समयमा मर्मत नहुँदा दुई पालिकाका नागरिक अन्धकारमा

भाद्र ३१, सिन्धुलि ।

सिन्धुलिकाे दुई पालिकाका करिव ३०० घरधुरि अन्धकारमा जीवन काट्न वाध्य भएका छन् । जिल्लाकाे तिनपाटन र फिक्कल गाउँपालिकाका नागरिकहरु स्थानिय तेस्रो वाक्सुखाेला जलविद्युत् अायाेजनाकाे समयमा मर्मत सम्भार नहुँदा अन्धकारमा बस्न वाध्य भएका हुन् । तिनपाटन गाउँपालिकाकाे वडानम्वर ७ र ८ तथा फिक्कल गाउँपालिकाकाे वडा नम्वर २ का नागरिकले उक्त अायाेजनाबाट विधुत् उपभोक गरिरहेका छन् ।

जिल्लाकाे फिक्कल गाउँपालिकाकाे सबै वडा राष्ट्रिय प्रसारण लाईन भने पुग्न अझै सकेकाे छैन । गाउँपालिका उपप्रमुख पार्वती सुनुवारका अनुसार अहिले मर्मतका लागि सामान ल्याउनमै समस्या परेकाे छ । मर्मतकाे सामग्री ल्याउने प्रक्रिया अघि बढेकाे भएपनि देशवाहिरबाट ल्याउनुपर्ने सामान भएकाले पनि समस्या परेकाे उहाँको भनाई छ । थप समस्या त विश्वव्यापि काेराेना तथा वर्षाले थपिदिएकाे उपप्रमुख सुनुवारले बताउनुभयाे ।

नागरिकको याे समस्याको समाधान कहिले हुने भन्ने बारे उहाँले बाेल्न चाहनुभएन । यसैगरि तिनपाटन गाउँपालिकाका प्रमुख कर्ण थापाले याे समस्या समाधानमा अाफुहरु लागिरहेको जिकिर गर्नुभयाे । उहाँले यसअघि अवकाे दशैँ सम्ममा गाउँपालिकाभर राष्ट्रियप्रसारण लाइनकाे विधुत् जाेड्ने बताउँदै अाउनुभएकाे थियाे ।

काेराेना तथा वर्षाकाे कारण अवकाे फागुनसम्ममा विजुलि बालिसक्ने लक्ष्यका साथ काम भैरहेकाे प्रमुख थापाकाे भनाई छ। अहिले वडा नम्बर ७ मा एडिविले काम सम्पन्न गर्न लागेकाे जनाईएकाे छ । यस्तै वडा नम्बर ८,९ लगाएमा पनि धमाधम काम भैरहेको बताईएकाे छ । गाउँपालिका प्रमुख थापाका अनुसार तार, ट्रान्सर्फमर लगाएतका सामग्री लाउने प्रक्रियामा रहेकाे छ । निर्णायक तहमा रहेकाहरुकाे बाेलि मिठाे भए जतिनै कामले गति लिने हाे भने साँच्चै समस्यामा रहेका निर्दाेष नागरिकले राहत पाउने थिए ।