रासम लाग्यो बजार सफाई अभियानमा, नगरप्रमुख सहित् स्थानीय व्यापारीको समेत सक्रिय सहभागिता

असोज १० । सविना कार्की


रामेछापका सहयोगी मन (रासम) मन्थली बजार सरसफाई कार्यमा लागेको छ । समाजसेवाको भावनाले भरिएका रासम सदस्यहरुले लकडाउनको सुरुआती दिनहरुमा सुकाजोर बगरमा रहेको बिटार पार्क सजाउनेदेखि लिएर फुडबैंक संचालनदेखि अहिले मन्थली बजार सरसफाईमा लागेको हो ।

तस्वीर : रासम लगायत स्थानीय व्यवसायी बजार सफाइ अभियानमा । जनता भ्वाइस


आज बिहान ७ बजेबाट सुरु भएको बजार सफाई अभियानले ९ बजेसम्म निरन्तरता पाउने छ । मन्थली नगरप्रमुख रमेशकुमार बस्नेत सहित् रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्याम थापा, वरिष्ठ उपाध्यक्ष नवीनकुमार थापा मगर, स्थानीय व्यवसायी सबैको उत्साहजनक सहभागीता रहेको छ ।

तस्वीर : रासम लगायत स्थानीय व्यवसायी बजार सफाइ अभियानमा । जनता भ्वाइस


पछिल्लो समयमा मन्थली बजारमा बढ्दै गएको सडक नालाको फोहोर प्रति कसैको चासो नदेखिएको र बेलाबेलामा यस बारेमा प्रश्न उठ्न थालेपछि रामेछापका सहयोगी मन जुर्मुराएको रासम सदस्य सुनिल रायमाझीले जनता भ्वाइसलाई जानकारी दिए ।
रासमले आजबाट सुरु गरेको बजार सरसफाई अभियान सप्ताहव्यापी चल्ने रामसले जानकारी दिएको छ ।