जिल्ला प्रहरी कार्यालयका ५ जना सहित ६ जनामा कोरोना पुष्टि

भदौ, २७, रामेछाप ।

आज रामेछापका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमित मध्ये ८६ वर्षको एक महिला हुन् भने २७, ४७, ३८, ३४ र २७ वर्षका पुरुष हुन् ।

सो व्यक्तिहरूको स्वाब २३ गते संकलन गरेर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

१ जना महिला मन्थली नगरपालिका हुन् भने ५ जना पुरुष जिल्ला प्रहरी कार्यालय मन्थलीमा कार्यरत छन् ।