बाल निबन्ध प्रतियोगिता निबन्ध पठाउने समय थप, कहिलेसम्मका लागि थप भयो ? हेर्नुहोस् (सूचना सहित्)

असोज ०७ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
जनता भ्वाइस डट्कमले आयोजना गरेको विश्वस्तरीय बाल निबन्ध प्रतियोगिता –२०७७ को समय थप गरिएको छ ।


यस अघि भदौ २१ गते जनता भ्वाइसले एक सूचना प्रकाशन गर्दै कोरोना भाइरसले शिक्षामा पारेको प्रभाव लगायतका विषयहरुसँग सम्बन्धित समग्रमा शिक्षा सम्बन्धी बाल निबन्ध प्रतियोगिता पठाउन सूचना गरेको थियो ।


कोरोना भाइरस कोभिड १९ का कारण केही दिन अघिदेखि मात्रै वैकल्पिक सिकाई केन्द्र मार्फत् शिक्षण सिकाईमा विद्यालय र विद्यार्थीहरु सहभागी भएसँगै प्रतियोगिताको जानकारी विद्यार्थी तहसम्म पुगेकोले सबै विद्यार्थीलाई समेट्नका लागि आगामी असोज २२ गतेसम्मका लागि समय थप गरिएको हो ।


थप गरिएको समयसीमा अनुसार आगामी असोज २२ गते रातको १२ बजेसम्म विद्यालयतहका बालबालिकाहरु (कक्षा १ देखि १२) ले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको अन्तिम मूल्याङ्कनको नतिजा आगामी कार्तिक २ गते सार्वजनिक गरिने जनता भ्वाइसका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन् ।