ज्योति लाइफले बनायो फोटो फ्रेम

असोज ०९ । जनता भ्वाइस संवाददाता, रामेछाप ।

रामेछापका सहयोगी मन (रासम)ले बनाएको बिटार पार्कमा भ्रमण गर्नेहरुका लागि लभ आकारको फ्रेम निर्माण गरेको छ ।

सो लभ आकारको फ्रेम निर्माण गर्नका लागि ज्योति लाइफ इन्सुरेन्स कम्पनीले सहयोग गरेको हो ।

ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी उप-शाखाका प्रमुख देवबहादुर श्रेष्ठका अनुसार ‘आफ्नो कम्पनीले उक्त स्थानलाई हराभरा बनाउन त पार्क घुम्न आउने हरूलाई फोटो खिच्नका सो फ्रेम बनाएको प्रतिक्रिया दिएका छन् ।’

आफ्नो कम्पनीले लगानी गरी आफ्नो कम्पनी जीवन बिमा गर्ने मात्रै भन्दा पनि सामाजिक उत्तरदायित्वका लागि पनि लागिपर्ने श्रेष्ठ बताउँछन् ।

६ महिने लामो लकडाउनको सदुपयोग गर्दै यो पार्क बनाएको रामेछापका सहयोगी मन रासमले मन्थलीमा फुडबैंकको समेत संचालन गरिरहेको छ ।