रासमको सरसफाई अभियानको आज दोस्रोदिन, स्थानीयको व्यापक सहभागिता

११ असोज । सविना कार्की


रामेछापका सहयोगी मन (रासम) ले हिजोबाट थालनी गरेको मन्थली बजार सरसफाई अभियान आज दोस्रो दिन पनि जारी छ ।


मन्थलीको कृषि विकास बंैक छेउबाट सुरु भएको बजार सरसफाई अभियानमा स्थानीय व्यापारी तथा घरधनीहरुले सक्रिय सहभागिता जनाएका छन् । सबैको हातहातमा कुचो देखिएको छ । सबै आफ्नोआफ्नो घर पसल छेउको सडक नाला सफा गरिरहेका छन् ।


हिजो जस्तै आज पनि बिहान ९ बजेसम्म सरसफाई अभियान जारी रहने रासमले बताएको छ ।
यो बजार सफाई अभियान सप्ताहव्यापि चल्नेछ ।