सोचेझैँ जिन्दगी रै’नछ

हुँदाहुँदा नेपालमा कोरोनाले आफ्नो रौद्र रूप देखाई छाड्यो । आदरणीय पाठक महोदयहरूलाई विनम्रतापूर्वक जानकारी गराउँछु कि ‘रौद्र’ भनेको शिवको रिसाहा रुप हो र रुद्र भनेका शिव हुन् । यतिखेर नेपालमा कोरोना शिव ताण्डव नृत्य गरिरहेको छ ।


दिनमा १० देखि १२ जना मानिसहरू औशतमा मरिरहेका छन् र औशतमा ४ हजार मानिसहरूमा भाइरसको संक्रमण बढिरहेको छ । सरकार यतिखेर लगभग आत्तिसकेको अवस्थामा छ ।
क्याबिनेट स्तरका मन्त्रीहरू नै भटाभटी यो रोगका संक्रमित भैरहेका छन् । पछिल्ला दिनमा पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलमा यो रोग देखियो ।


अहिलेको माहौलमा कोरोनाले नेपालमा रौद्र रूप धारणा गरिरहेको छ । नेपालका प्रायः त्यस्ता कुनै क्षेत्र छैनन् जो कोरोना कहरले छियाछिया नभएका हुन् । धरापमा परे सबै क्षेत्रहरू कोरानाका कारण । स्थानीय तहहरू यतिखेर नेपालमा हुँदैनथे भने मानिसहरूको मृत्युको दर पनि अकल्पनीय हुन्थ्यो भनेर सम्बन्धित क्षेत्रका विज्ञहरू नै भनिरहेका छन् ।


नेपालमा शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातको क्षेत्र सबैभन्दा बढी गए गुज्रेको रहेछ । अहिले आएर त्यो देखियो । त्यो अहिले कोरोनाका मामलामा झन् क्षतविक्षत र लथालिङ्ग भएको देखियो । हालसालै एकजना पूर्वाधार विज्ञले भने –‘नेपालमा सार्वजनिक यातायातको क्षेत्रलाई नसुधारीकन समृद्धि आउँदैन ।’ उनले सार्वजनिक यातायातको कोणबाट मूल्याङ्कन गरेका होलान् तर माथि उल्लेख गरेझैँ सार्वजनिक शिक्षा र सार्वजनिक स्वास्थ्यलाई पनि नसुधारीकन नेपालमा सामान्य हिसाबले भन्दा समृद्धि पक्कै आउँदैन ।

हामीले जसजसले सिकाउने वा पढाउने काम पाएका छौं तिनीहरूले ‘लर्निङ् मेनेजमेन्ट सिष्टम’ लाई बल्लबल्ल आफूले चाहिँ सिक्ने अवसर पाएका छौं ।


चुनावी वर्षको पछिल्लो वर्षमा स्थानीय तह, प्रदेश र केन्द्र मै पनि नेकपाले प्राप्त गरेको मतलाई लिएर निकै माहोल तातिएको थियो । त्यसबेलामा भौतिक विकासलाई बढावा दिएर तीनवटै तहले भ्यु टावर, बाटो, फाष्ट ट्रयाक, बिजुली, रेल र पानीजहाजलाई ठूलो स्वरमा जनतालाई सुनाउने काम भयो । सो बेलामा प्रतिपक्ष समेत सत्तापक्षको कुरा चाल मारेर सुनिरहेको थियो । अहिले सो कुराहरू केही धिमा भएका छन् । व्यक्तिको सबैभन्दा मुख्य कुरो उसको स्वास्थ्य पो रहेछ । मानिस स्वस्थ भएपछि मात्र शिक्षा र यातायात आउने रहेछन् ।


हाम्रोजस्तो देश र जनताले यी र यस्ता खालका जब्बर महामारीमा पूर्व तयारी गरेकै रहेनछौ । हामीलाई शिक्षाको वैकल्पिक मार्गबारे केही थाहा नै भएको रहेनछ । अहिले हामीले सोचजस्तो तरिकाले विद्यार्थीका सामु उसको तहको, विषयको वा सिकाइको कुरोलाई आधुनिक LMS को व्यवस्थापन गरेर डेलिभरी गर्न सकेका रहेनछौं । हामीले जसजसले सिकाउने वा पढाउने काम पाएका छौं तिनीहरूले ‘लर्निङ् मेनेजमेन्ट सिष्टम’ लाई बल्लबल्ल आफूले चाहिँ सिक्ने अवसर पाएका छौं ।


अझै कतिपय शिक्षक÷प्राध्यापकहरू त बरू नयाँ प्रविधि सिक्नु परे आफ्नो पेन्सन भएको जागिर बिसाएर अवकाशमा जाने कुरा गर्न थालेका छन् । पक्कै पनि यो लाजमर्दो विषय हो ।
जीवनमा सधैँ नित्य नवीन कुराहरू सिकिरहनु पर्दो रहेछ । नयाँनयाँ कुराहरूबाटै मानिसले केही न केही नयाँ अवसरहरू प्राप्त गर्ने रहेछन् । अहिले कोराना भाइरस महामारीमा हामीले सिकेको कुराहरू यिनै हुन् । प्रविधिमा जोडिएर युवा र नयाँ पुस्ताले अनलाइन, गुगल मिट, जुम, गुगल क्लास, भेस्पा, यु ट्युब र अन्य प्रविधिमा आधारित भएर सिकाउने÷पढाउने काम गरेका छन् । ती कामहरूका सिमितता आफैँमा रहेका रहेछन् ।

गरिब देशलाई अहिले प्रजातन्त्रका सूचकहरू मध्येका शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका सबालमा कोरोना रोगको रेटिङ् स्केलले सर्वथा नाङ्गो बनाइदिएको छ ।


सानासाना बालबालिकाहरूलाई हामीले उनीहरूसँग मोबाइल, ल्यापटप वा डेस्कटप चलाउन सक्ने क्षमता नहुँदा केही ठूला र उमेर पुगेका कक्षाका विद्यार्थीलाई झैँ सिकाउन र पढाउन पाइरहेका देखेका छैनौं ।
अहिले यो माहोलमा कतिपय शिक्षक वा प्राध्यापकहरूले त सिकाइ नै फरक विषयवस्तुको हो भन्ने कुरा पनि बुझेका रहेछन् । तर अहिले सिकाइ नै फरक खालको होइन कि सिकाउने माध्यम मात्र फरक खालको हो भन्ने कुरा बुझ्नु र बुझाउनु परको छ । जे जसरी भएपनि यो महामारी (पेन्डामिक) को वातावरणमा भौतिक दूरी बढाएर हामीले ‘लर्निङ् मेनेजमेन्ट सिष्टम’ को प्रयोग गरी विद्यार्थीका सिकाइ आवश्यकताहरूलाई निरन्तर पूरा गरिदिने हो ।


शिक्षाको यो सिष्टममा आइपुग्नका लागि हामीले हजारौंहजार वर्षको यात्रा गर्नु परेको छ । देवकूल, ऋषिकूल, गुरुकूल, आधार स्कुल, स्रेस्ता पाठशाला, आधुनिक स्कुल हुँदै अहिले हामी बल्ल अनलाइन बेसमा आइरहेका छौं । यो अनलाइनको बेस पनि सबै होइन, केही मात्र हो । अझै हाम्रो यात्रा सुदूर भविष्यतर्फ लक्षित हुनु पर्छ ।
गरिब देशलाई अहिले प्रजातन्त्रका सूचकहरू मध्येका शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका सबालमा कोरोना रोगको रेटिङ् स्केलले सर्वथा नाङ्गो बनाइदिएको छ । अहिले मै हूँ भन्ने माहिरभन्दा माहिर शिक्षाविद्, स्वास्थ्यविद् र सार्वजनिक यातायातविद्हरूका पनि पसिना छुटिरहेका छन् । तिनीहरू अरुलाई अर्ती बुद्धि र गफ दिन मात्र जाजुल्ले रहेछन् । विपद्, महामारी र आपत्कालीन स्थितिमा जन सामान्यको हविगत र विशेषज्ञहरूको हालत उस्तैउस्तै हुँदो रहेछ भन्ने कुरा देखिई सकियो ।


अहिले हाम्रो देशलाई शिक्षा क्षेत्रको नेता, स्वास्थ्य क्षेत्रको नेता र सार्वजनिक यातायात क्षेत्रको नेता चाहिएको रहेछ जसले हामीलाई यो सार्वजनिक समस्याबाट फुत्त निकालेर बाहिर लैजान सकोस् । प्रविधिमा पोख्त प्राविधिक जनशक्तिहरू अहिले नआत्तिकन काम गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा नेपाली वैज्ञानिक महावीर पुन अहिले यो देशका लागि सपुत भएरै काम गरिरहेका छन् । उनले राजधानी र देशका प्रमुख सहरका अस्पतालहरूमा बिग्रेर थन्केका दर्जनौं भेन्टिलेटर मेसिनहरूको निःशुल्क मर्मतगरेर तत्तत् अस्पताल वा निकायहरूलाई सहयोग गरिरहेका छन् ।

यतिखेर न जिन्दगीको ठेगान छ न मृत्युको हिसाब छ । सबै ‘अन नोन’ भएका छन् । त्यसैले मानिसहरू अहिले हालैको चर्चित गीत गुन्गुनाइरहेका भेटिन्छन् –‘सोचेझैँ जिन्दगी रै’नछ’ ।


आपत कालमा बाटो देखाउने मानिस नै सच्चा नेता हो । ‘नेता’ शब्दको व्युत्पत्ति नै ‘नयति इति नेता’ हुन्छ । ‘डोहो¥याउने काम गर्ने मानिस नै नेता हो’ । नेताले नै सही मार्गमा आफूभन्दा पछि हिँड्ने मानिसहरूलाई डोहो¥याउने काम गर्छन् ।
अहिले नेपालमा पनि शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका क्षेत्रमा नयाँ र बास्तविक गरिब जनताको भलाइ गर्ने नेताको नितान्त खाँचो परेको छ ।
करिब ७ महिना भयो । नेपालमा शिक्षा र सार्वजनिक यातायातहरू बन्दप्रायः भएका । स्वास्थ्य क्षेत्रका प्राविधिकहरू चाहिँ अहोरात्र खटिरहेका छन् । बलिउडका महानायक अर्थात् बिगवि उपनामले समेत चिनिने अमिताभ बच्चनले त आफूलाई कोरोना भाइरस लाग्नुअघि भने पनि –‘अहिले मन्दिरहरू बन्द भएकाले मन्दिरका देवताहरू सेता लुगा लगाएर हाम्रो अगाडि डाक्टर र नर्सका रूपमा आएका हुन् । त्यसैले तिनीहरूको मनोवल उच्च राख्न हामीले मद्दत गर्नु पर्दछ ।’ शालीन शब्दमा उनले स्वास्थ्य क्षेत्रका प्राविधिकलाई सम्मान गर्नका लागि त्यसो भनेका हुन् ।
कोरोनाले विश्वका धनी देश भनेन । गरिब देश पनि चिनेन । सबैलाई उही तरिका र उही तालमा संक्रमण गरिरह्यो । मात्र जसले खेलाँची ग¥यो त्यसलाई बढी पिरोल्यो जसले बढी सावधानी अपनायो त्यसलाई कम पिरोल्यो । यो रोगबाट बच्ने उपाय र धैर्यता हामीसँगै रहेछ ।


यतिखेर न जिन्दगीको ठेगान छ न मृत्युको हिसाब छ । सबै ‘अन नोन’ भएका छन् । त्यसैले मानिसहरू अहिले हालैको चर्चित गीत गुन्गुनाइरहेका भेटिन्छन् –‘सोचेझैँ जिन्दगी रै’नछ’ ।
कोरोनाका सन्दर्भमा एउटा पुरानो नेपाली उखानको याद आएको छ । अर्को अर्थ नलागेमा सो उखान जस्ताको तस्तै राख्ने धृष्टता गर्दैछु —‘अघि राँड जानिनँ, पछि राँड मानिनँ, बाघ लाग्यो घिच्याउन, राँड लागी चिच्याउन’ । नेपालमा कोरोनाले २ जना मान्छे मर्दा सरकार डराएर लकडाउन गर्दाको अवस्था र अहिले दिनहूँ सरदर ५ हजारका दरले बिरामी बढेका बेलामा अवस्थाको तुलना गर्ने हो भने हामीले के थाहा पायौं भने हामीले परिस्थिति विश्लेषण गर्न नजानेको पक्कै हो ।


जानेको भए, पूर्व तयारी गर्न सकेको भए र योजनालाई कार्यान्वयन तहमा फटाफट लैजान सकेको भए नेपालमा कोरोनाको यस्तो भयावह रूप पक्कै हुने थिएन । अब घैँटोमा घाम लागेर के गर्नु ?
काठमाडौँ कोरोनाको ‘हट स्पट’ नै भइसक्यो । तर अझै बेला छ । सरकारले भनेको मानेर भौतिक दूरी कायम गरी हामी घरमा बस्ने, चाडबाड मनाउने र सामाजिक जमघट तथा भेटघाटमा कम उपस्थित हुने हो भने हामीले अझै पनि कोरोनाको कहरलाई जित्न सक्छौं ।
हाट बजार हेर्दा वा सरकारी कार्यालयमा जाँदा भने हामीले कोरोना भएको भनेर पत्याउन सक्दैनौं । चिउँडोमा माक्स लगाएर वा माक्सै नलगाएर मानिसहरू सानले हिँडिरहेका हुन्छन् । यो कसलाई देखाउन हो ? आफैँलाई कि निमुखा वा निरीहलाई ? प्रश्न यस्ता पनि उठ्ने गरेका छन् जसको कुनै सजिलो उत्तर छैन वा दिन सकिँदैन ।