सामाजिक समस्या बन्दै ग्याजेट

शिक्षामार्फत् व्यक्तिको सर्वाङ्गीण विकास हुने प्रक्रियाका चार खम्बा छन्, सिक्ने, सिकाउने, सिक्न पठाउने र सिक्नका लागि वातावरण बनाउने । यी चार खम्बाको व्यवहार सन्तुलनले नै शिक्षाको घर अपेक्षित हुने हो । तर, जिम्मेवार चारमध्ये तेस्रो पक्ष सिक्न पठाउनेहरू अर्थात् अभिभावकमा आफ्नो दायित्वप्रतिको सचेतनास्तर भने उल्लेख्य मात्रामा कम देखिएको छ ।


अभिभावकमा रहेको न्यून चेतनास्तरले गुणस्तरीय शिक्षा रूपान्तरणमा देखिएको समस्यालाई मलजल पुगिरहेको छ । अभिभावकले थोरै ध्यान र समय नदिँदा रोगी, अराजक र महान–लक्ष्य न्यून भएको पुस्ता हुर्किरहेछ । पछिल्लो समयमा निकै चर्चामा रहेको अभिभावक शिक्षाको सवालमा समाजसँग अन्तक्र्रिया गर्ने हो भने सबैको मनमा असल–पुस्ता हुर्कियोस् भन्ने चाहना रहेको तर व्यवहार त्यसविपरीत भएको पाइन्छ ।


‘घरमा ट्वाइलेट छैन, हातमा मोबाइल’ पछिल्लो समयमा जमघटहरूमा यो आधुनिक नेपाली उखानले निकै ठाउँ पाएको छ । यसले हाम्रोजस्तो सङ्क्रमणकालीन समाजमा सूचनाप्रविधिको विश्वव्यापी बढ्दो प्रसारको प्रभावलाई राम्रो व्यङ्ग्य गरिरहेको छ । आज हुने–नहुने सबै वर्गका नेपाली, बाल, वृद्ध, वनिताहरु मोबाइल, आइपड, एमपिथ्री, डिभिडी, ल्यापटप, नोटप्याड, मेमोरी कार्ड, पेन ड्राइभ हुँदै इन्टरनेटको सञ्जालमा कतै हराइरहेका छन् ।

शिक्षाको मुख्य ‘सिस्टम’ राज्यद्वारा निर्मित पाठ्यक्रममा आधारित हुन्छ । पाठ्यपुस्तक, प्रयोग सामग्री, कम्प्युटर, मोबाइल, आइपड, एमपिथ्री, टेलिभिजन, रेडियो, क्यामरा, पत्रपत्रिका आदि सिस्टमका पेरिफेरलहरू हुन् ।


माल पाए पनि त्यसको सदुपयोग विधि चाल नपाएर सूचना प्रविधिसम्बन्धी ग्याजेटहरूको जालोमा कुहिराको कागझैँ नियति भोग्दैछ वर्तमान पुस्ता । सूचना–प्रविधिका उपकरणहरू शिक्षण सिकाइ क्रियाकलापका लागि राम्रो सन्दर्भ सामग्री हुनुपर्ने हो । तर, सिद्धान्ततः त्यसको प्रयोगको सकारात्मक र नकारात्मक दुवै पाटोमा देखिएको सघन अनभिज्ञताले हाम्रो भविष्य शरीरले पक्षघातपीडा र विचारले स्वछन्दतातर्फ उन्मुख छ । यसप्रति सरोकारवालाको न्यून चिन्ता अर्को दुःखलाग्दो र बहसयोग्य सवाल बनेको छ ।


शिक्षाको मुख्य ‘सिस्टम’ राज्यद्वारा निर्मित पाठ्यक्रममा आधारित हुन्छ । पाठ्यपुस्तक, प्रयोग सामग्री, कम्प्युटर, मोबाइल, आइपड, एमपिथ्री, टेलिभिजन, रेडियो, क्यामरा, पत्रपत्रिका आदि सिस्टमका पेरिफेरलहरू हुन् । यिनै शैक्षिक पेरिफेरलमध्ये कम्प्युटर, मोबाइल, आइपड, एमपिथ्री, क्यामेरा रेकर्डर आदिमा प्रयोग हुने ‘मेमोरी कार्ड’ कति स्वस्थ छ ? कम्प्युटरको ‘गिगो’ (गुड इन गुड आउट) सिद्धान्तमा आधारित ती ग्याजेटहरूको क्षमता कतै हाम्रा छोराछोरीले दुरूपयोग गरिरहेका त छैनन् ? कति शिक्षक, कति अभिभावकमा त्यसप्रति चासो छ ? के अभिभावकले त्यस्तो चासो बढाउनु अनावश्यक वा नाजायज हो ? अभिभावकहरूको दृष्टिकोणमा यो विषयले कति महत्व पाएको छ ? यी र यस्ता अनेक सवालहरूको खोजी गर्दा थुप्रै अज्ञात र अविश्वसनीय तथ्यहरू फेला पर्छन् । यस्तो गम्भीर विषयमा अधिकतर अभिभावकको सचेतना केन्द्रित नहुनु, स्वयम् शिक्षालयहरूले यसबारेमा ‘विशेष चिन्ता’ गर्ने समय आइनसकेको ठान्नु र समाजले यसलाई सार्वजनिक बहसको विषय नबनाउनु विडम्बनापूर्ण र घातक स्थिति हो । सरकार र अरु सरोकारवाला युवापुस्तामा बढ्दो ग्याजेट दुरुपयोग र विकृतिप्रति मुकदर्शक देखिनु जति आलोचना गरेपनि कम हुने विषय हो ।

प्रविधिको लक्षित पहुँच क्षेत्र, बजार बिस्तार र उपभोक्ता सङ्ख्या वृद्धिको दौडमा पश्चिमा मोबाइल संस्कृतिसँगै विकृति पनि हाम्रो हातमा आइलागेको छ । नेपालमा मोबाइलको स्थिति पूर्वराजा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा नेटवर्क काटेको दिनको जस्तो छैन ।


प्रविधिको लक्षित पहुँच क्षेत्र, बजार बिस्तार र उपभोक्ता सङ्ख्या वृद्धिको दौडमा पश्चिमा मोबाइल संस्कृतिसँगै विकृति पनि हाम्रो हातमा आइलागेको छ । नेपालमा मोबाइलको स्थिति पूर्वराजा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा नेटवर्क काटेको दिनको जस्तो छैन । त्यतिबेला मोबाइल पेजरको साइँलो दाइजस्तो संस्करणमा थियो । मोबाइलमा फोन, एसएमएस तथा भ्वाइस मेल गर्ने, सर्प वा त्यस्तै साधारण खेल खेल्ने काम हुन्थ्यो । हालै एसएलसी पास गरेर प्लस टु पुगेको पुस्तालाई ‘परिमार्जित पेजर’को कुरा कथाजस्तो लाग्छ ।


एक दशक नहुँदै सूचना प्रविधिको क्षेत्रमाआएको क्रान्तिकारी बाढी र परिवर्तनसँगै अहिलेको पुस्ता ६४ जिबीको मेमोरीकार्ड, डबल सिम, नर्मल २० मेघापिक्सेलको क्यामरा, अत्याधुनिक रेकर्डर र इन्टरनेट पहुँचसँगै रमाइरहेको छ । सम्भव भएसम्म अहिलेको पुस्ता दू्रततर थ्री जिबी ¥याम्पसहित मोबाइलको फोर्थ, फिफ्थ जेनेरेसन क्रमशः थ्रिजी, फोरजी (ब्ल्याक बेरी, आइफोन आदि ब्रान्ड) प्राप्तिको लालसा हुर्काइरहेको मात्र छैन, पहुँच नजिक पुगिसकेको छ ।

भनिन्छ, ब्ल्याकबेरी र आइफोन हातमा हुने किशोरकिशोरी उपभोक्ताले ‘जे पनि’ गर्न सक्छन् । किनकि त्यो उमेरमा उनीहरूको मनासय तत्व सबल हुँदैन, उनीहरू भविष्यप्रति सचेत भइसकेका हुँदैनन् र उनीहरूमा ‘आफैं गरेर थाहा पाउने’ चाहनाको मात्रा चर्को हुन्छ । यस्तोमा त्यो ‘जे पनि’ भनेको के हो ? छोराछोरीलाई त्यस्ता ग्याजेटहरू किनेर दिने देखासिकी गर्ने भावना वा छोराछोरीलाई प्रतिस्पर्धी बनाउने चाहना भएका अभिभावकलाई थाहा छैन । उनीहरू किशोर छोराछोरी अब हुर्किसके, कुरा बुझ्ने भएका छन्, आफ्ना लागि के असल के खराब भन्ने छुट्याउन सक्छन् भन्ने विश्वासमा परेका छन् ।

भनिन्छ, ग्याजेटहरूको प्रयोगमा अहिलेको पुस्ता एक कदम अगाडि छ । तर, विकृतिको दलदलमा अघिल्लो पुस्ताभन्दा एक फिट बढी नै भासिएको पनि छ ।


कतिपय अभिभावकहरू छोराछोरीले हामीभन्दा धेरै पढिसके, फरर अङ्ग्रेजी बोल्छन्, कुरा बुभ्mछन् भन्ने भ्रममा पनि छन् । यस्तोमा अभिभावक शिक्षा तथा अभिमुखीकरणले सामाजिक अज्ञानता घटाउन निकै मद्दत गर्नसक्छ । तर, अभिभावक शिक्षाको सन्दर्भ नेपालजस्तो मुलुकमा निकै पछिल्लो प्राथमिकतामा परेको विषय हो । अहिलेको विद्युतीय सञ्चारपद्दतिको विकास÷बिस्तारको प्रक्रिया बुझ्ने सवालमा समाज झन् पिछडिएको छ । सकारात्मक पक्षलाई अभिभावकले राम्ररी बोध गर्न सकेका छैनन् । केही सहरिया, प्रविधिमैत्री, टाठा–बाठाले बुझेका होलान्, तर अधिकतर अभिभावक ग्याजेटको प्रभावबारे अनभिज्ञ छन् । सामाजिक अज्ञानताको यही उर्वरभूमिमा ल्यापटप, मोबाइल, आइपडलगायतका पश्चिमा–संस्कृतिले विकृतिको बुख्याँचा बनेर हामीलाई सताइरहेको छ ।


दुई मत छैन, अहिलेको किशोर तथा युवापुस्ताले प्रविधि पहुँच र अभिभावकमा रहेको सद्भावको व्यापक दुरूपयोग गरिरहेको छ । यद्यपि सबै त्यस्ता छैनन् । कोही गुगल अर्थमा गएर ह्वाइटहाउस अगाडिको बाटो, बरमूढा त्रिकोणको रहस्य, प्रशान्त महासागरको किनारसम्मको परिभ्रमण गरेर ज्ञान आर्जनमा रमाइरहेका पनि छन् । तर, बहुल युवाहरू ज्ञान खोजी र अनुसन्धानको काम छोडेर ‘प्रोनो कल्चर’को दलदलमा फसेका भेटिन्छन् ।


सामाजिक सञ्जाल भनिए पनि मिग, ट्वीटर, फेसबुकले बालकको सामाजिकीकरण हुने प्रक्रियामा बाधा पु¥याइरहेको छ । मोबाइललगायत ग्याजेटमा हराउने बालकमा एकाकीपनको समस्या बढ्दै गएर व्यक्तित्व निर्माण क्षमतामा क्षय भएका धेरै उदाहरण छन् समाजमा । अरू मान्छेको सकारात्मक विचार र व्यक्तित्वबाट प्रभावित हुने, उनीहरूसँग अन्तक्र्रिया गर्ने महत्वपूर्ण समय र अवसर नेटमा भुलिएको युवापुस्ताले गुमाउँदै गइरहेको छ ।
युवापुस्ता भनेपछि केटा वा केटी भनेर छुट्याइरहनु पर्दैन, अधिकतर खोज, उत्खनन् र आत्मज्ञानविमुख भएर समय बिताइरहेका छन् । भनिन्छ, ग्याजेटहरूको प्रयोगमा अहिलेको पुस्ता एक कदम अगाडि छ । तर, विकृतिको दलदलमा अघिल्लो पुस्ताभन्दा एक फिट बढी नै भासिएको पनि छ ।