रामेछाप नगरपालिका २३ गते सम्म बन्द रहने

१९ असोज, रामेछाप। सबिना कार्की ।

रामेछाप नगरपालिकाका १ जना जनप्रतिनिधि र १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिका बन्द रहने भएको छ । पालिका असोज १९ गते सोमबारदेखि २३ गते शुक्रबारसम्म बन्द रहने भएको छ ।

नगर कार्यपालिकाको कार्यालय र ६ न. वडा कार्यालय ओखेनी बन्द रहने भनि पालिकाले सूचना जारी गरेको छ ।