कृषक मैत्री बन्दै गाउँपालिका, आफ्ना कृषकहरुलाई अनुदानको ओइरो (सूचना सहित्)

भदौ ३१, जनता भ्वाइस संवाददाता, रामेछाप


दोरम्बा गाउँपालिकाले कृषकहरु केन्द्रीत विभिन्न कार्यक्रमहरुको सार्वजनिक गरेको छ । गत भदौ २६ गते एक सूचना प्रकाशन गर्दै पालिकाले कृषकहरुका लागि कृषि औजार, फलफूलका बिरुवा, किवी जातको फलका लागि आवश्यक थांक्रा बनाउने सिमेन्ट, तरकारी रोपणका लागि टनेल बनाउने सामग्री अनुदानमा वितरण गर्न लागिएको पालिकाले जनाएको छ ।

हेर्नुहोस् सूचना…


भदौ २६ गते प्रकाशन भएको सूचनाको ३० दिन भित्र निवेदन दिन आग्रह गरिएको सूचनामा कृषक, कृषक समूह, सहकारी, कृषि फर्महरुबाट निवेदन माग गरिएको हो । समूह, कृषि फर्म तथा सहकारीको हकमा गाउँपालिकामा सूचीकृत भएकाहरुका लागि मात्रै निवेदन दिन भनिएको छ ।


सूचनामा भनिए अनुसार अनुदान लिनका लागि १० रुपैयाँको टिकट टाँस गरिएको निवेदनका साथमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, समूह वा सहकारी वा फर्म भएको बैठकको निर्णयको प्रतिलिपि, कर चुक्ताको प्रतिलिपि, तिरो तिरेको रसिदको प्रतिलिपि, गुठी जग्गा भएमा मालपोत तिरेको रसिद् तथा सम्बन्धित वडा कार्यालयको सिफारिस समेत संलग्न गर्न भनिएको छ ।