राज्य जेष्ठ नागरिकलाई नहेर्ने युगबाट हेर्ने युगमा प्रवेश गरेको छ: मन्त्री दुलाल

आश्विन १५, हेटौँडा ।

वाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नेपालमा जेष्ठ नागरिकलाई राज्यले नहेर्ने युगबाट हेर्ने युगमा प्रवेश गरेको बताउनुभएको छ । आज विश्व जेष्ठ नागरिक दिवसको अवसरमा शक्ति एफ्एम्सँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । नयाँ संविधान आएपछि सरकारले जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा, स्वास्थ्य विमा, पारिवारिक पुनर्मिलन तथा सन्नततीले संरक्षण गर्नुपर्ने लगाएतका व्यवस्था गरेको जिकिर गर्नुभयो ।

जेष्ठ नागरिकका सवालमा बनेका योजनाहरु सफल पार्न चुनौती रहेको भन्दै हामी सबै सकारात्मक सोचका साथ उहाँहरुको सम्मान, हेरचाह तथा संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । कतिपय स्थानिय तहका वडाअध्यक्षहरुले वृद्धभत्ता बोकेर जेष्ठनागरिकलाई घरघरमै पुगेर वितरण गरेको पनि उदाहरण रहेको स्पष्ट पानुभयो ।

उहाँले जेष्ठनागरिकका लागि आर्थिक लगाएतका सहाएता, जेष्ठ नागरिक क्वलहरु, जेष्ठ नागरिक आनन्द निकेतन, आश्रम लगाएत स्वास्थ्य पुर्वाधार निर्माण लगाएतमा प्रदेशले काम गरिरहेको बताउनुभयो । मन्त्री दुलालले जेष्ठनागरिकको सम्मान तथा संरक्षण सन्नततीको दायित्व भएकाले यसलाई कसैले भुल्न नहुनेमा जोड दिनुभयो ।