नगरपालिकाको सामाजिक सुरक्षा भत्ता अब बैंक मार्फत् वितरण हुने

भदौ २७ । जनता भ्वाइस संवाददाता, रामेछाप


मन्थली नरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंङ्किङ् प्रणाली मार्फत भुक्तानी गर्ने जनाएको छ । नगरपालिकाको यही भदौ २५ गते बसेको बैठकले नगरक्षेत्रभित्र भएका बैंक तथा वित्तिय संस्थाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।


नगरक्षेत्रमा भएको विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले नगरका १४ वटै वडामा काम गर्नका लागि जिम्मेवारी लिने विषयमा गोला प्रदाबाट आफूहरुलाई टुङ्गो लगाएका थिए । बैठकमा भाग लिएका विभिन्न १३ वटा बेैंक र सेवा प्रवाह गर्नुपर्ने वडाहरु १४ वटा भएकोले गोलो प्रथाबाट सेवा प्रवाह गर्ने सहमती भएको हो ।


नगरको केन्द्र वडा मानिएको १ नं.मा सेञ्चुरीबैंकले सेवा प्रवाह गर्ने जिम्मेवारी पाएको हो भने यसै बैंकले वडा नं. १४ मा समेत काम गर्ने जिम्मेवारी पाएको छ । त्यस्तै प्रभु २, नेपाल इन्भेष्टमेन्ट ३, ग्लोबल आइएमई ४, एनआसी एसिया ५, सेन्चुरी कमर्सियल बैंकले ६ नं. वडामा काम गर्ने जिम्मेवारी पाएका हुन् ।


त्यस्तै वडा नं. ७ का लागि एन एनएमबी, ८ राष्ट्रिय वाणिज्य, ९ साङ्ग्रिला विकास, १० लक्ष्मी, ११ कृषि विकास, १२ मेघा र १३ नं. वडामा एनसीसी बैंकले काम गर्ने जिम्मेवारी पाएका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।