जमरा टिका थालैमा सार्वजनिक

काठमाडौं । गायक गोविन्द गौतमको  नयाँ गीत सार्वजनिक भएको छ । जमरा टिका थालैमा शब्द रचना र संगित अमृत खातीको रहेको छ ।

गीतमा स्वर गोविन्द गौतम, सुनिता दुलाल र आयुष के.सी.को रहेको छ ।

अझै पनि गाउँमा विद्यमानरूपमा रहेको गरिवीको पीँडा तथा मजदुरले पाउने दुख यस गीतमा देखाईएको छ । नेपालीहरूको महान् चाड वडा दँशैमा छोरा नआउदा आमा बाबुको पीडा, बाबु नआउदा छोराछोरीको पीँडा र श्रीमान नआउँदाको श्रीमतीको पीँडाले यो गीत ओतपोत छ ।

गीतको भिडियोमा मुकुन्द मैनाली,संगम भण्डारी, विवश बस्नेत। अप्सरा थापा रोका, राजु चौलागाँई, कबि जंग कटवाल र  राजु पौडेललाई देख्न सकिन्छ । प्रवेश पोखरेलले खिचेको भिडियो सम्पादन सरिता गौतमले गरेकी छिन् । भने एरेन्जर बिष्णु तामाङ हुन् ।

बाल कलाकारका रूपमा स्नेह चौलागाँई दिखिएका छन् ।

भिडियो निर्देशन भिमशेन अधिकारीले गरेका हुन् । गीत युट्युब च्यानल  गोविन्द गौतम मार्फत सार्वजनिक गरिएको हो ।