बजेट र विचार

चैतको पहिलो हप्ताबाट सुरु भएको कोरोना महामारीको ग्राफ बिस्तारै उकालो चढ्दै छ। उकालो चढ्दै गरेको यो ग्राफ कहिले,कहाँ र कुन विन्दुमा गएर रोकिन्छ,विज्ञहरुले पनि ठ्याक्कै भन्न नसकिरहेको अवस्था छ। कोरोना महामारीको ग्राफ उकालो चढ्दै गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने,परिवारको पेट पाल्ने र हुँदा खाने श्रमिक वर्गको जीवनस्तरको ग्राफ भने दिनप्रतिदिन झन्-झन् तल झरिरहेको छ। दैनिकी चलाउँन झन्-झन् समस्या सिर्जना हुँदै गईरहेको यो महामारीमा भोकको आगो सहन नसकेर आत्महत्या गर्नेहरुको दर पनि बढिरहेको छ। यसको चिन्ता न संघ र प्रदेश सरकारलाई छ,न स्थानीय सरकारलाई नै।


जनताको हित र जनताको सुविधाको लागि भन्दै फरक-फरक समयमा,फरक-फरक मोडलका व्यवस्थाहरुको अभ्यास हुँदै आयो। जुन जोगी आए पनि कानै चिरेका भनेझैँ,जुन-जुन व्यवस्था आए पनि जनताको जीवनस्तरमा तात्विक अन्तर भने ल्याउँन सकेन।


यो लेख तयार पार्नुभन्दा अघिल्लो दिन मात्रै म म.न.पा.१२ को वडा कार्यालय गएको थिएँ। म यसै वडाको वासिन्दा। यस वडामा हुने हरेक किसिमका गतिविधिमा चासो र चिन्ता हुन्छ। चासो र चिन्ता यस मानेमा हुन्छ कि मेरो वडा समृद्ध वडा बनोस्। मेरो वडाका बासिन्दा समृद्धितर्फ लम्किउँन्। हरेकको जीवनयापन सरल र सहज होस्। कसैले भोकको आगो सहन नपरोस्। वडा सन्चालन गर्ने नेतृत्वले सोच्नुपर्ने कुरा,मैले सोचेर के पो हुन्थ्यो र ? अझ नेतृत्वको नजरमा त ठेट्नो न परेँ। बुढा,कपाल फुलेका विद्दत वर्गले सोच्नु पर्ने कुरा म र हामीजस्ता ठेट्नाले सोचेर कहाँ हुन्छ ? अब आउँनुस् कोरा सिद्धान्तका कुरा गर्नुभन्दा म.न.पा.१२ वडा कार्यालयले छुट्याएको आ.व.०७७/०७८ को बजेट विनियोजनलाई विश्लेषण गरि हेरौँ-

तर यसबाट पनि थप के पुष्टि हुन्छ भने हाम्रो नेतृत्व कतिको जिम्मेवार र उत्तरदायी छ भन्ने कुरा। यस विषयमा प्रश्न राख्ने हो भने नेतृत्वले सजिलै भनिदिन्छ- प्रीन्ट मिस्टेक। हो,प्रीन्ट मिस्टेक होला तर बजेट सिलिङ खोजी गर्ने जनतालाई बाँढ्नु अघि नेतृत्व किन हेर्न आवश्यक ठान्दैन ? किन सच्याउँन आवश्यक ठान्दैन ?


म.न.पा.१२ को आ.व.०७७/०७८ को कुल बजेट ४१ लाख ९९ हजार देखिन्छ। कार्यपालिका सदस्यहरुको योजना भनेर १ लाख छुट्याईएको छ। यो समेतलाई जोड्ने हो भने ४२ लाख ९९ हजार देखिन्छ। मोटामोटी ४३ लाख बजेट विनियोजन भएको देखिन्छ। वडा कार्यालयले वितरण गरेको बजेट सिलिङमा रमाइलो तथ्य त के छ भने माथि २२ वटा क्रम संङ्ख्याको कुल बजेट ३६ लाख ५० हजार छ। त्यो भन्दा तल कार्यपालिका सदस्यहरुको योजना बाहेकको दुई वटा क्रम सङ्ख्यामा बजेट विनियोजन भएको देखिन्छ। एउटामा ३ लाख छ भने अर्कोमा २ लाख ४९ हजार छ। ३६ लाख ५० हजार,३ लाख र २ लाख ४९ हजार जोडेर ५४ लाख ९ हजार देखाईएको छ। ३६ लाख ५० हजार,३ लाख र २ लाख ४९ हजार जोड्दा कसरी ५४ लाख ९ हजार आउँछ,त्यो त नेतृत्व नै जानोस्। विद्दत वर्ग नै जानोस्। तर यसबाट पनि थप के पुष्टि हुन्छ भने हाम्रो नेतृत्व कतिको जिम्मेवार र उत्तरदायी छ भन्ने कुरा। यस विषयमा प्रश्न राख्ने हो भने नेतृत्वले सजिलै भनिदिन्छ- प्रीन्ट मिस्टेक। हो,प्रीन्ट मिस्टेक होला तर बजेट सिलिङ खोजी गर्ने जनतालाई बाँढ्नु अघि नेतृत्व किन हेर्न आवश्यक ठान्दैन ? किन सच्याउँन आवश्यक ठान्दैन ?


आउँनुस्,अब विषयगत क्षेत्रलाई पनि विश्लेषण गरि हेरौँ-
विषयगत क्षेत्रलाई २२ वटा क्रम सङ्ख्यामा छुट्याइएको छ। दुई वटामा क्रम सङ्ख्या नै नराखी विषयगत क्षेत्र छुट्याईएको छ। कार्यपालिका सदस्यहरुको योजना भनेर क्रम सङ्ख्या र विषयगत क्षेत्र नै उल्लेख नगरी उत्तिसेघारी खानेपानी आयोजनाको नाममा बजेट विनियोजन भएको देखिन्छ। यसरी यी सबैलाई हेर्दा २५ वटा क्रम सङ्ख्या अर्थात् २५ वटा आयोजनामा बजेट विनियोजन भएको देखिन्छ। विषयगत क्षेत्रमा हेर्दा, सडकमा-१३ लाख ९९ हजार,एम्बुलेन्समा-११ लाख, खानेपानीमा-४ लाख, सिँचाइमा-२ लाख ५० हजार र मन्दिर सत्तल निर्माणमा-२ लाख ५० हजार बजेट विनियोजन भएको देखिन्छ। त्यसैगरी वातावरण तथा विपद व्यवस्थापनमा-२ लाख, संस्थागत विकास तथा सेवा प्रवाहमा( युवा लक्षित कार्यक्रम)-२ लाख,कृषिमा (मल ढुवानी तथा बीउ विजन अनुदान)-२ लाख,आर्थिक विकासमा(नर्सरी सन्चालन)-२लाख र विपद व्यवस्थापमा (जाली योजना)-१ लाख बजेट विनियोजन भएको देखिन्छ।


कोरोना महामारीका बिच आउँने ०७७/०७८ को बजेट जनता प्रत्यक्ष लाभान्वित हुने गरी आउँने अपेक्षमा थिएँ। स्थानिय जनताको जीवनस्तर उकास्न,स्थानिय सरकारले विशेष ध्यान दिने छ भन्ने आशा थियो। तर आ.व.०७७/०७८ को म. न.पा.१२ अन्तर्गतका आयोजना र कार्यक्रम हेर्दा यस्तो लाग्छ कि,यसरी पनि वजेट विनियोजन हुन्छ। तर हुँदो रहेछ। अधिकांश बजेट सडकमा छुट्याइएको छ। जुन सडक वर्षमा तीन-चार महिनाभन्दा बढी समय चल्दैनन्। अलि ठूलो पानी परेपछी सडक हो कि खोलो हो छुट्याउँनै गाह्रो पर्ने अवस्था हुन्छ। किन त फेरि सडकमै बढी बजेट ? कुरा स्पष्ट छ,नेतृत्व मातहतकै डोजर यी सडकहरुमा चलाईन्छ। दिगो सडक निर्माणमा ध्यान दिईदैँन। राज्यको लागानी,बालुवामा पानी,यो उखान यहाँ मज्जैसँग चरितार्थ हुन्छ। बर्सेनि बजेट आउँछ,सिमित व्यक्तिले अझ स्पष्ट भन्नुपर्दा नेतृत्वले नै फाईदा लुट्छ। स्थानीय तिनै भड्खारा परेका सडक हेर्दै बस्छ्न्।

नेपाल कृषि प्रधान देश हो। देशमात्रै कृषि प्रधान,बजेट त सबै सडक प्रधान। राज्यले कृषिलाई हेर्ने दृष्टिकोण कस्तो छ भनेर,स्थानीय स्तरको कृषिमा विनियोजित बजेटलाई विश्लेषण गर्दा पनि धेरै थोरै आँकलन गर्न सकिन्छ।


१२ नं वडा लागायतका अरु केही वडालाई पनि सेवा दिन काङ्ग्रेसले स्पोन्सर गरेको एम्बुलेन्स सेवा यहाँ उपलब्ध छ। फेरि वडा नं १२ ले कोरोना महामारीका बेलामा ११ लाख बजेट एम्बुलेन्स किन्न छुट्याइएको छ। एउटै वडामा दुई-दुई वटा एम्बुलेन्सको आवश्यकता किन ? कुरा स्पष्ट छ,प्रतिस्पर्धा गर्नुछ। जुँगाको लडाई लड्नु छ। काङ्ग्रेसले कार्यकर्ता बोक्यो भनेर मात्रै हुन्छ र ? अब नेकपालाई नि कार्यकर्ता बोक्नु छ। जनता जाबा रोगले मरुन् कि भोकले। यो बेला के मतलब। मतलब त तब हुन्छ,जब चुनाव आउँछ। चुनावमा जनतासँग मतलब हो र ? मतलब त भोटसँग हो। म्याउँ गरेर होस् कि पाउ परेर होस् जाबो भोट त नोटमा किन्न पाईहालिन्छ। कोट लाएर भोट किन्दै हिन्दै गर्ने नेतृत्वले जनतालाई दिने भनेको त चोट मात्रै रहेछ। चोट खाई-खाई लोत फर्केका जनता नेतृत्वलाई ओठ लेब्र्याउँनु नि,सक्दैनन्। बरु कोटको मोठ छाम्छ्न् र भोट दिन्छ्न्। अनि चोट नखाएर के पो खानु ? अनि चोट नपाएर के पो पाउँनु ?


नेपाल कृषि प्रधान देश हो। देशमात्रै कृषि प्रधान,बजेट त सबै सडक प्रधान। राज्यले कृषिलाई हेर्ने दृष्टिकोण कस्तो छ भनेर,स्थानीय स्तरको कृषिमा विनियोजित बजेटलाई विश्लेषण गर्दा पनि धेरै थोरै आँकलन गर्न सकिन्छ। कृषिमा आवद्ध युवाहरुलाई प्रोत्साहन खोइ ? उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएको खोइ ? मल ढुवानी तथा बीउ बिजन अनुदान भनिएको छ। वास्तविक किसानले त्यो अनुदानको मल,बीउ बिजनको उपयोग गर्न पाउलान् कि नपाउलान् ?


यो लेख तयार पार्नुभन्दा ६-७ घण्टा अघि १२ नं वडाको आ.व.०७७/०७८ मा विनियोजित बजेट सम्बन्धी विचार र धारणा बुझ्नको लागि फेसबुकमा बजेट सिलिङ पोस्ट गरेको थिएँ। फेसबुकमा अपलोड हुँदा मधुरो आएको कारण बुझ्न समस्या भयो। सोही कुरालाई मध्यनजर गर्दै,मैले उक्त बजेट सिलिङ RKCS publication group मा (जुन ग्रुपमा युवा विद्दत वर्गको वर्चस्व छ)पोस्ट गर्दै,कसैप्रती आग्रह पुर्वाग्रह नराखी बजेटसँग सम्बन्धित रहेर आफ्ना स्वस्थ विचारहरु राख्न आग्रह गरेँ। तर कसैले पनि आफ्ना विचारहरु राख्न आवश्यक ठान्नु भएन। आफ्ना विचार प्रकट गर्नुभएन। ती स्वस्थ विचारहरुलाई लेखमा समावेश गर्ने उदेश्य भए पनि विचारहरु प्रकट नभएका कारण समावेश गर्न सकिन। तर यसबाट पनि थप के पुष्टि हुन्छ भने हाम्रो विद्दत युवा वर्ग नै मौन बस्न चाहन्छ।बोल्नु भनेको आलोचना गर्नु हो भन्ने सम्झिन्छ्न् र बोल्न चाहँदैनन्। र मौन बस्छ्न्। हे,युवा तिमिले वर्षौँवर्ष मिहिनेत गरेर हासिल गरेको सर्टिफिकेट केका लागि ? तिम्रो ज्ञान,तिम्रो चेतना र तिम्रो विज्ञता केका लागि ? जब कि कुनै विषयमा तिम्रो विचार पस्कदैनौ भने ?


अत: ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा नारामा मात्रै सिमित नहोस्। यस नारालाई हामी सबैले वास्तविक जीवनमा अनुभुत गर्न पाउँ। अनुभुत गर्न सकौँ। यसका लागि हामी सबै पक्ष सबैसँग हातेमालो गर्दै अगाडि बढौँ। नोटमा भोट किन्ने र भोटमा नोट किन्ने हामी सबैको बुद्धिको घैँटोमा चेतनाको घाम लागोस्।