खाँडादेवी र सुनापति गाउँपालिकामा कोरोना संक्रमित थपिए, संक्रमितलाई राख्ने स्थानको टुङ्गो छैन

कार्तिक ०३, रामेछाप ।


खाँडादेवी गाउँपालिका भित्र पछिल्लो पटकको स्वाब संकलनबाट २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गत असोज ३० गते खाँडादेवी गाउँपालिका भित्रका ५२ जना व्यक्तिहरुको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको थियो । संक्रमित व्यक्तिहरुलाई राख्ने स्थानको भने टुङ्गो लाग्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय, रामेछापले जानकारी दिएको छ ।


संक्रमित हुनेहरुमा खाँडादेवी गाउँपालिका ३ का २० वर्षका पुरुष र ७ नं. वडामा बसोबास गर्ने ३५ वर्ष उमेरकी होटल व्यवसाय गरि बस्ने महिला रहेकी छिन् ।


त्यस्तै खाँडादेवी गाउँपालिकाबाट १५ जनाको स्वाब संकलन गरी पठाइएकोमा १ जना २४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त २४ वर्षिय पुरुष इन्जिनियरिङ् पेशामा आवद्ध भएको बताइएको छ ।