लम्पिस्कीन रोग नियन्त्रण तर्फ

भाद्र ३०, सिन्धुलीमाढि ।

सिन्धुलीमा लम्पिस्कीन रोग नियन्त्रण तर्फ रहेको पाइएको छ । जिल्लाको कमलामाई नगरपालिकामा श्रावण अन्तिम साताबाट देखा परेको रोग नियन्त्रणतर्फ रहेको पशु शाखा कार्यालय सिन्धुलीले जनाएको छ ।

नगरपालिकामा अहिलेसम्म १८ वटा पशुहरुमा यो समस्या देखिएको पशु प्राविधिक अर्जुन थापाले बताए । उनका अनुसार लम्पिस्किन रोग देखिएको पशुको शरिरमा खटिरा आउने, ज्वरोआउने, घाँसपानी नखाने, शिथिल हुने जस्ता लक्षणहरु देखा पर्ने गर्दछ ।

अहिलेसम्म नगरमा गाई, गोरु, बाच्छि, भैँसी लगाएत पशूहरुमा यस्तो समस्या देखिएको बताइएको छ ।

नगरपालिकाको पशु शाखा कार्यालयले वडामा कार्यरत पशु प्राविधिकहरुले रोगी पशुको उपचार गर्दै आएका छन् ।

रोग देखिएका पशुहरुलाई लगाउनुपर्ने इन्जेक्सन भने स्थानियले शुल्क तिर्दै आएका छन् । पशु प्राविधिक थापाले अहिले नगरभित्र खासै यस्तो समस्या नरहेको बताए ।

उनले यस्तो समस्या देखिएमा तत्काल वडामा खटिएका पशु प्राविधिकलाई खवर गर्न आग्रह गरे ।