कक्षा १२ को परिक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले तयारी तयारी सुरु गरेको छ। आफू अध्ययनरत विद्यालयमा परिक्षा सेन्टर पायक पर्ने नपर्ने बारे बोर्डले अध्ययन गर्न सुरु गरेको हो ।
कोभिड-१९ को संक्रमणका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरूमध्ये के कति विद्यार्थीहरू महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसोबास गरिरहेका छन् भन्ने अध्ययन राष्ट्रिय परीक्षा बोर्डले सुरु गरेको छ ।
सोको विवरण उपलब्ध गराउन बोर्डका प्रदेश/शाखा कार्यालयहरूलाई बोर्डले सूचित गरिसकेको छ ।
यसका साथै बोर्डले सम्बन्धित सम्पूर्ण विद्यालयहरूले पनि आ-आफ्नो विद्यालयबाट कक्षा १२ को परीक्षा आवेदन फाराम भरेका र हाल विद्यालयको पायक पर्ने स्थान भन्दा टाढाको स्थानमा रहेका विद्यार्थीहरूको हाल बसोबास गरिरहेको स्थान र सो नजिकको कक्षा १२ सञ्चालन भइरहेको विद्यालयको नाम, ठेगाना र कोड कोड उपलब्ध गराउन सूचना जारिगरेको छ ।
विद्यालयको नाम, ठेगाना र कोड बोर्डले आफ्नो website https://www.neb.gov.np मा राखेको जनाएको छ ।। बोर्डले सो विवरण बोर्डका सम्बन्धित कार्यालयहरूमा ७ (सात) दिनभित्र उपलब्ध गराउन भनेको छ ।