खाँडादेवी गाउँपालिका ५ दिनका लागि बन्द

असोज २४, जनता भ्वाइस सम्वाददाता, रामेछाप ।
पछिल्लो समय कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै जिल्लाको खाँडादेवी गाउँपालिका भित्र समेत यसको प्रत्यक्ष असर देखिएको छ ।


केही दिन अघि गरिएको पालिका भित्रका कर्मचारीहरुको स्वाब परीक्षणमा एक कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको हुनाले भोलिको मितिले आगामी ५ दिनका लागि सो गाउँपालिका सिल गरिएको छ ।


संक्रमित व्यक्तिको आसपासमा आएका व्यक्तिहरुका कारणले पालिका क्षेत्र भित्र थप जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पालिका सिल गरिएको अध्यक्ष प्रेमबहादुर तामाङ्ले जनता भ्वाइसलाई जानकारी दिएका छन् ।


विश्वीक व्याधिको रुपमा आक्रामक भई फैलिरहेको कोरोना भाइरसको प्रभावबाट गाउँपालिकाबासी सुरक्षित भएर रहन आग्रह गर्दै अध्यक्ष तामाङ्ले ५ दिन सम्म पालिका बन्दहुँदा आम पालिकाबासी सेवाग्राहीहरुमा पर्न गएको असुविधाको लागि क्षमायाचना समेत गरेका छन् ।
पालिका भोलि अर्थात असोज २५ गते देखि ३० गतेसम्म सिल हुनेछ ।