असोज ६ देखि विद्यालय खुल्छ : अध्यक्ष सुनुवार

भदौ २९, जनता भ्वाइस संवाददाता, रामेछाप
गोकुलगंगा गाउँपालिकाले असोज ६ गतेदेखि आफ्नो पालिकाभित्र रहेका विद्यालय खोल्न सकिने जानकारी दिएको छ ।


आज पालिकाले प्रधानाध्यापकहरूसँगको बैठक सम्पन्न गरेसँगै विद्यालय खोल्ने निर्णय भएको उक्त गाएँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जनता भ्वाइसलाई जानकारी दिएका छन् ।
अध्यक्षका सुनुवारका अनुसार असोज ६ गते भित्र नेपाल सरकारको कोरोना सम्बन्धित मापदण्डलाई टेकेर विद्यालय संचालन विधि पेश गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिएको जानकारी छन् ।


उक्त विद्यालय सञ्चालन विधिलाई कार्यपालिकाले अनुमोदन गरे पछि मात्र विद्यालय सञ्चालन हुनेछ । विद्यालय खोल्ने भनेको समयसम्म वा सो भन्दा पछाडि कोरोनाको प्रभाव बढेमा पुनः विद्यालय सञ्चालन गरिने छैन ।


अध्यक्ष सुनुवारले पालिका भित्रका शिक्षकहरू जहाँ भए पनि असोज ५ गते भित्र सम्बन्धित विद्यालयमा हाजिर हुन निर्देशन गरेको बताएका छन् । उनका अनुसार पिसिआर रिपोर्ट भए वा नभएपनि बाहिरबाट आउने शिक्षकले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ । एक हप्ता पछि कोरोनाको कुनै लक्षण देखिएमा पालिकाले पिसिआर गराउनेछ ।