सिन्धुलीमा लागुऔषध सहित २ जना पक्राउ


कार्तिक २, सिन्धुलीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका – ३ का ३१ वर्षिय राजेश राम र सोहि ठाउँ बस्ने २९ वर्षिय राम अयोध्या छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका १ अन्तर्गत वि पि राजमार्गको दुम्जा स्थित बर्दिवास बाट काठमाण्डौ हिँडेको ना.१ ज. ६८१७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको सिटमा लागुऔषध फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुको साथबाट भिर्ने झोला भित्र नाईट्रोभेट ५० पत्ता १५०० पिस, एम्पुलः डाईजोपाम ८२५ पिस, नोर्फिन ९२६ पिस, फिनारगन ८०६ पिस गरी जम्मा ४०५७ पिस लागुऔषध फेला परेको सिन्धुली प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो । पक्राउ परेका दुबै जना प्रहरी नियन्त्रणमा छन्, भने थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।