कोभिड संक्रमण न्यूनिकरणका लागि विद्यालयमा माक्स र सेनिटाइजर वितरण

१२ असोज । जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालका वडा नं ९ पुरानागाउँ का विद्यालयहरुमा कोरोनाबाट बच्ने उपाय बारे सचेतना सहित मास्क सेनिटाइजर प्रदान गरेको छ ।


पुरानागाउँमा रहेको स्थानापति माध्यामिक विद्यालय बाङगेसल्ला, थानापति आधारभूत विद्याय बाहुनचुरा, नवदिपेश्वर आधारभूत विद्यालय सिम्ले र श्री पुण्य आधारभूत विद्यलय पुरानागाउँलाई कोभिड १९ बाट बच्ने उपाय बारे जानकारी सहित मास्क, सेनिटाइजर र हातधुने साबुन बितरन गरियो ।चारवटा विद्यालयहरुलाई स्वास्थ्यकर्मीबाट कोरोना भाइरसबाट बच्चे उपायका बारेमा जानकारी सहित एक हजार ४ सय थान सर्जिकल मास्क, दुई सय ५० थान एन ९५ मास्क र सेनिटाइजर वितरण गरिएको छ ।


जुन कर्यक्रम मा पुरानागाउ रहेको सरस्वती युवा क्लब र पुरानागाउँ जनकल्याण समाजले र साथै समाज सेबि तथा बुध्दि जिबिहरुको आर्थिक तथा प्राबिधिक सहयोग मा बितरनगरियो। पुरानागउँ स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्र बाहुनचुरालाई पनि सेनिटाइजर बितरन गरियो ।
विश्वमै माहामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण लामो समय बन्द भएर अहिले संचालनमा आएका विद्यालयहरुलाई अत्यावश्यक मास्क , सेनिटाइजर र हातधुने साबुन सहित कोरोनाबाट बच्चे उपायबारे सचेतना कक्षा संचालनगरियो ।