सरकारी जागिर : “दिन कटनी- मानो पचनी”

शिर्षकले अन्यथा अर्थ नलागोस । तर हाम्रा प्राय जसो सरकारी अड्डाहरुको हालत यती अराजक छ कि, जुन कुराको एक उदाहरण म एक  केही समय अघि राजधानीको एक सरकारी कार्यालय जाने काम परेको हुनाले खाना खाएर पौने दश बजे नै सो सरकारी कार्यालय (एक अत्यन्तै व्यस्त विभाग) मा पुगियो । कार्यालयमा कोही नआइसकेको हुनाले केहीबेर त्यसै मोबाइल चलाउँदै बस्दै थिएँ, एकै छिनमा हुलका हुल कर्मचारीहरु दश बज्न पाँच मिनेट अगाडि नै आइपुगे । मैले सोचे लालबाबु दाजूले अनुगमन संयन्त्रलाई साह्रै चुस्त बनाएछन् क्यारे, सरकारी कार्यालयमा त कर्मचारीहरु समय भन्दा अगाडि नै आउन थालेछन् । म केही पर बेन्चमा बसेर हेरिरहेको थिए, यो सबै दृश्य ।

तर कर्मचारीहरु सरासर आए इ–एटेन्डेन्स (विद्युतिय हाजिर) मा औला थिचेर पुन हुल बाँधेर बाहिर निस्किए । मैले सोचे कि होला कुनै २/४ मिनेट काम परेर निस्किएका होलान् भनेर तर घडिले १०:४० हानि सक्दा बल्लतल्ल कार्यालय सहयोगी कर्मचारीको पदार्पण भयो । उनी सानो टालो र दुई वटा मिनिरल वाटर लिएर भित्र छिरेका थिए र केही क्षणमै बाहिर निस्किए । त्यतिञ्जेल सम्म सेवाग्राहीहरुको लाइन लगभग ५० मिटर पर पुगिसकेको थियो । कार्यालय सहयोगी दाईलाई सोध्यौँ हामीले कि, यो शाखाको सेवा कतिबेला सुरु हुन्छ भनेर । उनले आफूलाई थाहा नभएको र हाकिम साबलाई सोध्न भने । अनि हाकिम साब चाँहि कहाँ हुनुहुन्छ त ? भनेर सोध्दा आउने बेला भयो भनेर उत्तर दिए । त्यतिञ्जेलसम्म ११ : १४ भइसकेको थियो । सेवाग्राहीहरुको लाइनमा ठेलामठेल अनि पेलानपेल बढ्दै थियो । यद्यपी काउण्टर अझै खुलेकै थिएन ।

विद्युतिय हाजिर भएको कारण समयमै आइ हाजिर गर्ने र हाजिर पश्चात पून आफ्नो काममा लाग्ने परिपाटी नै रहेछ त्यस कार्यालयको । फटाहहरुलाई विज्ञान र प्रविधिहरुले पनि नसक्ने रहेछ जस्तो लाग्यो । के भएर मेरो काम यत्तिका ढिला भनेर जिज्ञासा राखे ।

लगभग ११:२५ पश्चात केही कर्मचारीहरु आए । आउना साथ अन्य सहकर्मीहरुसँग हाइहेल्लो, सञ्चो–विसञ्चो सोध्न थाले । अनि हिटर बाल्ने, इमेल चेक गर्न लगभग २०–२५ मिनेट जति लगाए पछि काउण्टर ओपन गरे तर त्यतिञ्जेल सेवाग्राहीको लाम थामिनसक्नु भइसकेको थियो । लगभग १२:०० बजेबाट सुरु भएको सेवा सुरु भएको १५ मिनेट नबित्दै कम्प्यूटरको सर्भर बिग्रिएको हुनाले पूनः झ्याल बन्द गरियो । आफ्नो काम सकिनै लाग्दा फेरी स्थगित भएकोले म केही आक्रोशित हुँदै कार्यालय कक्षभित्र बुझ्न भनि छिरे । भित्र पुग्दा त दश बजे भन्दा अगाडि कार्यालयमा आइ हाजिर गर्ने मानिस पो रहेछ त्यहाँको कर्मचारी त । विद्युतिय हाजिर भएको कारण समयमै आइ हाजिर गर्ने र हाजिर पश्चात पून आफ्नो काममा लाग्ने परिपाटी नै रहेछ त्यस कार्यालयको । फटाहहरुलाई विज्ञान र प्रविधिहरुले पनि नसक्ने रहेछ जस्तो लाग्यो । के भएर मेरो काम यत्तिका ढिला भनेर जिज्ञासा राखे ।

कम्प्यूटर सर्भर बिग्रिएको र आइ.टी. टेक्निसियनलाई खबर गर्नलाई फोन गरिसकेको तर सम्पर्क हुन सकेको छैन भनेर उनी गोजीबाट मोबाइल निकालेर युट्युब भिडियो हेर्न लागे । अर्को कोठाको सुब्बासाब पनि आफ्नो पनि सर्भरले काम गरेन भनेर त्यहि कोठामा आइपुगे । अनि सुरु भयो थाङने गफ । “हिजो फलानाको पार्टीमा गएको अलिबढि चढाइएछ क्यारे, कस्तो ह्याँग भइरहेको छ” स–गर्व बताइरहेका थिए । त कोही अघिल्लो दिन (शनिबार) खेलेको म्यारिचमा यत्ति हारेको र यति मारेको बखान गर्दै थिए, उनीहरुका त्यस्ता बकमफूसे कुरा सुन्दा यत्ति झर्को लागिरहेको थियो कि मिल्ने भए भकूरेर नै हिडौँ जस्तो, अनि मैले ए हाकिमसाब टेक्निसियनलाई पूनः एकपटक अलि सिरियस भएर फोन गर्नुस न प्लिज भनेर आग्रह गरे । उनीहरुले झन् मजाक मिश्रित स्वरमा सिरियस भएको फोनको वेवलाई थाहा हुन्न नि भाई, जति सिरियस भएपनि फोन नलोगेसी हामीले के गर्नु र, बरु तपाई यहाँ नबस्नु जानु बाहिर भने ।

नेपाल सरकारले अघि सारेको मुस्कान सहितको सेवाको नारा यस विभाग सम्म चाहि नआइसकेको पो हो कि जस्तो लाग्यो र सो दिनको समय र हैरानी खेपेर म लगायत हामी सबै निहर्य सेवाग्राहीहरु आ–आफ्नो गन्तव्य तर्फ फर्कियौँ । 


मलाई साह्रै रिस उठ्यो र अब त अत्ति नै भयो यीनीहरुको कम्प्लेन नगरी कहाँ छोड्छु र भन्ने लागेर आए अनि कार्यालय प्रमुख (जो महिला थिइन्) उनको रुममा गएँ । त्यहाँ पुग्दा त ऊनी झन हिन्दि सिरियल नागिन–३ यूटुबमा अन्य महिला कर्मचारीहरुलाई आमन्त्रण गरी मज्जा मानी–मानी मोबाइलमा हेरिरहेकी रहिछन् भन्ने नागिन–३ को पाश्र्व संगीतबाट प्रष्ट भइरहेको थियो । अन्य महिला सहकर्मी र कनिष्ट कर्मचारीहरु पनि अघिल्लो दिनको टेलिसिरियलको समिक्षा र आफ्ना घरायसी इतिवृतान्त सुनाउँदै थिए । यो सब देख्दा अवाक् भए तापनि आफ्नो समस्या र सेवा लिन बिलम्ब भइरहेको घटना विवरण सुनाए । उनले-“ए ल ल तपाई बाहिर जानुस् के भएको हो म बुझौला” भन्ने हलुका ढाढस मिश्रित जवाफ दिई डिस्टब नगरोस् भन्ने आशयले मलाई बाहिर पठाइन् ।

बाहिर आउनसाथ सबै कर्मचारीहरु ग्वार्गग्वार्ति बाहिर निस्किए किनकि त्यसबेला सम्म खाजा समय भइसकेको रहेछ ।उनको ढोका अघिल्तिर बकाइदा सानो कागजमा लेखिएको थियो कि खाजा समय यति समय देखि यति हो भनेर तर उनीहरुले खाजा खाएर पारिलो घाममा गएर सुन्तला बदाम छोडाएर २० मिनेट बढी बसे । सेवाग्राहीहरुको लम्बेतान् लाइन । ठेलामठेल र घचेटाघचेट उस्तै छ तर सो कार्यालयका कोही पनि कर्मचारीहरु त्यस कामप्रति सचेत थिएनन् । आपसमा गफिन्थे अनि गलल्ल हाँस्थे । निर्धारित समयभन्दा २० मिनेट ढिलो कार्यकक्षमा प्रवेश गरेका उनीहरुले सेवाग्राहीहरुलाई बेवास्ता गरेको देख्दा यति रिस उठ्ने गर्दथ्यो कि यहाँ उल्लेख गरि साध्य छैन । लगभग आधा घण्टा सर्भर पक्कै बन्छ र काम फत्ते गर्न सकिएला भनेर बस्दा पनि काउण्टर नखुलेको हुदाँ प्राय सबै सेवाग्राहीहरु आक्रोशित भइरहेको बेलामा भित्रबाट खबर आयो ३ बजे पश्चात आर्थिक कारोबार बन्द हुने भएकोले लाइन नबस्नुहोला भन्ने जानकारी गराएर पाले दाई जानुभयो ।


सो दिन त्यस कार्यालयका कर्मचारीहरुले एकजना पनि सेवाग्राहीहरुको काम गरेनन् । कनिष्टहरुले काम गरे–नगरेको अनुगमनको जिम्मा लिएका हाकिमसाब देखि का.स. सम्म सबैको पारा, शैली, स्वभाव र व्यवहार उस्तै टर्रा खालको । नेपाल सरकारले अघि सारेको मुस्कान सहितको सेवाको नारा यस विभाग सम्म चाहि नआइसकेको पो हो कि जस्तो लाग्यो र सो दिनको समय र हैरानी खेपेर म लगायत हामी सबै निहर्य सेवाग्राहीहरु आ–आफ्नो गन्तव्य तर्फ फर्कियौँ । 


नेपालको अन्तरिम संविधान २०६३ ले परिकल्पना गरेको संघिय शासन प्रणालीलाई सार्थकता प्रदान गरेको नेपालको संविधानको शासकिय स्वरुपको संरचना अनुरुप अहिले देशमा भएको संघ प्रदेश र स्थानीय तह लगायतका तीनै सरकारको स्थापना भई कार्य संचालनमा रहेका छन् । संविधानले नै सृजना गरेको दायित्व, कानुनी प्रावधान र मुलुकको संघात्मक शासन पद्धति अनुरुप राज्यका संयन्त्रहरु पनि त्यस्तै अनुरुप हुनुपर्ने हो तर यहा हाल एक यस्तो ग्रसित मानसिकता हाबी भएका कर्मचारी-तन्त्र छ कि, जुन बरु शहर केन्द्रित कार्यालयहरुमा घाम तापेर ऐस आराम साथ नै जिवनभर जागिर खाउँ भन्ने दरिद्र मानसिकता बोकेर बसेका कर्मचारीहरुको एक ठूलो जमातले हामी स्थानीय तहमा कुनै हालतमा जादैनौ भनेर अड्डि बसेर बसेका छन् ।

मेरो बुझाइमा  नेपालको कर्मचारीतन्त्रमा विद्यमान त्रुटी हटाउने हो भने देहायनुसारका पहलकदमी चाल्न सकियो भने प्रशासन संयन्त्र चुस्तदुरुस्त हुन सक्छ :-

१. नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयन गर्ने, सबैले देख्ने स्थानमा स्पष्ट बुझिने गरी टाँस गर्ने, जहाँ सेवा प्रभावकारी नभएमा उजुरी गर्न निकायको फोन नं, ठेगाना र सो को सुनुवाई प्रकृयाबारे स्पष्ट उल्लेख गर्ने ।


२. प्रत्येक कार्यकक्षमा सिसि क्यामेरा जडान गर्ने र अनुगमन गर्ने अधिकारीको अनुगमन माथि पनि तालुकदार निकायबाट अनुगमन गर्ने ।

३. सेवाग्राहीहरुसँग विनम्रता पूर्वक व्यवहार गर्ने यदि सो गरेको नपाइए कानुनी कारबाहीको प्रकृया अगाडि बढाउने ।


४. उजुरी/गुनासो पेटिका कार्यालय प्रमुख, विभागिय प्रतिनिधि, संचारकर्मी एवम् अधिकारबादी संघसंस्थाको रोहबरमा प्रत्येक साता खोल्ने र गुनासाहरुको उचित सम्बोधन गर्नका लागि एक समिति बनाउने 


५. सानो कामको लागि दशतिर भौतारिनु पर्ने सेवाग्राहीहरुको बाध्यत्मक अवस्थालाई सम्बोधन गर्न एकै कोठा वा लाइनमा सेवा प्रदायकहरुको सेवालाई एकै स्थानबाट काम गर्ने ।

६. कार्यालय हाताभित्र मात्र होईन आसपास एरियामा समेत विचौलियाको पूर्ण निषेध गर्ने ।


७. अख्तियार, संचार जगतको बढ्दो निगरानीको कारण प्रत्यक्ष घुसघोरी बन्द भएतापनि ‘टेबुलमुनिको चलखेल’, ‘साँझपखको भेटघाट’ अनि बाहिर’ कतै भेटघाट लगाएका कार्यलाई’ विशेष निगरानी राख्ने, साथै भ्रस्टाचार प्रत्यक्ष मात्र हुन्न्, अप्रत्यक्ष रुपमा पनि भईरहेको हुन सक्छ भनेर सचेत भई अप्रत्यक्ष भष्ट्रचारको बारेमा सरकार सचेत हुने ।


८. स्वार्थको द्धन्द्धलाई निरुत्साहित गर्ने


९. सीप र दक्षता कम भएका कर्मचारीहरुलाई आवश्यकता पहिचान गरी तालिम गोष्ठी लगायतका सीप विकास हुने खालका कोचिङ कक्षाको व्यवस्थापन गर्ने


१०. बढि भीडभाड र सेवाग्राहीहरुको उच्च चाप हुने शाखामा बढि नै जनशक्तिको व्यवस्था गर्ने । कम्प्यूटरको “कि” खोज्दै अत्यन्तै ढिलो टाइप गर्ने खालका कर्मचारीहरुलाई अन्य शाखामा स्थानान्तरण गरी दक्ष कर्मचारीहरुलाई मात्र सो जिम्मा दिने ।


११ सेवाग्राहीहरु लाइनमा बस्नुपर्दा कुपन प्रणालीको व्यवस्थापन गर्ने ।

१२. वृद्धवृद्धा, बालबालिका बिरामी अपांगता भएका गर्भवती, सुत्केरी लगायतलाई लाइनमा नबसी सहज सेवा पाउने व्यवस्था मिलाउने ।

१३. सरकारी कार्यालयको सबैभन्दा ठूलो भष्ट्र प्रवृति भनेको ढिलासुस्ती र आलाटाले प्रवृति भएको कारण सर्वसाधारणले ढिला हुदाँ बढि खर्च र समय बर्बाद हुने हुदाँ सर्वसाधारणले घुस दिन आफै बाँध्य हुने हुदाँ ढिलासुस्तीलाई भष्ट्रचारको मूख्य इण्डिकेटर बनाइ ढिला गर्नेलाई पनि कारवाही गर्ने परिपाटीको बिकाश गर्ने ।


१४ स्नाकोत्तर पास गरेकाहरुले पनि सामान्य फारम भर्न दलाल वा लेखनददास कै सहारा लिनुपर्ने बाध्यात्मक कारणको विश्लेषण गरी कि सम्पूर्ण फारम भित्र कै कर्मचारीहरुले भरिदिनुपर्ने प्रावधान बनाइने नत्र महेन्द्र राजाको पालामा सुरु हुदाँ ताकाको लिपि र भाषा प्रयोग नगरी कुन भाषाले सर्वसाधारण सेवाग्राही सहज मान्छन् सोही अनुसारका फारम, टेम्प्लेट इत्यादिको प्रयोग गर्ने ।


१५. कुन सेवा कति समय सम्ममा उपलब्ध गराउने र सो नसकिनएको अवस्थामा के क्षतिपूर्ति दिने भनेर राज्यले सुरु गरेको “क्षतिपूर्ति सहितको सेवा” लाई राष्ट्रव्यापी बनाउने र यसको प्रभावकारीता वृद्धि गर्न क्षतिपूर्ति पनि तुरुन्तै प्रदान गर्ने ।

१६. कार्यालय प्रमुखले प्रत्येक कर्मचारीहरुको मासिक, त्रैमासिक, अर्धबार्षिक एवम् बार्षिक कार्ययोजना/टार्गेट दिने अनि सो पूरा गर्न नसकेमा के हुने भनेर स्पष्ट हुने योजना बनाउन लगाउने र सो प्रभावकारी अनुगमन गर्ने (यसका लागि केही राम्रा गैससको असल अभ्यास पनि दिन सकिनेछ ।)
१७. कर्मचारी क्यारियर प्लान अर्थात व्यवसायिक योजना बनाउने र सो को प्रभावकारी रुपमा अनुगमन गर्ने ।


१८. अनुगमन तथा राष्ट्रिय सतर्कता केन्द्रबाट समय–समयमा हुने कर्मकाण्डी अनुगमनलाई थप प्रभावकारी बनाउन अनुगमनकर्ता माथि पनि छड्के अनुगमन गर्ने ।


१९. जिल्ला इलाका लगायतका अन्य संघसंस्था हरुको बैठक, तालिम, अनुगमनमा जाने र गएका कर्मचारीहरुले आफ्ना जिम्माका काम अरुलाई सुम्पेर मात्र जाने,  यदि बिदा बस्नु परेमा पनि सोही अनुसारको व्यवस्था गर्ने । अन्य संघसंस्था तथा निकायका कार्यक्रममा गएका कर्मचारीहरुले त्यहाँ गएर के के गर्छन् जानु पूर्व आफ्नो विभागमा ब्रिफिङ गर्ने र फर्किए पश्चात रि–ब्रिफिङ गर्ने र अनुभव साटासट अर्थात सहकर्मीहरुबीच सेयरिङ सेशन गर्ने र सो को दस्तावेजीकरण गर्ने ।


२०. कर्मचारीहरुको सेवा सुविधा तथा तलबलाई बार्षिक महंगी करको वैज्ञानिक विश्लेषण अनुसार समयानुक बनाउने । काठमाडौँमा एक खरिदारले परिवार पाल्न हालको तलबले सम्भव छ त ? सोको विश्लेषण गर्ने र सोही अनुसार सेवा सुविधा व्यवस्थ गर्ने ।

२१. हाम्रालाई भन्दा राम्रा कर्मचारीहरुलाई योगदानको उचित कदर गर्ने, प्रोत्साहन गराउने ।

२२. हरेक विभागिय प्रमुखले आफ्ना कर्मचारीहरुलाई सकारात्मक मनोभाव विकास गर्ने समयानुसार योगशास, मोटिभेशनल स्पिच शेसनको व्यवस्था गर्ने ।


२३. सरकारी कार्यालयहरु सरसफाइ गर्न एथेष्ट सामग्रहीहरु कर्मचारीहरुको व्यवस्था गर्ने, यदि सरसफाइ नभएको पाइएमा सम्बन्धित कर्मचारीहरु र विभागिय प्रमुखलाई कारबाही गर्ने ।


२४. ह्विलचियर, सेतोछडी तथा अन्य शारीरिक विकलांग भएका सेवाग्राहीहरुको सेवामा पहुँच पुरयाउन अपांगता मैत्री, महिला मैत्री,  बालबालिका मैत्री वातावरण सन्तुलन मैत्री, कार्यालय स्थापना गर्ने र सो को प्रवद्र्धन गर्ने कार्यालयलाई नियामक निकायबाट वार्षिक पुरस्कृत गर्ने एवम् प्रोत्साहन गर्ने ।


२५. कर्मचारीहरुले पूरा समय काम गरे तापनि उनीहरुले पुर्याएका सेवा कत्तीको उत्पादकमूलक रह्यो भनी विभागिय प्रमुखले साप्ताहिक रुपमा विश्लेषण गर्ने र बढि प्रभावकारी बनाउन “ग्याप-एनालाइसिस” गरी सो ग्याप मेटाउन कार्ययोजना बनाउने ।


२६. कार्यालय परिसरभित्र फेसबुक, यू–टुव, इन्स्टाग्रम, म्यासेन्जर, इमो लगायतका सामाजिक संजाल पूर्ण रुपमा बन्देज लगाउने ।


२७ समय समयमा गरिदै आइएको सार्वजनिक सुनुवाई, सामाजिक लेखापरिक्षण सार्वजानिक खर्च पच्छ्याउने टुल्स, सामुदायिक अंकपत्र कार्यक्रम, पब्लिक अडिट, सेवाग्राही र सेवा प्रदायकहरु बीचको अन्तरक्रियात्मक कार्यलाई कर्मकाण्डी मात्र नबनाई यसलाई प्रभावकारी बनाउन विभागिय प्रमुख एवम् सरोकारवालाहरु सचेत हुने र यसलाई पनि सो कार्यालय सफलताको एक महत्वपूर्ण सूचक मान्ने ।

अन्तमा माथि उल्लेखित सत्ताइस बुदे केवल ‘प्रतीनिधी सुधारका उपायहरु’ अबलम्बन गर्न केही केहीमा बाहेक अन्यमा ठूलो धन राशी नलाग्ने हुदाँ हामीले केवल आफ्नो मनलाई ठूलो बनाउन सकिएमा मात्र पनि हाम्रो सरकारी सेवा उत्कृष्ट सेवा प्रदान गर्ने मुलुकको प्रशासन मान्न सकिन्छ । 
अन्त्यमा, मेरो यस आलेखको मर्म यो हुँदै होइन कि, हामीमा असल नियतका सरकारी जागिरे छदै छैनन भन्ने कदापी होईन ।

बिद्दत अनि इमान्दार कर्मचारीहरु पनि यहाँ छन । उनीहरु केहि जनाको ब्यवसायिक इमान्दारित, कडा मेहनत र अथक प्रयासबाट नै यो सिङ्गो बिरासत अहिले सम्म” रास्ट्रसेवक” भनेर धानिरहेको छ । र गर्वले छाती चौडा पारिरहेको छ । उल्लेखित सम्पूर्ण बुदाहरु हाम्रो सार्वजनिक प्रशासन संचालन कार्यविधिमा स्पष्ट रुपमा उल्लेख भएको हुदाँ हामीमा नियमको अभाव नभई केवल नियतको मात्र अभाव देखिन्छ । हाम्रो सार्वजनिक सेवा प्रदान गर्ने नियामक निकायले हाम्रो सेवालाई ‘दिन कटनी मानो पचनी’ रुपमा अगाडि बढाउने कि यसलाई सुधारेर उत्कृष्ट सेवाको थालनी गर्ने बैलैमा घोतिलिन अपरिहार्य भइसकेको छ । जय सार्वजानिक सेवा..!