुनै पनि खराब लक्षण नदेखिएको जनाएका छन् । फेसबुकमा एक स्टाटस पोष्ट गर्दै कोइराला भन्छन्,

‘प्रिय साथीहरु ! आज गरिएको कोरोना परिक्षणमा ममा कोरोना पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेशनमा बसेको छु । म सँग प्रत्यक्ष सम्पर्कमा आउनु भएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।
जय नेपाल ।


कोइरालाले आफ्नो फेसबुक स्टाटसमा भनेका छन् ।