सरकारी हस्तक्षेपका कारण पत्रपत्रिकाको वर्गीकरणको नतिजा आएन

प्रेस काउन्सिल नेपालले सरकारी हस्तक्षेपका कारण आर्थिक वर्ष २०७५/०७६ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा निकाल्न नसकिएको जनाएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सारा प्रक्रिया पूरा गरिसकेर समयमा नै आर्थिक वर्ष २०७५/२०७६ का पत्रपत्रिकाको नतिजा निकाल्ने कार्य सरकारी हस्तक्षेपका कारण पूरा गर्न नसकिएको दावी गरेका छन् ।

सरकारसँगको स्वायत्तताको लडाँइका कारण आफूहरूमाथि हस्तक्षेप भएको उनको भनाइ छ । ‘स्वायत्तताको पक्षमा उभिएकै कारण कोरोना कहरका बीच पनि सारा प्रक्रिया पूरा गरिसकेर समयमा नै आर्थिक वर्ष २०७५/२०७६ का पत्रपत्रिकाको नतिजा निकाल्ने कार्य सरकारी हस्तक्षेपका कारण पूरा गर्न नसकिएको तीतो यथार्थ तपाईंहरूसामु प्रष्ट राख्न चाहन्छु’ श्रेष्ठले भनेका छन् ।