सरकार होइन, नागरिक नै दोषी हुन्

हामी सधै भरि सरकार दोषी हो भन्छौँ, बुझ्दैनाँै हामी नागरिक नि दोषी छौँ भनेर । हेर्ने हो भने राजतन्त्र र अहिलेको सरकारको कार्यशैली उस्तै उस्तै छ । हिजो जनयुद्ध पछि हामीले सोचे जस्तै नेपाल हुन्छ भन्नेमा हामी विश्वस्त थियौं । त्यसैले पढ्दै गरेको किताब फालियो । बन्दै गरेको रक्सी पोखियो । गाउँका धनीलाई गाउँ निकला गरियो । त्यसको फलस्वरूप आज आम नागरिकले दुःख पाएका छन् । सरकार अबला छ । दैनिक २÷३ जनाले भोकले मर्छन् ।

सयौं जना भोकभोकै हिँड्छन् । सरकार खानको लागि काम नगर भन्छ । अब के बुझौँ, हामीले हामी दोषी हौँ । किन हिँडेका भोक भोकै । सरकार भोका नागरिक देख्दैन, यो संकटमा नागरिक बचाउनमा होइन कर्मचारीलाई तक्मामा १० करोडमा खर्च गर्छ । आखिर त्यो पैसाले सिन्धुपाल्चोक स्थित पहिरो पीडितलाई राहत दिएको भए आम नागरिक खुशी हुने थिए । व्यवसाय गर्नेहरु आज आत्माहत्याको अन्तिम चरणमा छन् । त्यति भएन अधिकांश व्यवसायी मानसिक रोगको सिकार छन् । सरकारको ध्यान यता जाँदैन कमिसन तिर मात्र हो । देशको गहना मानिने कुलमान घिसिङले कार्यकारीमा नियुक्ति पाउँदैनन् । किनकी कुलमान कमिसन दिँदैनन्, लिँदैनन् ।

आम नागरिक समक्ष सार्वजनिक गर्छन् । त्यस्ता मान्छेलाई नियुक्ति दियो भने आउँदो चुनावम पैसा हुँदैन र चुनाव हारिन्छ भन्ने अनुमान छ । अचम्म र देशमा हेर्ने हो भने, नागरिकहरू सडकमा शान्तिपूर्ण आन्दोलन समेत गर्न नपाउने भए । तर केही दिन आगाडि पार्टीको आन्तरिकद्वन्द्व चलेपछि सरकारको राजिनामा माग भयो । त्यतिबेला हजारौँको हुलमा चोकचोकमा खेतालाहरु सरकार बचाऊ पक्ष आन्दोलन गरेको हामी सबैले देख्यौंँ ।

अझ भन्ने हो भने त्यसमा प्रहरीहरुको सुरक्षा सहित् । अझ महत्वपूर्ण कुरा प्रहरीहरु सत्य के हो ? बुझ्न नसक्दा आम नागरिकको नजरमा प्रहरी प्रति विश्वास घट्दो क्रममा छ । प्रहरीले विचार गर्नुपर्ने सोच्नु पर्ने हो । तर होइन आदेशको पालना गर्दा आज देश संकटतिर धकलिँदै छ ।


होला सुनिन्छ कुलमानले गरेका होइनन्, उज्यालो नेपाल यो सिस्टममा भएको भन्य छ । तर म मान्दिँन । किन भने १८ घण्टा दैनिक लोडसेडिङ् त थियो नै । त्यहाँ माथि ७ बजे रातीसम्म सडकमा देखिने हाकिम एउटा कुलमान मात्र हुन् । त्यसैले मेरो देशमा विरामी रोगी होइन । सबै क्षेत्रमा कुलमान जस्ता मान्छे चाहिन्छ । र मात्र परिवर्तनको सम्भावना छ । नियुक्ति हेर्ने हो भने आफ्ना र आफन्त मात्र छन् । के यही हो समृद्ध नेपाल सुखी नेपाली ?


हिजो फालिएको किताब पढेको भए आज असल नागरिक हुनेथियो । रक्सी नफाली यसलाइ सिल पर्नु पर्छ । बजारीकरण गर्नुपर्छ । बैधानिक दिलाउनुपर्छ । र अन्तराष्ट्रिय बजारमा नेपाली कोदोको रक्सी बेच्नु पर्छ भन्ने आन्दोलन गरेको भए आज सबै नेपाली समृद्ध हुने थिए । गाउँगाउँमा हजारौं कुलमान जन्मने थिए ।


हामी अहिले जस्तै रुष्ट भए पनि आउदो निर्वाचनमा मतदान गर्ने यिनै नेता हुन् । चुनावताका लोभ्याउँछन्, फकाउँछन् र जित्छन् चुनाव पनि । फेरि पनि दोहोरिने यस्तै यस्तै नै हो । त्यसैले हाम्रो नेपामा राष्ट्रपति हिँड्दा बाटो खाली र करोडौंको गाडी होइन सडकमा हिड्ने नागरिकसँग हात मिलाएर हिँड्ने चाहिएको हो । मन्त्रीहरु झन्डावाला गाडी होइन, आफ्ना विभागका कार्यलयहरुमा भाडाको गाडी चडेर अचानक अनुगमनमा पुगुन् ।

ताकी यातायातमा समस्या थाहा हुन्छ । अर्को कुरा नागरिकको गुनासो सुन्न पाइन्छ । कर्मचारीले काम गर्छन् । त्यसैले यो संकटमा बसेर सरकारको गतिविधि हेर्ने हो भने हामीले गलत ठाउँमा मत हालेछौँ । समृद्ध नेपाल सुखी नेपाली नहुनुमा सरकार भन्दा नागरिक दोषी हुन् ।