विश्व र प्रेम

१. विश्व

पहिरेर वैश्विक जामा
तिमीले अलिकति
विश्वलाई चिथो¥एउ
मैले अलिकति
विश्वलाई गिजोलेँ
उसले पनि अलिकति
विश्वलाई नै तनाव दियो
हामीले चिथोरेका, गिजोलेका र तनाव दिएका
साइपाटाहरूले नै
आज विश्व हाम्रा सामु
छियाछिया भएको छ ।

२. प्रेम
कसरी शुरू गर्ने
ए ! प्रेमका
भान्तेहरू
पुजारीहरू
मौलवीहरू
र पाष्टरहरू
कि भनिदेओ
कि लेखिदेओ
प्रेमको –
वैश्विक संविधान,

जसबाट विश्वका समस्त
प्रेमिल आत्माहरू
परितृप्त हुनेछन्
जुनीजुनीसम्म ।