अघोसित दास

नभनिकन गरिने काम भनिकन गरिने काम भन्दा निकै घातक, मर्मस्पर्शी र हृदयविदारक हुँदोरहेछ । मन दुखाउने र मुटु टुक््रयाउने हुँदोरहेछ । मानसिकता कुँड्याउने र चेतना धमिल्याउने खालको हुँदोरहेछ । शङ्कास्पद र त्रासदयुक्त पनि हुँदोरहेछ । पर्दा पछाडिबाट गरिने कामले केवल कुण्ठाका काला औंशा उमारेर क्लेस जन्माउँदो रहेछ, असन्तोष र ईष्र्या जन्माउँदो रहेछ । अनि विश्वासका क्रियाशील धमनीहरूलाई दम्भले फुकालेर फतलफाँडो बनाउन पुग्दोरहेछ ।


आदिम युग असभ्य र असंस्कृत भए पनि विश्वासमा बाँचेको थियो र मान्छे सबैसंग भरोसा गर्दथे । आपसी मेल मिलाप र सदाचारमा बाँचेको थियो र आत्मीय सम्बन्ध अनि सौेहार्दपूर्ण व्यवहार गाढा रूपमा विकसित भएको देखिन्थ्यो । सहअस्तित्व थियो सहानुभूति र संवेदना पनि तीब्र थियो । व्यक्ति–व्यक्तिका लागि मात्र नभएर समूहका लागि, समाजका लागि, संस्कारका लागि काम गथ्र्यो । आर्जन र उपलब्धीका तमाम स्रोत साधन र दृष्टिकोण व्यक्ति विशेषका लागि मात्र नभएर समूहका लागि हुन्थ्यो, समाजका लागि हुन्थ्यो । त्यसैले मीठो, पिठो जे जस्तो मिल्यो दामासाहीको हिसावले बाँडेर खाने परम्परा विकसित गरेका थिए । मौलिक कानून नभए पनि, अड्डा–अदालत नभए पनि, पुलिस –प्रशासन नभए पनि स्थिर राज्यसत्ता र शक्ति नभए पनि अपहरण, बलात्कार र फिरौतीका घटना जस्ता जघन्य अपराध माथि पूर्ण नियन्त्रण राखेर समाजलाई यहाँसम्म ल्याइपु¥याउन उल्लेखनीय योगदान गरेको थियो ।
सुनेको कुराले भन्दा पनि भोगेको यथार्थले मन धेरै चिमोट्तो रहेछ । पढेका कुराले भन्दा पनि देखेका घटनाले आँखा धेरै पोल्दोरहेछ । सुनेका कुराले भन्दा पनि अनुभूत गरिएका घटनाहरूले मुटु धेरै नै कोतर्न खोज्दोरहेछ ।

नयाँ नेपालको खाका कोर्ने निहुँमा आफ्नो अतृप्त हाब्रो भर्न धेरै राष्ट्रोद्धारकहरू साम, दाम, दण्ड र भेद सतहभरि ओच्छाएर, दृष्टिभरि फिँजाएर, मानसिकताभरि उचालेर कुदिरहेका छन्, कोर्कोराइरहेका छन् ।


आज हामी विकसित युगमा बाँचेर, वैज्ञानिक युगमा सोचेर, वौद्धिक युगमा प्रवेश गर्दैछौं । भौतिक पूर्वाधारको अधरमा टेकेर सुख सुविधाका तमाम साधन र स्रोतहरूलाई सोहर्न आप्mनो शिल्प, चातुर्य, ज्ञान, विवेक लगाई रातो दिन कुदिरहेका छौं । विज्ञानका आधारहरूले, विकासका सृङ्खलाहरूले, प्रगतिका पदचापहरूले मान्छेको चेतनालाई, वुद्धिलाई, विवेकलाई झन्झन् तिखारेर, झन्झन् तताएर, झन्झन् चर्काएर अगाडि अझ अगाडि बढ्न अभिप्रेरित गरिरहेको छ । मुकाम कहाँ हो थाहा छैन, प्राप्ति के हो थाहा छैन, प्रभाव कस्तो हुने हो थाहा छैन तैपनि हामी आप्mनो प्रतिभा, पुरुषार्थ र प्राज्ञिक विचारलाई लिगलिगकोटमा रोपेर माओवादीहरूले भने झइँ दूरगामी छलाङ मार्न जनवादी शैलीमा उफ्रिरहेका छौं । हाम्रो उफ्राइलाई सार्थक बनाउन बितेका बासी घटनाहरूलाई नजिर बनाएर विगतका सडे, गलेका पात्र, प्रवृति र चरित्रलाई आधार बनाएर हिजोका व्यथित र गलित विसंगतिहरूलाई साछी बनाएर नयाँ नेपालको खाका कोर्ने निहुँमा आफ्नो अतृप्त हाब्रो भर्न धेरै राष्ट्रोद्धारकहरू साम, दाम, दण्ड र भेद सतहभरि ओच्छाएर, दृष्टिभरि फिँजाएर, मानसिकताभरि उचालेर कुदिरहेका छन्, कोर्कोराइरहेका छन् ।


विगत कस्तो थियो, सुनिएको मात्र हो देखिएको छैन, भविष्य कस्तो हुनेहो थाहा छैन । निस्तो वर्तमान र उधारो भविष्य वरिपरि घट्टमा पिसिएको घुन झैं घुमिरहेको छ र भोगेको समयलाई दगल्च्याएर मनभरि अवषादको तूस भर्न उद्यत हुँदैछ । बाँचेको वर्तमानलाई साछी बनाउन सकिन्छ भने, घटनाहरूलाई सहयात्री बनाउँदै खडा गर्न पाइन्छ भने, विधिको शासन प्रत्याभूत गर्न अग्रसर न्यायिक निकायको कठघरामा उभिएर आप्mनो मनमा लागेका कुरा भन्न कसैले रोकटोक नगरे मलाई भन्न खसखस लागिरहेको छ–‘ हामी बाँचेको युग धेरै नै निम्सरो युग हो, निरीह युग हो, धेरै हदसम्म निकम्मा युग पनि हो । कीर्ते काम र कपटी व्यवहारमा निष्णात भएको हुँदा जालसाछी र छटैल कार्य व्यापार पुष्पित हुने चेपारे युग हो ।’


वर्तमान सम्हाल्न नसकेको मान्छेले न त भविष्यको आशा गर्न सक्छ न त इतिहासको तातो घुर तापेर बाँच्ने कल्पना गर्दछ । विगतलाई भत्काएर विनिर्माणका जतिसुकै सुकिला खाका कोरे पनि भ्रान्ति ओच्छाएको भरमा, भवितव्य ओढेको भरमा वर्तमानलाई उभ्याएर गन्तव्यसम्म कल्पना गरे पनि पुग्न चाँहि किमार्थ सकिँदैन । भित्रभित्रै धमिराले खोक्रो पारेको सिठोमा जतिसुकै कीटनासक रसायनको फाहा दलेर चम्काउन खोजे तापनि मान्छेको आँखामा तत्काल छारो हालेर उग्राउनु भन्दा बेसी कुनै ठूलो उपलब्धी हुन सक्तैन । वास्तविकताको भड्खाला, भ्वाङलाई टालेर, छोपेर भ्रमित बनाउन सकिए पनि त्यसको चरमा उभिना साथ धरातलको स्वरुप बयान गरिरहनु पर्दैन, अनुमान लगाउन सकिन्छ कति समयसम्म स्थिर गरि उभिन सकिन्छ भन्ने कुरा ।

दमित इच्छाका चपरी अर्काको क्षेत्राधिकार माथि पछारी न्याय खोजिरहेको देखिँदैछ । व्यभिचारीहरूको बर्बर कार्य चोख्याउन सरकार भर्ताल तिरेर पन्छिन खोज्दैछ । सडक सडकमा आगो बालेर अधिकार खोजिँदैछ ।

परिभाषा र अर्थ अनि व्याख्याहरूमा भुण्डिएर जातिसुकै ठूला कुरा गरे पनि वर्तमान बयलिएको फलफुल जस्तै हुँदे गइरहेको छ । हेर्दा राम्रो देखिन्छ, वास्नादार लाग्दछ तर खाँदा भने खिरिल्याउन थाल्दछ, अमिलो हुन्छ, अस्वादिष्ट हुन्छ । अजीर्ण र अपच पनि हुन सक्छ । भोकाएकाले त पेट भर्नका लागि बलिन्ध्रधारा आँशु चुहाएरै भए पनि, कञ्चटबाट पसिना काढेरै भए पनि, जीउभरि काँडा उमारेरै भए पनि खाला, आप्mना अवोध बचराहरूलाई हपसी र दपसी गरेको भरमा ख्वाउला !! तर स्वस्थ मान्छे करकाप नपरिकन स्वेच्छाले नै खान सक्छ भनेर राष्ट्रोद्धारकहरू हिँडिरहेका छन् ।
हामी त्यही कलुषित कथनलाई नै मुक्तिको महामन्त्र ठानी सुसेलेको भरमा मृगतृष्णाका चम्का, ओदान र आगो बोकेर चोकचोकमा अलख जगाउन अग्रसर हुँदैछौं । टायर, जुलुस, नारा र बन्दका कारणले गर्दा विध्वँशको महाप्रेत ह्वाङ्ग मुख बाउँदै जस्केलाबाट भित्र पस्न खोज्दैछ । वैमनस्यको चक्रवात गुँडुल्किएर घुम्दैछ मान्छेको अस्तित्व र भविष्य निल्नको निमित्त । वल्लाघर पल्लाघरमा पानी बाराबार छ, जूठो बाराबार छ । आगो, पानी चद्यन छोडेको छ । भाइभाइ बीचमा वैमनस्यताको अग्लो पर्खाल ठडिँदै गइरहेको देखिन्छ । बाउ छोरामा कटाक्ष बढिरहेको छ । सासू बुहारी बीच काटाकाट चल्दैछ । सामान्य भोटको बिषयलाई लिएर समाज चिराचिरा भएर बिभाजित हुँदैछ, गाउँ धाँजाधाँजा भएर फाट्तैछ, राष्ट्र चोइटा चोइटा भएर टुक्रिन खोजदैछ ।

नागरिकहरू भने महत्वकाँक्षाको ट्याम्को ठोकेर खोचे थाप्ने कलाका टुनामुना र थप ज्ञानार्जन गर्न आतुर हुँदैगइरहेको देखिन्छन् । दमित इच्छाका चपरी अर्काको क्षेत्राधिकार माथि पछारी न्याय खोजिरहेको देखिँदैछ । व्यभिचारीहरूको बर्बर कार्य चोख्याउन सरकार भर्ताल तिरेर पन्छिन खोज्दैछ । सडक सडकमा आगो बालेर अधिकार खोजिँदैछ । आपस्ी सहयोग, सद्भाव र सदाचारका साथै आत्मीय सम्बन्धका बीचमा परपीडकहरू धुन्धुकारीको लिङ्गो बनेर छाती माथि उभिइरहेका छन् । विभाजनको लक्ष्मणरेखा कोरेर एक आपसमा फाटो र फुट ल्याउने महाप्रेतलाई नैे समाज विकासको बलियो आधार मानिरहेका छौं । उदण्ड कार्य शेैलीका प्रणेताहरूलाई नै शान्ति र सुरक्षा प्रत्याभूत गर्ने शक्तिशाली साधन ठानिरहेका छौं । बगरेहरूलाई नै विधिको शासन प्रत्याभूत गर्ने अमूल्य निधि ठानिरहेका छौं ।

सात साल आयो मैले त देखिन । भोग्नेहरू जीवितै छन् तर पनि प्रजातन्त्र स्थापनाका लागि सडक तात्यो, शहर तात्यो, गाउँ तात्यो । भन्न जे जे भनिए पनि ज्यान जोगाउन राजा पुच्छर लुकाउँदै कुलेलम ठोकेकाहुन् । राणाहरूलाई पनि हुत्याउन पाए यसो केही छलछाम गरी परान धान्न सकिन्थ्यो कि भन्ने लिखे दाउमा राजा पनि थिए र गाउँ गाउँबाट टाठा बाठा शहरतिर पसेका हुन् । आन्दोलन भयो । तर बलिदानको ओजश्वि निधारमा सम्झौताको ल्याप्चे ठोक्तै राष्ट्रपिताको पिताम्वर ओढी सिंहाशनारुढ हुन आइपुगे तिनै भगुवा राजा । उनीजस्ता जस्ता हुतीहारा महत्वकाँक्षी मनुष्यलाई कटौती गरिएको भनिएको राणाहरूको अधिकार समेत पोल्टामा हालिदिएर निसंकोच राजा बनाउने महापुरुषहरू भन्दा त लाज लाग्छ प्रजातन्त्र केै हिमायतिहरू थिए ।

सत्ता हस्तान्तरण र प्रजातन्त्र आए के के न पाउँदछौं भनेर मुख मिठ्याउँदै हिड्ने सेनानीहरूलाई उल्टोसुल्टो पारेर खुवाइएको लोप्वाको एउटा राजशि प्रकृया ।


चोक, गल्लीमा चर्को नारा लगाएर माथिमाथि उफ्रनेहरू जति मंत्री, विधाएक बने । बस, सकियो !
सातसाले जनक्रान्तिको बलियो उपलब्धी भनेको यति नै हो जस्तो लाग्दछ, मलाई ।
सत्ता हस्तान्तरण र प्रजातन्त्र आए के के न पाउँदछौं भनेर मुख मिठ्याउँदै हिड्ने सेनानीहरूलाई उल्टोसुल्टो पारेर खुवाइएको लोप्वाको एउटा राजशि प्रकृया ।


अझ भनौं व्याघ्रमुखी राणा शासन हटे पनि मक्करमुखी शाह शासन हटेको थिएन, प्रजातन्त्र आए पनि निरंकुशता सकिएको थिएन । वहुदलीय व्यवस्था आए पनि नागरिकहरूका अधिकार प्र्रत्याभूत गर्न सक्ने निर्बाचित सरकार आएको थिएन । स्वतन्त्रता आए पनि स्वेच्छाचारी व्यवस्थाको अन्त्य भएको थिएन । जतिखेर मन लाग्यो कात्तिकको कुकुरले श्रीमती फेरे झैं राजा प्रधानमन्त्री फेर्दै जान्थे । प्रतिकार गर्न न त कसैेमा साहस देखियो न त आँट नै । एउटा कालो थुतुनु लगाएर अँध्यारो कुना पस्थ्यो । अर्को जुँगा मुसार्दै पद बहालीको ताजा पुर्जी थाप्न पुग्दथ्यो ।


अझ भनौं केही पेसेवर दलाल र चाटुकारहरूले धोती फेरे पनि निरीह नागरिहरूका निम्ति भने सात साले जनक्रान्तिको प्राप्ति हाती आयो हाती आयो फुस्सा सरह नै हुन पुग्यो ।
पन्ध्र्र सालमा पनि त्यस्तै भयो । घोषणा पत्रमा गरिवी उन्मुलनका लम्वेतान खाका र आकर्षक बिशेषण प्रयोग गरिए पनि सुकिला धोती फेर्नेहरूले नै गगनचुम्बी महल ठड्याउन सके । निमुखाहरूको भने टोपी छेडेर टुप्पी ठडिन थाल्यो ।
सत्र साल पनि साँढेको जुधाइ बाछाको मिचाइ हुन पुग्यो ।


छत्तीस साल आयो, छयालीस साल आयो, अन्ठाउन्न, वेैसठ्ठी–त्रीसठ्ठी आयो । आन्दोलनका नाउँमा, परिवर्तनका नाउँमा जे जति रगत रोपियो ती सबै चाटुकारहरूको नभएर निश्छल नेपालीहरूको स्वाभिमानी रगत थियो । समृद्ध राष्ट्रको सुकिलो परिकल्पनाका लागि गरिएको महान त्याग र समर्पणको अजम्बरी बाली थियो । तर त्यसको प्राप्ति र फल भने ती अभागीहरूका सन्तान दर सन्तानहरूले चाख्न त परै जाओस् सुँघ्न पनि पाएनन् । उपलब्धी र योगदानको नाउँमा दुईचार सय ट्यास्स टीको लगाएर कसैको अभागी निधारमा टाँसिदिएको भए वेग्लै कुरा हो नत्रभने आजसम्म पनि कति आन्दोलनका साहसी योद्धाहरू फुटेको पुर्पुरो, भाँचिएका करङ, खुस्किएका छेपारी र टुक्रिएका खुट्टाहरू घिसारेर अपाहिज जीवन बिताउन विवश बनिरहेका छन् । संघर्ष र बलिदानको अर्थ जे जस्तो लगाएर परिभाषित गरे पनि यो केवल सत्ता परिवर्तनको छेसाहा पद्धति मात्र हुन पुग्यो । सत्ता साझेदारीका लागि मात्रै सीमित गरिएको यस प्रकृयाले शक्ति सन्तुलनमा मात्रै आफ्नो क्षमता केन्द्रित गर्न पुग्यो ।

एकतन्त्रिय शासन व्यवस्थामा नागरिकहकका मौलिक अधिकारहरूलाई बलीको बोको बनाइयो । त्यसकका ठाउँमा उदारवादी वहुदलीय व्यवस्था पनि भित्र्याइयो र त्यसले त झन् नागरिकहरूलाई नाङ्गेझार बनाउने पुरुषार्थ गरेर उग्राउन थाल्यो । प्रजातान्त्रिक व्यवस्था पनि आयो । नयाँ सम्विधान र त्यसको परिभाषा पनि आयो । रुप फेरिए, रङ्ग फेरिए, कमानी फेरिए, अनुहार फेरिए, अर्थ फेरिए, परिभाषा फेरिए तर व्यवहार फेरिएन, कार्यशैली फेरिएन, स्वेच्छाचारी बानी र व्यहोरा पनि फेरिएन । महासामन्तका रूपमा सांसदहरूको उदय र भूमिका हुन थाल्यो । संवैधानिक मूल्य, मान्यता र प्रजातान्त्रिक आचरण निरीह नागरिक हर्काउने, तर्साउने, लछार्ने, पछार्ने र सकेसम्म चिथोर्ने साधन बने, हतियार बने, आधार बने । विधिको शासन शासकहरूको खल्तीमा खुम्चिन पुग्यो र हुति औकात अनुसार परिभाषित हुन थाल्यो ।

तथाकथित विश्वकै उत्कृष्ट ठानिएको परिवर्तित सम्विधानका विभिन्न धारा र कुवालाई जंघी बुटले कुल्चिएर कालान्तरमा किचिपिची पारिदियो । पार्टीका विभिन्न खाले खोचे थपाइ र लिंडे ढिपीले नागरिक स्वतन्त्रताका वैधानिक आधारहरूलाई पैशाचिक पारामा घिसारेर हुर्मत लिन थाले पछि कानुन भनाउँदो बबुरो धोबीको गधा जस्तै घरको न घाटको हुन पुग्यो ।
अहिले त्यही खोक्रो आडम्बरको अहम्जन्य राप तताएर भत्केका मनहरू सेक्ने काम गरिरहेका छन् ।

समानता र स्वतन्त्रताको उपयोग भन्ने कुरा केवल पंहुंचवाला व्यक्तिहरूको व्यक्तिगत पेवा र स्वआर्जित सम्पत्ति मात्र बन्न पुगेको देखिंदैछ ।


संसार निकै ठूलो छ भन्दछन् देख्नेहरू । सुनेको मात्र हुँ । देख्न पाएको छैन, घुम्न सकेको छैन । जुन भूगोल माथि उभिएको छु पहुँचको क्षेत्र पनि त्यही हो, परिचयको रुमानी आधार पनि त्यही हो, परिभाषाको पार्कोटे सिमाना पनि त्यही हो । जुन विसंगति व्यथिति र व्यभिचारको भुङ्ग्रो माथि टेकेर भविष्य खोज्दै हिँडिरहेको छु त्यही पीडा, त्यही वेदना, त्यही विडम्बना बोकेर मेची उर्लेको हुनु पर्दछ, महाकाली उठेको हुनु पर्दछ, कर्णाली सुसाएको हुनु पर्दछ, उत्तर उचालिएको हुनु पर्दछ, दक्षिण तातेको हुनु पर्दछ । सत्ता र राजनीति पहुँचदेखि अलग्गै बसेको स्वाभिमानी नेपालीले भोगेको मर्मान्तक पीडा र विषादको अनुभूति त्यति फरक किसिमको होओइन भन्ने लख काट्तैछु ।
समानता र स्वतन्त्रताको उपयोग भन्ने कुरा केवल पंहुंचवाला व्यक्तिहरूको व्यक्तिगत पेवा र स्वआर्जित सम्पत्ति मात्र बन्न पुगेको देखिंदैछ ।

ठूलाबडा जेट चलाउँछन्, हवाइजहाज चलाउँछन्, हेलिकप्टर चलाउँछन् । कमाउँछन्, जमाउँछन्, मोजमस्ती गर्दछन् र कर तिर्ने बेलामा थोत्रा खबटाहरू देखाएर फुत्किन पुग्दछन् । एक हल गोरु अथवा एउटा भैंसी किन्न लिएको ऋण तिर्न नसक्ता कति गरीवहरूको उठिबास लागाउन पुग्दछ बैंक । तर जसले करोडौं रुपैंया ऋण हसुरेर डकार्ने गर्दछ उसलाई किलकिलेमा समाएर पछार्दै असुली उपर गर्नु त कता हो कता उल्टै राज्य ऋण मिनाहाको फर्मान जारी गरी त्यस्ता अघोरी छुल्याहाहरूलाई मोक्ष तुल्याउन अग्रसर हुँदैछ । हलो र कोदालाको बिँड काट्ने निम्सरालाई समन जारी गरी उल्टै थुन्ने पराक्रम गरिन्छ । कयौं असहायहरू अहिले पनि फगत हलो, हरिस काटेको अपराधमा निरन्तर तारेख खेपिरहेकाछन् । तर यही देशमा काँचो सखुवाकको पानी तपतप चुहाउँदै राजधानी अथवा सीमापारी पुगेका ट्रकहरू माथि कसैको आँखा पुग्दैन । पुगे पनि पु¥याउनेहरू चिम्लिने गरिरहेका छन् ।


प्रजातन्त्रको उल्लेखनीय उपलब्धीको रूपमा देखा पर्दैछ नजराना र यसले छोटै समयमा भने पनि आप्mनो राक्षसी सञ्जाल सर्वत्र व्याप्त गराउन सफल भएको छ । र अहिले पानी विना यो देश चल्न सक्नेभएको छ, हावा विना यो देश चल्न सक्ने भएको छ, विकास विना पनि यो देश चल्न सक्ने भएको छ तर नजराना विना मिनेट भर पनि चल्न खोजे कमानी खुस्काएर थला पर्न खोज्दछ । फिराद गर्नूस् नजराना, मिलापत्र गनूस् नजराना, सरुवा, बढुवा, पद बहाली एवम् योग्यताको कसी नजरानाद्वारा नै निर्धारित हुँदैछन् । प्रशासन त यसैमा निष्णात छ । सेवामुखी कार्यहरू पनि नजरानामुखी हुँदै जान थालिरहेका छन् । विद्युतमा होस, खाने पानीमा होस, दूर सञ्चारमा होस्, रेडक्रसमा होस, परोपकारमा होस जहाँ तहीं यसेैको सकुनी सञ्जाल व्याप्त छ ।


अनि अर्को उपलब्धीको रूपमा लाइसेन्स प्रणाली देखा पर्दैछ । एउटा निम्सरो नागरिक अभर परेर, अन्यायमा परेर आपतमा परेर हार गुहार गर्दै उजुरी गर्न सम्बन्धित निकायमा पुगे जान्ने नै भए पनि लाइसेन्स नलिएको भए उसको लिखत अछुतो हुन पुग्दछ, चल्दैन । जमाना नेै लाइसेन्समय भएको छ । शिक्षामा होस् या स्वास्थ्यमा, भौतिक योजनामा होस् या पुनर्निमाणमा, राशनमा होस या ठेक्का–पट्टामा सर्वत्र लाइसेन्स व्याप्त छ । मान्छे इमान्दार मात्र भएर हुँदैन, वेइमान नै भए पनि लाइसेन्सधारी भए चल्दछ, कानुनले पनि उसलाई वैध ठान्दछ । एक मुठी फर्सीका मुन्टा र गोेडादसेक केराउका कोसा बेच्नु परे पनि लाइसेन्स खोजिन्छ, हुण्डी तिर्नु पर्छ अथवा कौडी तिर्नु पर्दछ नत्रभने अवैध ठह¥याइन्छ । मान्छेको आचरण वापती नै भए पनि, पातकी नै भए पनि, ज्यानमारा नै भए पनि लाइसेन्सधारी भए वैध ठहरिन्छ । अहिँसक नै भए पनि, परोपकारी नै भए पनि, स्वच्छ आचरण भएको पण्डित–पुजारी नै भए पनि लाइसन्स लिन नसक्ने अवैध, अयोग्य ठहरिन्छन्, ठानिंदैछन् ।


विश्वमा आजसम्म जे जति राजनीति सिद्धान्त, विचार र दर्शन प्रतिपादन भए, गरिएका छन् ती सबैको जगमा सुकिलो आवरण र सङ्लो लोककल्याणकारी भावना देखिएता पनि प्रयोगमा भने यस हिमाली उपमहाद्वीपले भने परपीडालाई गुरू मन्त्र मानी हिंडिरहेको छ । राजतन्त्रात्मक शासन प्रणालीमा आपसी कलह, द्वेष, सत्ता संघर्ष, बन्धुहत्या र विश्वासघात सदैव मडारिइ रह्यो भनेर नै लोकले जननिर्वाचित र लोकतान्त्रिक शासन पद्धतिको मार्ग अवलम्बन गरे पश्चात छाडा संस्कृतिलाई पृष्टपोषण गरेर साख जोगाउनमानै तल्लिन रह्यो । राजतन्त्रको बदलामा जनतान्त्रिक शासन पद्धति सुरुवात भएता पनि राजनीतिज्ञहरूको दरो दृष्टिकोण, विशुद्ध चारित्रिक आचरण, आम नागरिक प्रति विश्वासको सङ्लो भावनाको नितान्त कमीले गर्दा हिटलर, मुसेलिनी, इदि अमिन, बोकासा, मार्कोस, पिनासे, सनी अबाचा, सुहार्तो जस्ता अनेकौं दृष्टिहीन पाषाण हृदयी नरभक्षीहरूको उदय हुन पुग्यो ।
द्रब्यको पिशाचले फनफनी घुमाएर बेहाल बनाउँदै लगेको हुनाले पनि नागरिकहरूको हक हित संरक्षणार्थ शान्ति सुरक्षा र अमन चयन कायम गर्ने किरिया काष्टा खाएर सत्तारुढ हुन पुगे पनि भोलिपल्टदेखि नै शासकहरू जनमुखी हुनु भन्दा पनि द्रव्यमुखी, सुविधामुखी हुँदै जान थाल्ने हुनाले हिँसामुखी हुँदै गएका देखिँदैछन् ।

राज्य संचालन गर्ने बलियो आधार जनमतलाई ठनक्क भाँचेर गुण्डगर्दीको बल र तुजुकमा देश हाँक्न अग्रसर हुने प्रथा यस देशमा निकै फस्टाउन थालेको छ । राजनीति आस्था, सिद्धान्त र विश्वासले भन्दा पनि प्रतिशोधात्मक कार्य प्रणाली र अन्तराष्ट्रिय जासुुस गिरोह भनौं बहुराष्ट्रिय कम्पनीको इशारामा पुच्छर हल्लाउँदै चल्न थालिरहेको छ । शासन सञ्चालन गर्न अग्रसर हुनेहरू दरो नीतिको आधारमा राष्ट्र हाँक्नु भन्दा पनि ट्वाक थापेर राष्ट्र हाँक्न खोजिरहेका छन् । आर्थिक चुहावटलाई रोक्नुको साटो त्यसमा यामानको भ्वाङ पारेर र राष्ट्रलाई टेकाउन सक्ने ठूला उद्योगहरूलाई उदारवादको नाउँमा बली चढाउँदै भनौं निजीकरणको पासोमा हालेर पछार्दैं मगन्ते संस्कृतिलाई अझ फलिभूत पार्न कछाड कसेर लागिरहेका छन् । देशलाई समृद्ध तुल्याउने नाउँमा नागरिकहरूलाई हरिकङ्गाल पार्ने कार्य दिनानुदिन बढिरहेको देखिँदैछ ।

नागरिकहरू राष्ट्रका सर्वोच्च शक्ति नभएर फगत कृपाका झुम्रे पात्र बनिरहेका छन् । दयाका आधार बनिरहेका छन् । विषादका पर्याय बनिरहेका छन् ।


गिदीविहीन टाउकाहरूको ठूलो जमातले विधिको शासन प्रत्याभूत गरेर नागरिकहरूको आर्थिक, शैक्षिक, सामाजिक स्तर उकास्नुको साटो टाउका गनेर हिंड्ने परिपाटीलाई बढावा दिँदै हिंड्न थालेका हुनाले अपराध कर्ममा आकण्ठ डुबेका मानिसहरू सत्ताको केन्द्रमा पुगिरहेका छन् । बहुमतको कालोख्याकले अल्पमतको पाइलै पिच्छे हुर्मत लिंदैजान थालेको देखिंदैछ । राज्यमा विज्ञ, वुद्धिजीवी र वैज्ञानिकहरूको बोलवाला र कदर हुनुको साटो अल्पज्ञानी भुइँफुट्टाहरूको जयगान हुँदैछ, ज्यानमाराहरूलाई सम्मान अभिनन्दन गरिँदैछ । राहजनी गरेर हिँड्नेहरूको बर्चस्व बढिरहेको देखिंदैछ । कुरौटे र कीर्ते कार्यमालीन भएकाहरूने समाज सुधारक बन्नथालेपछि स्वतन्त्रताको नास र स्वाभिमानीहरूको उठीबास हुँदैछ ।

बज्रस्वाँठहरू नै बहुदलीय व्यवस्थाका व्याख्याता बनेर अथवा बनाइएर हिँड्न थालेपछि विशेषज्ञहरू पाखा लागिरहेका छन् र उनीहरूको घोर उपेक्षा गरिंदैछ । तिरस्कारको खग्रासले निल्न थाल्दैछ विज्ञानलाई । खिसिट्युरीको पर्याय मानिंदैछ भाषा, कला र साहित्यलाई । दलगत स्वार्थ नै राष्ट्रिय स्वार्थ भन्दा ठूलो र बलियो बनेपछि जिम्वेवारी वोधका खपैंचाहरू खुर्किइँदैछ । नागरिकहरू राष्ट्रका सर्वोच्च शक्ति नभएर फगत कृपाका झुम्रे पात्र बनिरहेका छन् । दयाका आधार बनिरहेका छन् । विषादका पर्याय बनिरहेका छन् ।


यथास्थितिको दारुण जङ्गली परिवेश र व्यभिचारात्मक जर्जर पृष्टभूमिको दलदलमा आम नागरिकहरूलाई मुन्ट्याई विक्षिप्त हुन विवश बनाउँदै त्रास, भय र शङ्का ओढेर हिंड्न अभिशप्त नागरिकहरूको आतङ्कित मानसिकताबाट ध्यान हटाउँदै केही गरे झइँ अथवा गर्ने झइँ भाव देखाउने राक्षसी चालमा वर्तमान राजनीति आप्mना समस्त शक्ति, साधन र स्रोतका साथै कुटिलचाल घिसारेर दौडिन खोजिरहेको हुँदा यसले जे जति उपलब्धी देखाउन खोजिरहेको छ ती सबै परपीडामा केन्द्रित हुँदै जान थालेका देखिँदैछन् । पूरा देशबासीहरूको अगाडि लँगौटी खुस्केर लत्रेको स्याहार्न नसक्नेहरू नै जनकल्याणको कामना गरेर नागरिकहरूको जीउ, धनको सुरक्षा गर्न खोज्दैछन् ,साम्प्रदायिक हिँसाको नरभक्षी काँधमा चढ्दै राष्ट्र बिखण्डनका लागि रगत माथि कुल्चेर हिँड्न रुचाउने महाप्रेतहरूको निकृष्ट झम्ट्याइलाई सही हो भन्दै वैधता दिन आतुर व्यक्ति नै राष्ट्रको कमान समाएर निर्लज्ज हिँडिरहेका छन् ।

मान्छेलाई स्वतन्त्रता प्रदान गर्नु पर्ने भाव गाम्भीर्यलाई सम्वैधानिक परिभाषा अन्तरगत लपेटेर स्वछन्द राजनीतिका निमित्त छाडा संस्कारलाई अर्चना, आराधना गर्ने परिपाटी विकसित हुन थालेको बर्बर परिवेशका पृष्ठपोषकहरू नै राष्ट्रवादी मखुण्डो भिरेर हिँडिरहेका छन् जताततै । मान्छे स्वतन्त्र भएको, स्वावलम्बी भएको, स्वआर्जित श्रम–सीप र क्षमताको बलले बाँच्न खोजेको राजनीतिलाई सैह्य हुँदोरहेनछ भन्ने तीतो यथार्थ हामीले सुनेको मात्र होइनौं भोगी पनि सकेका छौं । किच्चक राजनीतिको कुटिल कयस भित्र मतदातालाई कज्याउन नसके पार्टी नै नचल्ने देखेपछि मान्छे फुक्काफाल भएको र स्वतन्त्रतापूर्वक दुईमुठी सास फेर्न थालेको केही टपरे राजनीति कर्मीहरूले हेर्न नचाहेको र सहन नसक्ने भएपछि मान्छेलाई बल्छीमा पारेर पछार्नु नै बर्तमान राजनीतिको मूख्य एजेण्डा बनेको देखिन्छ ।

जेल, नेल र वलिदान दिएर ल्याइएको भनेको प्रजातन्त्र र त्यसको अमिलो उपलब्धीको स्वाद पनि अहिले हामी मजाले चाखिरहेका छौं । यस्तो अमानुषिक बर्बरता प्रजातन्त्रको द्योतकको रूपमा र स्वतन्त्र प्राप्तिको उल्लेखनीय फलकोरूपमा विकसित हुँदैछ भन्नु पर्दा लाजले शिर झुक्ने मात्र होइन लत्रिने पनि गर्दछ । सतही ज्ञान र विवेकहीन दृष्टिकोणको परिभाषा पनि हो यो ।

मजस्ता पार्कोटे मानिसहरूलाई स्वतन्त्र नागरिक हैन कि अघोषित दासको रूपमा अनुवाद गरेर स्थापित गर्न खोजिएको हो, परिचालन गर्न खोजिएको हो, नार्न पनि खोजिएको हो र जोत्न पनि खोजिएको हो ।


चरित्र नसुधारी गरिएको राजनीतिले पिठ्युँमा जतिसुकै कोर्रा हानेर हिंडे पनि ऐइया समेत भन्न नपाइने रहेछ । जेल, नेल खप्न सके, सिके पनि असल राजनीतिमा हुनु पर्ने गुणलाई आत्मसाथ गर्न नसिक्ता हुने मर्मान्त पीडा र छट्पटिको कालो त्रास कस्तो किसिमको हुँदोरहेछ भोगिंदैछ । दुःख–कष्ट खप्न सिके पनि गहिरो अध्ययन गरेर सिद्धान्तको आधारमा विचारलाई अगाडि बढाउने ज्ञान नसिक्नुको असली कारणले गर्दा झुम्रोमा रुपान्तरित हुँदै जान थालेको यथार्थ भोग्दैछु ।

स्वतन्त्रताकालागि लडे पनि प्रजातान्त्रिक मूल्य र मान्यतालाई अक्षुण राख्न नसक्ता लाग्छ त्यो पनि लहडको धङधङी भन्दा बेसी महत्वको नभएको महसुस गर्दैछु । समानुपातिक राजनीतिको कुरा उठाउन खोजिए पनि अन्तर लिप्साका कारण इष्र्याको र आवेगको विकारलाई खुर्केर प्mयाक्न नसक्ता भनौं नखोज्दा हुने प्रपञ्चका अनुष्ठानहरूका साक्षी भएर तमासा हेरिरहेछु ।
यसले गर्दा पनि यस मुलुकका प्रजातन्त्रका उपाशकहरूले अबलम्बन गरेको उदारवादी विकासे राजनीति उननति र प्रगतिको पर्याय नभएर राक्षसी कहरको रूपमा रुपान्तरित हुन खोजेको यथार्थ सदाकाल आङमाथि चडेको माउसुलीजस्तै बनेर रग्रगाइरहेछ ।


राज्यशक्तिको प्रमुख स्रोतको हिल्ला घाँटीमा सकुशल झुण्डिइरहेताए पनि चुनाव हुँदा कुनै बकासुरहरूले अवरोध नहालेको खण्डमा भोट हाल्न पाउने भन्दा बेसी कुनै गरलियो, स्वादिलो अधिकार आम नागरिकहरूले पाएका होलान, भूगोल फराकिलो छ; सहरमा दिनानुदिन गगनचुम्बी महलहरू ठडिँदैछन्, चोक, गल्लीमा मानिसलाई समेत छेकारो काटेर कुदिरहेका चिल्ला निजी सवारी साधनहरू दिन प्रतिदन दिन दुइगुना र रात चारगुनाका दरले बढिरहेकाछन् र हिजोका जोगी, सन्यासीहरू कुवेरपति बनेर ढाडिँदै जान थालेका छन् पाएनन् होलान भनेर कसरी भनूँ ! मैले भने ऐलेसम्म छुन त परै जाओस् कतै केही सुँघ्न समेत पाएको छैन । र बाँकी केही पाएको छु भने पनि ती सबै लिखतमा मात्र सीमित छन् र कागजमा टाँसिएर मात्र रहेका छन् ।

न तिनले कुपोाणका कारण अनपेक्षित चाउरिँदै जान थालेको पेट भर्ननै सकेका छन् न त च्यातिँदै गरेका हन्बेर्नाहरूले ढाक्न नसकी अरमठ्ठ हल्लुँडजस्तै हुन पुगेको आङको अभिशापित छालानै छोपिन सकेको छ ।
यी सबै छलछामहरूको कायाकैरन, रुप–रङ्ग, चाल–ढाल,कार्य–हुङ्कार देख्ता लाग्छ भोगवादी दर्शनको रक्तरञ्जित मुहान खन्दै सकसको, विषादको, अमानुषिकताको, अनाचारको कुम्भिपाकबाट मुक्त गर्न हैन कि बनी, बुतो गरेर बाँच्ने सामान्य हैसियत भएका मजस्ता पार्कोटे मानिसहरूलाई स्वतन्त्र नागरिक हैन कि अघोषित दासको रूपमा अनुवाद गरेर स्थापित गर्न खोजिएको हो, परिचालन गर्न खोजिएको हो, नार्न पनि खोजिएको हो र जोत्न पनि खोजिएको हो ।