एसजी छाड्न चाहन्छन् एम्बाप्पे


एजेन्सी । विश्व चर्चित खेलाडी तथा पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले क्लब छाड्ने भएका छन् । २१ वर्षीय एम्बाप्पेले आगामी बर्ष क्लब छाड्न लागेको बताएका छन् ।

एम्बाप्पेले यो सिजन सकिएलगत्तै क्लब छाड्ने घोषणा गरेको बताइएको छ । सन् २०२१–२०२२ को सिजन सकिए लगत्तै उनको पीएसजीसँगको सम्झौता सकिदैछ ।

उनी पीएसजीमै रहन नयाँ कन्ट्रयाक्ट थप्ने बिषयमा कुरा भएको छैन । उनले क्लबका डाइरेक्टर लियोनार्दोलाई पनि आप्नो कन्ट्रयाक्ट सकिन एक बर्ष मात्र रहेको जानकारी गराएको बताइएको छ ।

गएको बर्ष उनी रियल म्याड्रिडमा जाने चर्चा चलेको थियो । कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि आर्थिक अवस्थाका कारण महंगा एम्बाप्पेलाई क्लबले धेरै रकम खर्चेर अनुबन्ध गर्न सकेनन् ।

अहिले भने एमबाप्पेलाई रियल मड्रिडले अनुबन्ध गर्ने चर्चा चलिरहेको छ । त्यस्तै उनलाई अन्य क्लबले पनि अनुबन्ध गर्ने सोच बनाइरहेका छन् ।