खाँडादेवी र दोरम्बाका नागरिकमा कोरोना संक्रमण

भदौ २८, रामेछाप

आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका वडा नं. ३ स्थायी निवासी ५३ वर्षका पुरुष हुन् ।

थप अर्का १ जना भने दोरम्बा गाउँपालिका वडा नं. ४ का २० वर्षिय पुरुष हुन् ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार उनिहरूको स्वाब संकलन रामेछापबाट पठाईएको हैन ।