वर्षाका कारण ६ घर जोखिममा, पिडितलाई पालिकाको राहत

भदौ २९, रामेछाप ।

गोकुलगंगा गाउँ पालिका वडा नं १गर्जाङ मा भदौ २६गते परेको अबिरल वर्षा का कारण गर्जाङ बस्ने ६ घर परिवार समस्यामा परेका थिए ।

ती ६ घर परिवारलाई पालिका अध्यक्ष खड्क बहादुर सुनुवारको टोलीले  राहत बितरण गरेको छ ।

पालिकाले प्रत्येक परिवारलाई १ बोरा चामल, ५ केजी दाल, चिनी १ केजी, नुन १ प्याकेट्, साबुन ४ वटा, कम्बल १ थान, त्रिपाए २-२ वटा र खानेतेल १ लिटर उपलब्ध गराएको छ ।

भदौ २६ गते अबिरल वर्षाका कारण ६ घर भासिएको र उनीहरूलाई तत्काल उद्धार गरि सुरक्षित ठाउँमा सारिएको थियो ।

घर भासिनेहरूमा छत्र बहादुर बस्नेत, दिलमायाँ बस्नेत, मोहन बहादुर बस्नेत, दिनेश बस्नेत, राज बहादुर बस्नेत र डम्बरबहादुर बस्नेत रहेका छन् ।

पालिका अध्यक्ष सुनुवारले जनता भ्वाईस सँग भने : हामीले पिडितलाई अझै २ हप्ता सो भासिएको घरमा नबस्न भनेका छौँ ।

फोटो : ललिता श्रेष्ठको फेसबुक वालबाट ।