यात्रामा (कथा)

बन्द छ । त्यसैले सबैतिर मन्द छ ।
मलाई र मेरो व्यावसयलाई मात्र नभएर विश्वभर आएको सङ्कट हो । यसलाई मैले खुसी साथ स्वीकार्नु पर्छ । त्यसैले म मन अमिलो बनाएर बसेँ ।
भर्खरै सोरुमबाट निकालेको गाडी बाहिर निकाल्दै धोइधाई गरेर फेरि थन्क्याएको चार महिना बितेछ । कमाएर खाउँला भनेर किनेको गाडी । सधँै थन्क्याएर राख्दैमा बैँकले त्यसको किस्ता र ब्याजलाई किन बन्द गथ्र्यो र ? मेरो गाडी बापत्को बैँकको किस्ता र ब्याजको उचाइलाई नियाल्दै विश्वको खबर बुझ्न टेलिभिजनमा लगाएको आँखा पनि झिम्किन सकेको थिएन ।
दिनको गोडाचारेक घन्टा मोबाइलले मलाई दास बनाउन छाडेको थिएन ।
अदृश्य शक्तिका कारण मैले मेरो जीवनको चार महिनाको आयुलाई छुट्टी दिइसकेको थिएँ । घर फर्किएँ । गाउँमा उही धन्दा न हो, दिउँसो बाख्रा चराउने, खेतीपाती गर्ने गर्दागर्दै बाँकी रहेको आयुलाई पनि टुङ्गो लगाइसकेको थिएँ ।
यता सरकारलाई कर चाहियो । लाज पचाएको सरकारले मलाई कर तिर्न ताकेता ग¥यो । म अनुय विनय गर्दै काठमाडौँ आएँ । केही सहज थियो । कर तिरेँ । ट्याक्सी ड्राइभरको जिन्दगी बित्दै थियो ।
त्यस बीचमा एउटा सुत्केरी लिएर मैले रामेछाप जानुपर्ने भयो । त्यही दिन मेरो जन्मदिन । म रामेछाप मन्थली पुगेँ । यात्रीलाई लिखु तामाकोसी, हलेदे बँेसीसम्म छाडँे । फर्केर दिदीको घर आएँ । गाईखुराको दिदीको घरमा भाइलाई स्वागत् सत्कारसहित् भान्जीले केक तयार गर्नु भएको रहेछ ।
त्यो दिन मेरो जन्मदिन ।
अघिल्लो दिन राखी बाँध्ने दिन भएकाले म नपुग्दा बहिनीहरु रूष्ट थिए । त्यही दिन राखी बाँधिदिएँ । केक काटँे । शुभकामना लिएर म मेरा अग्रज रसिक पि गुरु, प्रकश सर, कुमार सर, भेना ओमप्रकाश पुरी र दाइ रमेश बोहोरासँग साँझमा मन्थलीस्थित धोबी होटलमा जम्यौं ।
साह्रै मिठा जिल्लाका कुरा भए । साहित्यका गतिविधि भलाकुसरी भयो । छुट्टियौं । म दिदी घरमा गएँ । भोलिपल्ट बिहानै म काठमाडौँ फर्किन गाईखुराबाट मन्थली आउँदै थिएँ । बसपार्कमा पुगेपछि एउटी महिलाले ट्याक्सीतर्फ इसारा गर्दै हात दिइन् । गाडी रोकेँ । मसिनो स्वरमा ‘मलाई काठमाडौँ लगिदिनुस्न है ।’
मैले हेरेँ, बिहान बिहानै सुन्दर अनुहार, मेकअप गरेको चस्मा टाउकोमा राखेको, मगमगाउँदो विदेशी अत्तरको बासना । आहा ! मनैदेखि कताकता उद्वेलन पैदा भयो ।
त्यस्ती सुन्दरी महिला कताकता देखेजस्तो, भेटेजस्तो, संसर्ग गरेजस्तो, सँगै हात समाएर रमाएजस्तो महसुस गरेँ । तर, माक्स लगाएको र सोको कारणले अनुहार छोपिएकाले एकिनसाथ चिन्न पाइनँ ।
मैले ‘मेरो देवकोटा चोकमा केही समय काम छ ।’ भनेँ । उनले ‘हुन्छ म पर्खन्छु’ भनिन् ।
उनले हुन्छ म पर्खन्छु भनिन् । मैले मेरा साथीहरूसँग रामेछाप डेरीमा चिया खाएँ उनले पनि खाइन् तर छुट्टै बसेर । त्यहाँबाट बिदा भएर म काठमाडौँतर्फ गुडेँ । मन्थलीको भैँसेश्वरमा म गाडी इन्ट्री गर्न जाँदा महिलाले मेरो प्रेस कार्ड हेर्न भ्याइछन् । मैले गाडी सेलेघाटतर्फ बढाए पछि तपाईं बोहरा अङ्कल याने सागर भन्ने बोली निस्कियो ।
म झस्केँ कतै ज्योतिष्ीा त होइन ? अनि सोधेँ कसरी थाहा पाउनु भयो ? मुस्कुराइन् । लाग्यो त्योभन्दा राम्रो मुस्कान त अरू कसैको छैन ? त्यति मिलेको ताकी हामी लामो समयदेखि सँगै छांै जस्तो । फेरि सोधँे कसरी पत्तो लाउनु भयो ? आवज निस्केनँ त्यतिबेला त्यो मान्छेलाई त्यही झारेर एक्लै जाऊँ तीन हजार गुमे नि गुमोस् जस्तो लाग्यो । रिसाएर भने –‘सुन्नु भएन ?’
फेरि मुस्कुराउँदै भनिन् –‘लामो यात्र छ । तपाईं मेरो पुरानो मित्र तपाईंले बिर्सनु भयो होला । परिचय गर्छु भनी । मैले गाडी साइड लगाएर उसलाई हेरँे । कतै देखेजस्तो लाग्यो तर ठम्याउन सकिनँ ।
आफैँले भने –‘सरी भन्नुस् ल ।’ उसले खुर्कोट कटेपछि मात्र बताउने सर्तमा मैले गाडी अगाडि बढाएँ ।
उसबाट थप्न शुरू भयो –‘तपाईं पहिला भन्दा धेरै परिवर्तन हुनु भएछ । दाह्री पाल्नु भएछ । लामो कपाल, पहिला भन्दा फराकिलो दाँत । धेरै कुराको परिवर्तन हुनु भएछ ।’
मैले भनेँ –‘तपाईं पनि धेरै परिवर्तन हुनु भएछ कति कि चिन्नै नसक्ने गरी ।’ ऊ हाँसी सेलेघाट आयो । त्यहाँ प्रहरीको सोधपुछ तर चिनेकैले त्यति गाह्रो भएन । सुत्केरी लिएर आएको भनेपछि छाडियो ।
सेलेघाट कट्दा बिहानको ८ बजेको छ । अचानक मैले चिन्दै नचिनेको केटीका तर्फबाट प्रस्ताव आयो –‘कृपया मैले भनेको एउटा कुरा मान्नुस् ।’
‘उम्म’ भनेँ ।
‘पहिले कसम खानुपर्छ भनी ।’ ‘लौ कसम’ भनँे ।
गाडी चलाउदा फुत्त कुरा खुस्केछ । उसले मलाई तपाईंको कपाल काटौं है ?
म त छाँगाबाट खसेजस्तै भएँ । खुर्कोटको पुलपारि आफूलाई आधुनिक नेपाली ‘फिक्सन डिजाइनर’ भन्न रुचाउने कुमार नगरकोटीको घर छेउमा गाडी रोकँे ।
‘के तपार्इं हजाम हो ? भाडा छैन हो ? अनि मेरो कपाल काटिदिन लाग्नु भएको’ जस्ता धेरै प्रश्न ते¥र्साएँ ।
उसले मुस्कुराउँदै भनी –‘म भाडा भनेभन्दा धेरै दिन्छु । फेरि म हजाम होइन । ऊ त्यहाँ नाऊ छ काटेर जौं न भनी ।’
मैले सम्झेँ । कतै बेलुका दिदीले कपाल काट भन्नु भएको थियो । मानेन भनेर मान्छे त लगाइनन् ? होइन फेरि सम्झेँ । कतै ममीको काम त होइन ? मैले ‘नाइँ’ भनेँ ।
उसले ‘तपाईंले कसम त कहिले तोडेको थाहा छैन आज तोड्ने हो ?’ भनी ।
म झस्किएँ । अहँ हुँदैन । विश्वास गर्ने आधार कसम यो तोड्नु हँुदैन भनी चुपचाप साथ झरेर नाऊ भएको ठाउँ शैलुनमा गएँ । कपाल काटेँ । पैसा पनि तिरिनँ । उसैले तिरी अनि गएँ गाडीमा ।
‘तपाईंको परिचय भनेँ ?’ माक्स खोलेको पूरै अनुहार हेर्दा बच्चाको आमाजस्तो देखिने । मैले भने –‘चिनिन् ।’
फेरि उसले मुस्कुराउँदै भनी –‘म तिम्रो साथी हो । जिरीको होस्टलमा सँगै बसेको सनीता खड्का । म छाँगाबाट खसेजस्तै भएँ । मरेतुल्य भएँ ।
‘सरी’ भनेँ ।
ऊ जिरीमा अनमि र म सब ओभर सियर पढ्न सँगै बसेको । यता मेरो आर्मीमा नाम निस्किएर आएँ ।
ऊ त्यहीँ पढ्दै थिई । अनायासै मेरा अँखा रसाए । आँसु झरे । रोएँ ।
ऊ हाँसी तिमी त पहिलादेखि कै रून्छे । रून छाडेका छैनौ ? म लाजले मुस्कुराएँ । गाडी आफ्नै गतिमा थियो । खाली बाटो भएकाले बेस्सरी कुदिएछ । मुलकोटमा पुगिएछ । म ड्राइभर ऊ मेरो यात्रु । अब त्यति मात्र होइन । मिल्ने साथी त्यो पनि महिला ।
खाना खाने सहमति भयो । खाना खान होटल छिर्यौं । लाग्यो जिरीको शिक्षालयको तारबार पार गरेर गुम्बा घुम्न गएको याद् आयो । मैले छाडेपछि कस्तो भयो सोधेँ । नरमाइलो लागेको कुरा गरी । मलाई नि नरमाइलो लागेको कुरा सुनाएँ । अनि जीवन कसरी बित्यो उसको खबर सुनेँ ।
खाना आयो ।
धेरै पछि जुठो पनि खायौं । खाना खाएपछि पैसा तिर्न हानाथाप भयो । म म तिर्छु भन्ने । ऊ उ तिर्छु भन्ने । मैले पैसा निकाल्न खोजेपछि उसको मुखबाट आवाज आयो –‘पुरुषार्थ देखाउन खोजेको ?’
म झस्किएँ ‘होइन होइन’ भनेँ । उसैले तिरी । सम्झँे भाडा नलिनु पर्यो भनेर । गाडी अगाडि बढाएँ । उसले शुरू गरी आर्मीबाट नर्सिङ् सकेछौ । यही साल जागिर छाडेछौ । तिमीजस्तो मान्छेले जागिर त्यो पनि सुरक्षा फौजमा त्यो पनि स्वास्थ्यकर्मी भएर बस्न सक्दैनौ । पहिला नि भनेको हो भनी ।
सोधँे –‘कसरी ?’ यी सब पत्ता भयो । उसले मुस्कुराउँदै भनी म फेसबुक फलो गर्छु ।
म छक्क परँे । ‘तिमी के गर्छौ ?’ उसले भनी –‘साहित्यको स जान्दिनँ । कथा आर्टिकल तिम्रो पढ्छु । राम्रो गरेको देख्छु । मन खुसी हुन्छ । अझ भन्ने हो भने तिमी पढेको विद्यालयको पूर्व विद्यार्थी समाजको अक्षय कोषको संयोजक तिमी भएपछि मैले पनि पाँच हजार हाल्ने भनेर तिमीलाई कति भनेँ ।’
तिमीले मलाई किन तपाईं त्यो विद्यालयमा पढ्नु भएको होइन भन्नुभयो । त्यस दिन सम्झिएँ । तिम्रो इमान्दारिता अझ छ । अन्तिममा मैले हाल्छु भन्यौ । त्यो मेरो छोराको नामबाट खोलेको हो । म झस्किएँ । त्यो तिमी थियौ । अब भने अझ तिमी एकधार हुन नसक्ने पहिलादेखि नै तिमी पढेको विद्यालय अनि पूर्व विद्यार्थी समाजमा म मेरो र टिमको तर्फबाट विवादित भएर तिम्रो राजिनामाको कुरा पनि सामाजिक सञ्जालमा । आयो दुःख लाग्यो । कुरा नमिले छलफल गर्नुपर्छ । अरूको कुरा धेरै सुन्ने गर्नु हुँदैन् । मैले मेरो छोराको नामबाट नै सम्झाएको हो । संस्था छाड्नु हुँदैन् । कुरा नमिले छलफल गर्नुपर्छ । अरूको कुरा धेरै सुन्ने गर्नुपर्छ । तिमीलाई थाहा छ दुई कान एक मुख भगवान्को दिएका छन् । दुई कुरा सुन्दा एक बोल्नुपर्छ ।
तिमीले जिरीमा भनेको याद् छ । म झस्किएर रिसाएजस्तै गरेर भनेँ –‘सबै कुरा मेरो थाहा पाउने भन तिम्रो जब तिमी के गर्छौ ? उसले मुस्कुराउँदै भनी मैले बी एस्सी नर्सिङ्ग सकेँ । लोकसेवा पास गरेँ । अहिले छैटौं तहमा वीर अस्पतालमा नाम निकालेँ । लोकसेवा गाह्रो हुँदोरहेछ’ भनी ।
यत्रो हुँदा पनि मलाई भनौं भनौं लागेन् –‘हेर बोहरा अंकल ! तिमी आफँै भविष्य खोज्दै भौँतारिँदै हिँड्दै थियौ । कता अल्मलाउनु जस्तो लाग्यो । फेरि मेरो बच्चा तिमी रिसाउँछौ कि नसोधी बिहे गर्यो भनेर । त्यसैले त नभनेकी ।’
मैले –‘ओहो म किन रिसाउनु प्रगति हुँदा त खुसी हुनुपर्छ । अनि तिम्रो सर कता हुनुहुन्छ नि ?’ मैले सोधे ।
‘उहाँ विदेश हुनुहुन्छ । डिभी परेर अमेरिका जानु भएको छ । तपाईंका बारेमा मेरो छोराछोरी दुवैलाई थाहा छ । बूढालाई नि ?’
‘ओ ! हो र ? किन भनेको ?’ मैले लुकाउन नै सकिनँ । मेरो बूढाको फेसबुक । किन साथी नबनाएको ? मलाई प्रस्ताव आएको छ ?
उसले हाँस्दै भनी –‘केटीको नामबाट आएको भए गर्थेउ होला । केटाको नामबाट आएको के गर्थेउ ।’
मैले रिसाएर भनेँ –‘तिम्रो नि केटा कै नाम थियो मित्र त्यस्तो होइन ।’ उसले खुसी हुँदै थाहा छ । बोहोरा भनी –‘अनि खुसी हुँदै मैले तिमीलाई एकपल्ट देखेको थिएँ भनी कहाँ अनि किन नबोलेको ?’
उसले भनी –‘म पूर्व राजाको निवासमा ड्युटी गर्थें । हाम्रो अस्पतालबाट जानुपर्छ । त्यतिबेला तिमी हिमानी ट्रस्टको अफिसमा हिमानीज्युलाई भेट्न निवासमा आएको थियौ । मज्जाले बोल्यौ । ट्रस्टबाट तिमीलाई जेजति सहयोग गर्नुपर्छ तयार छ भनेपछि म खुसी भएँ । तर अचम्म तिमी फरक मान्छे फेरि सहयोग माग्न किन आएनौ ।’
मैले जिस्काउँदै भनेँ –‘हेर म आर्थिक रूपमा कुनै कार्यक्रमको योजना तयार भए अनि आउनै परेन् । बन्द खुलेपछि पक्का आउँछु । हुन त तिमीलाई उसै मान्छन् । त्यसमाथि म पनि सहयोग गर्छु –अब ।’
मैले हाँस्दै मुन्टो हल्लाएको थिएँ । त्यसबेला त धुलिखेल अस्पताल छेउमा पो आएछ । नेपालथोक, मङ्गलटार काभ्रे भञ्ज्याङ् कहीँ पनि गाडी दर्ता नै गरिएनछ । कति प्रहरीले सिठ्ठी बजाए होलान् । कति लखेटे होलान् । त्यस्तै गफिँदै म उसलाई लिएर टेकुस्थित कोठामा गएँ । खुसी भएर कोठामा लगेर लस्सी बनाई अमेरिकी बूढो सफा कोठा टन्न सामान आहा ! लसी खाएपछि बूढोसँग कल गरेर जाआंै भनी ।
सम्झेँ । हुर्केका बच्चा । विदेश बूढो । अर्कै सोच्लान् भनेर हुन्छ भने । तर नचिनेको मान्छेसँग बोल्न मन त थिएन् । उसले फोन लगाई । भिडियो कल उता फर्की अनि कोठा आइपुगेको जानकारी गराई ।
अनि बूढाले ‘बोहोरालाई पनि भेट्यौ ।’ सोध्यो अचम्म भएँ । मेरो सामाजिक सञ्जालमा फलो गरेको हुनुपर्छ । ‘अँ’ भनी । ‘गयो’ भनेर उताबाट सोध्यो । ‘आँखा चिम्म गर्नु भनी ।’ उसले गर्यो अनि मलाई फोन दिएर हेर्नु भनी । ऊ आत्तियो र भन्यो ‘बोहोरा जी तपार्इं हाम्रो कोठामा ?’
मैले ‘अँ’ भने । बोल्न नपाउँदै खुसी भएँ भने ‘भिडियो हेरेको थिएँ । सङ्कटमा हुँदा
सहयोग चाहिए भन्नुहोला ।’ अमेरिकी तरिकाबाट पैसाको फूर्ती आयो । मैले आदर्शवादी कुरा गरेर भने –‘हैन अहिले पुग्यो । पर्यो भने पछि भन्छु नि है । उसले फूर्तिसाथ जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता जनायो ।’
फोन राख्ने सहमति भयो । राखियो । अब बिदा मागेँ । उसले मलाई दस हजार रूपैयाँ दिई र भनी –‘यो राख ।’
मैले अस्वीकार गरेँ । ऊ जिद्दी भनौ या मेरो वास्तविकता ‘लानुस् लोन तिर्नुस् पछि मलाई गाह्रो पर्यो भने माग्छु । अहिले तलब खानेले सहयोग गर्ने भोलिपर्सि व्यवसाय गर्नेले तलब खानेलाई सहयोग गर्ने भनी । अझै कि पुग्छ एटिएम् जानु पर्छ’ भनी ।
मैले –‘पर्दैन् पुग्छ भनेर न्याउरो अनुहार बनाउँदै डेरातिर लागँे । पुराना इतिहास सम्झेँ । खुसी लाग्यो । गर्व गर्छु । मेरो पेसाले छुटेका अनगिन्ती साथीहरू भेटाएको छु ।